
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० चैत । नेपाली कांग्रेसले नयाँ सरकार गठनभन्दा पार्टी महाधिवेशन केन्द्रित छलफल चलाएको छ । ललितपुर सानेपास्थित केन्द्रीय कार्यालयमा कांग्रेसले सोमबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाएको बैठकमा नयाँ सरकार गठन विषयमा सामान्य छलफल मात्रै भएको हो । पछिल्ला गतिविधि र धारणा हेर्दा कांग्रेसमा तत्काल नयाँ सरकार गठनमा खासै रुचि देखिएको छैन । उसको मुख्य ध्यान महाधिवेशनमै केन्द्रित छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा ‘मुलुकलाई जटिल राजनीतिक अवस्थाबाट निकास दिनुपर्छ’ भन्ने विषयमा सामान्य छलफल भए पनि बैठक क्रियाशील सदस्यता विषयमा बढी केन्द्रित भएको जानकारी दिए । ‘बैठकमा राजनीतिकभन्दा बढी क्रियाशील सदस्यता विषयमा छलफल केन्द्रित भयो,’ पौडेलले राजधानीसँग भने…
झापा, ९ चैत । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा मदनलाल श्रेष्ठ विश्वमा तापक्रम बढ्दै गएको बताउँछन् । सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२० एक तातो वर्ष बनेको विश्व मौसम सङ्गठनले जनाएको छ । पहिलेको तापक्रम बढोत्तरीका आधारमा अन्य वर्षभन्दा यस वर्ष विभिन्न भूभागमा गरेर ०।१ देखि १।२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम वृद्धि भएको अनुमान गरिएको छ । समुद्रको जलवाष्प नउडेसम्म पानी पर्दैन, पानी नपरे विश्व जलवायुमा सीधै असर पर्छ । यसकारण मौसममा परिवर्तन आएर मानव जीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा। इन्दिरा कँडेल बताउँछिन् । कँडेलले भनिन्,…
झापा, १० चैत । नयाँ सरकार बनाउन विभिन्न किसिमका अभ्यास भइरहेका बेला, सरकार र जनता समाजवादी पार्टी (जसपा) सहमति नजिक पुगेका छन् । आफ्नो पार्टीले राख्दै आएको माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएपछि सरकारमा सहकार्य गर्ने स्थिति बन्न लागेको जसपा स्रोतको दाबी छ । जसपा स्रोतका अनुसार पछिल्लो समयमा प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष महन्थ ठाकुर निकै नजिकिएका छन् । एक डेढ महिनायता उनीहरुबीच पटकपटक भेटघाट र कुराकानी भएको स्रोतले बताएको छ । जसपाले राखेका माग पूरा गर्न सरकारले कार्यदलसमेत गठन गरेको छ । सो कार्यदलमा सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेताहरु सुवास नेम्वाङ र राजन भट्टराई…
काठमाडौं, १० चैत । सरकारले वैदेशिक व्यापारघाटा कम गर्न आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्ने रणनीति लिएको छ । सोहीअनुसार केही वर्षयता आयातमा कमी र निर्यातमा झीनो सुधार हुँदै गएको देखिएको छ । तर, निर्यातमा देखिएको सुधारमा स्वदेशीभन्दा विदेशी वस्तुकै योगदान बढी देखिन्छ । निर्यात प्रवर्द्धन नीतिअनुसार तत्कालीन अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७५÷७६ को बजेटमा आयात रोक्न करमा व्यापक वृद्धि गर्ने, निर्यातयोग्य वस्तुको कच्चा पदार्थको आयातमा भन्सार छूट दिनेजस्ता व्यवस्था गरे । त्यसयता वर्तमान सरकारले तीनओटा बजेट ल्याइसकेको छ भने चौथो बजेट निर्माणको तयारीमा जुटेको छ । तर, अहिलेसम्म नेपाली वस्तु निर्यातका लागि उत्पादनकै वातावरण बन्न सकेको छैन…
बिर्तामोड, ९ चैत । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको चैतुबारी सेवा केन्द्र उद्घाटन गरिएको छ । आज कार्यक्रमका बीच सेवा केन्द्रको उद्घाटन बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले गर्नुभएको हो । संस्थाको चालू आवको फागुन मसान्तसम्म शेयर २ करोड ३५ लाख ५७ हजार ६००, निक्षेप १३ करोड ३८ लाख ५७ हजार १४४, ऋण लगानी १५ करोड ४८ लाख ५५ हजार २०७ रहेको छ । संस्थामा हाल महिला १४१९, पुरुष १७३७ र अन्य १२ जना गरी कूल ३१६८ जना शेयर सदस्य रहेको संस्थाका सचिव दीपेश धौरालीले जानकारी दिनुभयो । बचत तथा ऋणको कारोबार गर्ने उद्देश्यसहित २०६९ भदौ २५…
