झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ८ फागुन । भारतसँग सिमाना जोडिएको झापाको सुदूर दक्षिणी कचनकवल गाउँपालिकामा पानी र फोहोरजन्य रोगहरु र यसबाट जोगिने उपायहरुका बारे सचेतनामूलक अन्तरक्रिया गरिएको छ । सरसफाइको क्षेत्रमा विभिन्न रचनात्मक तथा सचेतनामुलक गतिविधि गर्दै आएको क्लिन झापाले कचनकवल गाउँपालिकाको आर्थिक सहयोगमा वडा नं २ र ४ मा अन्तरक्रिया गरेको हो । शुक्रबार वडा नं ४ र शनिबार वडा नं २ मा आयोजित अन्तरक्रियामा उल्लेख्य सहभागिता रहेको क्लिन झापाका सचिव रुद्रबहादुर न्यौपानेले जानकारी दिए । कार्यक्रममा दुषित पानी र फोहोरबाट सर्नसक्ने रोगहरु र यसबाट बँच्ने उपायहरुका बारेमा प्रस्तुति दिइएको थियो भने त्यसबाट सहभागीहरुले सरसफाइका बारेमा उल्लेख्य सिकाइ हासिल गरेको न्यौपानेले बताए…

Read More

झापा, ६ फागुन । इलामको पशुपति नगरदेखि पश्चिम नेपालका भारतसँग जोडिएको खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भारतीय बिस्कुट भित्रन थालेपछि नेपाली बिस्कुट उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गर्न बाध्य भएका छन् । कोरोनाको कारण सीमानाका पूर्णरूपमा बन्द हुँदा बिस्कुट उद्योगहरूले क्षमताको शतप्रतिशत उत्पादन गरेका थिए । तर, नाका खुल्नासाथ अवैध रूपमा बिस्कुट भित्रिन थालेपछि उत्पादन ५० प्रतिशत घटाउन बाध्य भएको उद्योगीहरूले बताएका छन् । पाँच वर्ष अघिसम्म नेपालभरि ३५ ओटा बिस्कुट उद्योगहरू सञ्चालनमा थिए । तर, भारतबाटै चिनी र मैदा ल्याएर नेपालमा बिस्कुट उत्पादन गरी भारतीय उत्पादनसँग नै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताका कारण २१ उद्योग बन्द भएका छन्…

Read More

काठमाडौँ, ६ फागुन । सरकारले धेरै कर लगाउँदा इन्टरनेट महँगो भएको गुनासो व्यवसायीले गरेका छन् । व्यवसायीले सरकार अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाएको हुँदा यो सबैको पहुँचमा पुग्न नसकेको जानकारी दिए । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले आयोजना गरेको कार्यक्रममा इन्टरनेट सेवा प्रदायक संघ नेपाल ९आइस्पान० का अध्यक्ष सुध्रि पराजुलीले सरकारले अन्य अत्यावश्यक वस्तुमा नलगाए पनि इन्टरनेटमा कर लगाउनु बिडम्बना भएको टिप्पणी गरे । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

झापा, ६ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहको विवादका विषयमा निर्णय लिन पाँच विकल्पमा छलफल थालेको छ । आयोगले सारेको पहिलो विकल्पअनुसार यसअघि नै दिएको निर्णयमा आयोग अडिग रहनेछ । जसअनुसार यसअघि आयोगले नेकपा कानुनी रुपमा एक रहेको निर्णय गरिसकेको, राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार तोकिएको ३० दिनभित्र दुवै पक्षले आधिकारिता दाबी नगरेकाले त्यसैमा आधारित रहेर निर्णय लिनुपर्ने मत बलियो छ । आयोगले कम्तीमा निर्वाचनसम्म नेकपाको विवाद तामेलीमा राख्न सकिनेलाई पनि विकल्पको रुपमा अघि सारेको छ । नेकपाको नाम र चिन्हमा विवाद देखिएकाले आयोगले दुवैलाई फ्रिज गर्न सक्ने विकल्पबारे पनि छलफल भएको…

Read More

काठमाडौँ, ६ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकै नेताहरूले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिनिधिसभा विघटनका विषयमा आफूलाई पुनःस्थापनाविरोधीका रूपमा प्रचार गर्न खोजेको सभापति देउवाको गुनासो छ। ‘मलाई पार्टीकै नेताहरूले प्रतिनिधिसभा पुनःस्थापनाको विरोधी, ओलीसँग मिलेको जस्ता आरोप लगाउने काम भएका छन्’, पार्टी केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सभापति देउवाले भने, ‘मैले प्रतिनिधिसभा पुनःस्थापना हुनुहुँदैन भनेर कहाँ भनेको छु ? मैले सर्वोच्च अदालतको फैसला कुरौं भनेको हो।’ वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा पार्टीले निर्णय गर्नुपर्ने धारणा राखेपछि देउवा आक्रोशित बनेका हुन्। नेता पौडेलले सभापति देउवा निर्वाचनका पक्षमा रहेको आशयसहितको धारणा राखेपछि देउवा रुष्ट बने।…

