
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ चैत । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत मूल्य वृद्धि २ दशमलव ७० प्रतिशतले बढ्दा तलब तथा ज्यालाको सूचकांक भने १ दशमलव ७७ प्रतिशतले मात्र बढेको छ । यसअवधिमा तलबको वृद्धि शून्य भए पनि ज्यालाको वृद्धि बढी हुँदा समग्रमा तलब तथा ज्याला वृद्धि भएको देखिएको हो । राष्ट्र बैंकका अनुसार समग्रमा तलब तथा ज्यालादर बढी देखिनुको कारण गत माघ महीनामा २ दशमलव २७ प्रतिशतले ज्यालाको दर बढेकाले हो तर यसअवधिमा तलबको वृद्धिदर शून्य देखिएको छ । सामान्यतया महँगी अर्थात् मूल्यवृद्धि ९मुद्रास्फीति०…
झापा, ९चैत । झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको छ । यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । जसमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले मात्र खोप लगाएका छन् । शिवसताक्षी नगरपालिकाका चार हजार ७४९ ले, गौरादह नगरपालिकाका चार हजार ६५३ ले, विर्तामोड नगरपालिकाका तीन हजार ७७३ ले, कनकाई नगरपालिकाका तीन हजार ४९९ ले, कमल…
झापा, ९ चैत । छिमेकी मुलुक भारतमा दोस्रो चरणको संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारवालाहरूले औँल्याएका छन् । आइतबार भारतबाट नेपाल आएका व्यक्तिमा कोरोनासंक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा। कृष्ण पौडेलका अनुसार पश्चिम नाकाबाट नेपाल प्रवेश गरेका एक नेपालीमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । भारतमा कोरोना संक्रमण दर बढे पनि नेपालले खासै तयारी नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीको भनाइ छ । जोखिम रोक्न सीमानाकामा अपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरवाही भइरहेको देखिएको उनले बताए । ‘बसभित्र मास्कको प्रयोग…
झापा, ९ चैत । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन बाध्य पार्ने नीति लिएका हुन् । नेपाल पक्षले समानान्तर कमिटी बनाउन थालेपछि ओली पक्षले पनि भटाभट कारवाही गर्ने वा नेपाल समूहका नेतालाई एक्लाएक्लै भेटेर त्यस्ता कमिटीमा नबस्न आग्रह गर्ने, नमाने तर्साउने नीति लिएको छ । ‘हामीले नेपाल पक्षमा नजानुस्, जाँदा कारबाही हुन्छ, पार्टीको अनुशासन उल्लंघन हुन्छ, अनुशासनको कारबाही हुन्छ भनेर सम्झाएका छौँ,’ ओली निकट एक नेताले भने…
झापा, २५ फागुन । पछिल्लो समयमा झापाका सीमावर्ती नेपाली बजारमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको अवैध कारोबार फस्टाएको छ। सीमा क्षेत्रका बजारमा लागुऔषध ट्याब्लेट, सिरप, गाँजाको अत्यधिक कारोबार हुँदै आएकोमा लकडाउनपछि ब्राउन सुगर (खैरो हिरोइन) को कारोबार ह्वातै फस्टाएको हो। जिल्लामा ब्राउन सुगरको कारोबार फस्टाएसँगै झापा प्रहरी यसको जालो तोड्ने मिसनमा जुटेका छन्। प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले लागुऔषध मुक्त जिल्ला बनाउने अभियानमा सक्रियता देखाएसँगै झापा प्रहरी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले दिनहुँ ब्राउन सुगर प्रयोगकर्ता र गिरोहमा आबद्ध व्यक्तिलाई पक्राउ गर्न थालेका छन्। यसैक्रममा प्रहरीले भद्रपुरबाट ब्राउन सुगरसहित एक प्रयोगकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ बस्ने…