गंगा बरालभद्रपुर, ९ चैत । ओझेलमा पर्दै गएको कबड्डी खेललाई प्रवद्र्धन गर्ने उद्देश्यले झापाको भद्रपुर नगरपालिकाले सोमबारदेखि कबड्डीको वडास्तरीय प्रतियोगिता सञ्चालन गरेको छ । भद्रपुर नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कप वडास्तरीय नकआउट कबड्डी प्रतियोगिता सञ्चालन गरेको हो । मेची रंगशालाको कभर्ड हलमा १ नं प्रदेशसभा सदस्य वसन्त बानियाँ र नगरप्रमुख जीवनकुमार श्रेष्ठले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ १ नं प्रदेश अध्यक्ष टिकाराज ढकाललगायत विभिन्न खेल विधाका प्रशिक्षकहरु समेतको सहभागिता रहेको थियो । प्रतियोगिताको पहिलो दिन पुरुष र महिलाका गरी ५ वटा खेल सम्पन्न भएको आयोजकले जनाएको छ । कबड्डी…
भद्रपुर, ९ चैत । झापाको भद्रपुर नगरपालिका–३ स्थित मेची आधारभूत विद्यालयका विद्यार्थीलाई पानी प्रशोधन गर्ने फिल्टर, विद्यालय पोशाक र ब्याग वितरण गरिएको छ । आज विद्यालय परिसरमा एक कार्यक्रमका भद्रपुर–६ का उद्योगी एवम् समाजसेवी दीनबन्धु गोयलले आफ्नो स्वर्गीय दाजु ओमप्रकाश गोलयको स्मृतिमा उक्त सामग्री वितरण गरेका हुन् । कार्यक्रममा दाता गोयलले आफूले आर्जन गरेको पैसाबाट केही अंश सामाजिक कार्यमा खर्च गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि विद्यालयलाई यथासक्य सहयोग गर्ने जनाउनुभयो । मेची नदीपारिको भूगोलमा अवस्थित यस विद्यालयमा आदिबासी बहुल समुदायका बालबालिका अध्ययनरत छन् । बाल विकासदेखि कक्षा–७ सम्म अध्ययनरत कूल १४१ छात्रछात्राका लागि विद्यालय पोशाक र ब्यागसमेत…
काठमाडौं, ९ चैत । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न बनाउने भनेको ५० चार्जिङ स्टेशनको निर्माण गर्न चीनको जीयाङसु वाङदाङ न्यून इनर्जी टेक्नोलोजी (स्टार चार्ज) कम्पनीलाई छनोट गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीलाई चार्जिङ स्टेशन बनाउने ठेक्का दिन छनोट गरेको हो । चार्जिङ स्टेशन बनाउन १३ कम्पनीले टेन्डर दिएका थिए । तिनमा ३ कम्पनी मात्र प्राविधिक रूपमा योग्य देखिएका थिए । तीमध्येबाट स्टार चार्जलाई छनोट गरिएको हो । प्राधिकरणअन्तर्गतको विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजनाका प्रमुख सागरमणि ज्ञवालीले स्टार चार्जलाई आयोजना निर्माणको ठेक्का दिने निर्णय भएको बताए । उक्त कम्पनीलाई यसका लागि लेटर अफ इन्टेन ९एलओआई० पनि दिइसकेको…
बिर्तामोड, ९ चैत । तमु ह्युल छोज धी गुरूङ राष्ट्रिय परिषद बिर्तामोड नगर कार्यसमितिले वार्षिक साधारणसभा तथा राष्ट्रिय जनगणना २०७८ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिका–३ स्थित बुद्ध नगरमा एक कार्यक्रमको आयोजना गर्दै १२ औं राष्ट्रिय जनगणना अन्तरकृिया गरेको हो ।राष्ट्रिय जनगणनाबाट प्राप्त तथ्यांककै आधारमा देशको राजनितीक ,आर्थिक,सामाजिक, साँस्कृतिक लगाएत सम्पुर्ण निति निर्माण तय हुने साथै उक्त नितिले जनजीवनमा प्रत्येक्ष असर पार्ने भएकोले राष्ट्रिय जनगणनाको बिशेष महत्त्व रहेकोेले सम्पुर्ण समुदाय सचेत हुनुपर्ने कार्यक्रमका प्रशिक्षक तमु ह्युल छोज धीका १ नं।प्रदेशका उपाध्यक्ष आनन्द गुरुङले बताउनुभयो । उहाँले भन्नू भयो यहि २०७८ जेठ २५ देखि असार ८ सम्म हुने…
बिर्तामोड, ९ चैत । .झापा प्रहरीले आइतबार बिर्तामोड नगरपालिका ३ स्थित भद्रपुर रोडबाट चार जनालाई लागु औषधसहित पक्राउ गरेका छन् । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ६ बस्ने ३५ वर्षीय पञ्चानन्द राजवंशी, सोही ठाउँका ५० वर्षीय हेमनारायण राजवंशी, मोरङ उर्लाबारी नगरपालिका ६ बस्ने २० वर्षीय विष्णु पोदार र सोही ठाउँका १६ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् । उनीहरूको साथबाट प्रहरीले लागु औषध एमफेटामाईन ६०…