Read More

बुधबारे, ६ माघ । सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्तिको नयाँ नेतृत्व चयन हुने भएको छ । वर्तमान समितिको पदावधि सकिएसँगै नयाँ नेतृत्व चयन हुने भएको हो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डल गठन भई नेतृत्व चयनका लागि विभिन्न पकृया शुरु भएका छन् । जस अन्र्तगत अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ । जसमा पदमप्रसाद पोख्रेल र मनोरथ तिवारी रहेका छन् । पोख्रेल वर्तमान अध्यक्ष हुन् भने तिवारी उपाध्यक्ष हुन् । त्यस्तै उपाध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेको छ । जसमा जयप्रसाद भण्डारी, प्रेम नेम्बाङ र केशव सापकोटाको उम्मेद्वारी परेको हो । कोषाध्यक्ष पदमा चन्द्रकला काफ्ले र सुशिला तिवारीको उम्मेद्वारी परेको…

Read More

बिर्तामोड, ४ फागुन । झापाको बिर्तामोडमा पहिलो पटक एनिमेसन सेन्टर खुलेको छ । कम्प्युटर एनिमेसनको माध्यमबाट भिडियो प्रोडक्सनको काम अब स्तरीय र प्रभावकारी हुनेछ । क्यामेराले खिच्न नसक्ने कुराहरु पनि अब कम्प्युटरबाट निर्माण गरेर स्कृनमा उतार्न सकिनेछ । भिडियो विज्ञापनमा खासगरी यस्ता स्पेसल ईफेक्ट्सहरुको प्रयोग हुने गरेको छ । भिडियो खिचेर विज्ञापन बनाउनु भन्दा एनिमेसन प्रयोग गरेर बनाउँदा कम खर्चिलो, बढि प्रभावकारी र छिटो उत्पादन हुने गर्दछ । स्मार्ट मिडियाका सञ्चालक मध्येका एक आशिष पौडेलको भनाई छ । भारतको सिलिगुडिमा MAAC (Maya Animation Advance Cinematics) मा अध्ययन गरेका पौडेलले हलिउड र बलिउडका फिल्महरुमा समेत एनिमेसन र भिजुवल ईफेक्ट्सको कामगरु गरिसकेका…

Read More

दीपक चापागाईंकेन्द्रीय सदस्य एवम् झापा इञ्चार्जमानेकपा एकता राष्ट्रिय अभियान जनताको शक्तिलाई नजर अन्दाज नगरौं काम्रेडहरू । अहिलेको आवश्यकता भनेको विभाजन होइन, कम्युनिस्ट पाटीहरूको एकता नै हो । स्वच्छता, नैतिकता, इमानदारिता बिनाको राजनीति अत्यन्तै कमजोर हुनेछ । राजनीतिकर्मीले एकअर्कालाई गाली गरेर खुइल्याउने प्रवृत्तिको अन्त्य गरेर जनतालाई अफ्ना योजना नीति कार्यक्रमबाट प्रभावित परेर आफ्नो समूहमा उभ्याउन जरुरी छ । जसरी चुनावमा एक–एक भोटको महत्व हुन्छ, त्यसरी नै यस्ता हरेक आन्दोलनमा एक एक मान्छेको उपस्थितिको महत्व हुन्छ । समाज कसरी बनेको छ र देशमा कस्ता मानिसहरुको बसोबास छ त्यसैको आधारमा नै सडकमा उपस्थिति देखिने हो । सुकिला मुकिला, काला गोरा, गरीब धनी, महिला…

Read More

झापा, ३ फागुन । सरकारले भौतिक पूर्वाधारका साथै मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राख्दै आउँदो दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १७ गते राजधानीमा आयाजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने उद्घोष गरेका थिए । भू–उपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास गरिएको छ । विदेशी भू–उपग्रहको प्रयोग मुलुकको राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील हुने भएकाले सरकारले आफ्नै भू–उपग्रह स्थापना गर्न लागेको हो । भू–उपग्रह स्थापनाका लागि सरकारले भू–उपग्रह नीति, २०७७ समेत ल्याइसकेको छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More

बुधबारे, ३ फागुन । बुधबारे जेसीजले प्रणय दिवसको अवसर पारेर ट्राफिक प्रहरी, प्रहरी र सवारी चालकलाई प्रेमको प्रतिक गुलाफ प्रदान गर्दै सवारी साधनमा ट्राफिक सचेतनामुलक स्टिकर टाँसेको छ । आइतबार बुधबारे जेसीजले मेची राजमार्ग अन्तर्गत बुद्धशान्तिको बुधबारे चोकमा एक कार्यक्रमको आयोजना गरी पूर्वी पहाडी जिल्ला तथा स्थानीय रुटमा सञ्चालन हुने एक सय बढी सवारी साधनमा ‘छिटो होइन सुरक्षित तबरले गन्तव्यमा पुग्नुछ किनकी जीवन अनमोल छ’, ‘म सवारी चालक १ मेरो भरोसामा मेरो परिवार अनि यात्रीहरु’ लेखिएको सचेतना मूलक स्टिगर टाँसिएको हो । स्टिगर टाँस्दै सवारी चालकहरुलाई प्रेमको प्रतिक रोज दिइएको छ । बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा जिल्ला…

Read More