झापा, २५ फागुन । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। भद्रपुर नगरपालिका-१० स्थायी घर भएका ७० वर्षीय सिटौलाले मंगलबार बिहान मेची अस्पताल भद्रपुरमा खोप लगाएका हुन्। सिटौलासँगै उनकी श्रीमती ६७ बर्षीया कविताले खोप लगाएको कांग्रेस ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए। सोमबार गृह जिल्ला झापा आएका सिटौला बुधवार काठमाडौं फर्किने जनाइएको छ। झापामा पहिलो चरणमा नौ हजार १६७ जनाले खोप लगाएकोमा दोस्रो चरणमा ५८ हजार ५१३ जना ज्येष्ठ नागरिकलाई लगाइने जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए। झापमा फागुन २३ देखि २७ गतेसम्म आठवटा स्थानीय तह र चैत १ देखि ५ गतेसम्म…
बिर्तामोड, २५ फागुन । प्रेस सङ्गठन नेपाल झापाको भेला भव्यरुपमा सम्पन्न भएको छ । झापा बिर्तामोडमा सोमबार भएको भेलाले ३५ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको छ । त्यसैगरी सङ्गठनले सुव्रत न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय सचियालय समेत गठन गरेको छ । सचिवालयको सदस्यमा झुलन रेग्मी, अनिलदेव राई, उद्धव पुरी, सन्तोष शर्मा, पुष्पलाल खड्का, नन्दलाल खतिवडा, तिलक योञ्जन र किशोर उपरकोटी रहेका छन् । प्रेस सङ्गठन नेपाल झापाका संयोजक सुव्रत न्यौपानेको अध्यक्षतामा भएको भेलामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य तथा झापा इन्चार्ज रविन कोइरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा झापा इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथ कोइराला, नेकपा प्रदेश सदस्य…
बुधबारे, २५ फागुन । बुधबारे जेसीजले १ सय ११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर अति विपन्न परिवारकी सुत्केरी महिलालाई खाद्यान्य तथा पौष्टिक आहार सहयोग गरेको छ । सोमबार बुद्धशान्ति–३ की आर्थिक रुपमा विपन्न सुत्केरी महिला पूजा लोहार विक र उहाँको नवजात शिशुलाई खाद्यान्न तथा पौष्टिक आहार सहयोग गरेको हो । मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो भन्ने भनाईलाई सार्थक रुप दिँदै बुधबारे जेसीजले १२ हजार मुल्य बराबरको खाद्यान्न सहयोग गरेको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताउनु भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालबाट सुत्केरी तथा नवजात शिशुलाई डिस्चार्ज गर्ने पैसा नभएपछि ती महिलालाई स्थानीयले रकम संकलन गरी…
मेचीनगर, २३ फागुन । सरकारले मेचीनगर नगरपालिकालाई भौतिक पूर्वाधार र सुशासनका लागि लगभग एक अर्ब बजेट दिने भएको छ । नगरपालिकामा अहिलेका जनप्रतिनिधि निर्वाचित भएर आएपछि सरकारबाट आएको यो सबैभन्दा ठूलो विकास बजेट हो । नगरकी कार्यवाहक उपप्रमुख मीना उप्रेतीका अनुसार शुक्रवार सो सम्बन्धी सम्झौता पत्रमा मेचीनगरको तर्फबाट नगरप्रमुख विमल आचार्यले काठमाडौंमा हस्ताक्षर गरेका छन् । सहरी विकास तथा भवन निर्माण शाखामार्फत सञ्चालन हुने सो बजेट ऋण नभएको र पुरै अनुदान भएको उप्रेतीले जनाइन् । सो बजेट नेपाल सरकारलाई विश्व बैंकले दिएको हो । सरकारले मेचीनगर नगरपालिकालाई दिएको उनले जानकारी दिइन् ।
काठमाडौं, २३ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता भूमिगत अवस्थाबाट खुला रुपमा आउन थालेका छन् । खुला राजनीतिमा फर्किएको चन्द समूह अब कसरी अघि बढ्छ ? पार्टीगत संरचना कस्ता हुनेछन् ? नेता कार्यकर्ता कुन रुपमा प्रस्तुत हुनेछन् ? सरकारसँग सहमति भएकाबाहेक नलेखिएका सहमति के–के छन् भन्ने चासो र उत्सुकता आमरुपमा बढेको छ । तीन बुँदे सहमतिमा नपरेका–नलेखिएका तर सरकार र नेकपाबीच भद्र सम्झौताबारे वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेले केही स्पष्ट पारेका छन् । प्रतिबन्धपछि लागेका कतिपय जघन्य किसिमका मुद्दा फिर्ता र खारेजीबारे सरकारसँग अर्को समझदारी आवश्यक भएको उनले बताए । राजनीतिक एजेन्डालाई जनतामा लैजान सबै किसिमका विचार–सिद्धान्त…