
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ माघ । मोबाइल ब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल मनी सेवा सञ्चालन अनुमति माग्दै डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले राष्ट्र बैंकमा निवेदन दिएको छ । यो नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकले संयुक्त रुपमा स्थापना गरेको कम्पनी हो । संयुक्त रुपमा स्थापित कम्पनीले मोबाइल मनी सेवा सञ्चालनका लागि आवश्यक भौतिक र प्राविधिक संरचना तयार गरी अनुमति माग्दै राष्ट्र बैंकमा निवेदन दिएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
झापा, २ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताए ।
झापा, २ माघ । पूर्व पश्चिम रेलमार्गमा विवाद उत्पन्न भएको छ । उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने क्रममा बाराको निजगढ नगरपालिकामा विवाद उत्पन्न भएको हो । रेलमार्गको रेखांकन क्षेत्रमा सर्भे गर्न पुगेको टोलीले निजगढवासीको अवरोध सामना गर्नुपरेको हो । रेलमार्गको रेखांकन क्षेत्रभित्र आफ्नो घर जग्गा गर्ने देखिएपछि निजगढवासी त्यसको विरोधमा उत्रेका हुन् । सर्भेका इन्चार्ज इन्जिनियर सुरज पौडेलका अनुसार रेगलमार्गको रेखांकन क्षेत्रभित्र पर्ने भौतिक संरचना तथा जमिनको विवरण उठाउन खोज्दा स्थानीयबाट अवरोध सिर्जना भएको हो । ‘रेलमार्ग कहाँबाट लग्दा उपयुक्त हुन्छ । यो खण्डमा कस्ता संरचना छन् भन्ने विवरण लिन निजगढ आएका हौँ,’ पौडेलले भने, ‘यो प्रारम्भिक…
झापा, २९ पुस । सडक सुरक्षामा झापा ट्राफिक प्रहरीले सक्रीयता देखाएको छ । पुर्वपश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरुमा सञ्चालन हुने सवारी साधनहरुको नियमन गर्र्न ट्राफिक प्रहरी चौबिसै घन्टा सडकमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा ट्राफिक नियम तथा सवारी सम्बन्धी सचेतना मुलक कार्यक्रमअघि सारेको छ । केहि दिन यता झापामा सवारी दुर्घटना बढेको र त्यसका कारण सर्वसाधरण मानिस अंगभंग भई कतिपयको ज्यान समेत गएकोले सवारी साधन चेकिङ्गमा तिव्रता दिईएको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सडकमा दुर्घटना न्युनिकरण गर्न बैज्ञानिक रुपमा प्रहरी अघि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय…
झापा, २९ पुस । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ । त्यस्तै विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । यसको तयारी अन्तिम चरणमा रहेको यातायात व्यवस्था विभागले जनाएको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार हालको मापदण्डअनुसार २५ प्रतिशत मात्र पास हुने गर्थे । फेल हुनेको संख्या धेरै हुँदा त्यसले विभिन्न किसिमका…
झापा, २९ पुस । अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न देशका नौ कम्पनी इच्छुक देखिएका छन् । स्याटेलाइट सञ्चालनका लागि आवश्यक कानुनी, आर्थिक र सञ्चालन ‘मोडालिटी’मा समेत परामर्श उपलब्ध गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको आह्वानमा ती कम्पनीको आवेदन परेको हो । प्राधिकरणका अनुसार आवेदन दिनेमा चीन, फ्रान्स, बेलायत, भारत, दुबई, सिङ्गापुर, जर्मनीका विभिन्न कम्पनी छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन ९आईटीयू०ले अन्तरिक्षमा स्याटेलाइट राख्न सक्ने गरी नेपाललाई दुईवटा ‘अर्बिटल स्लट’ उपलब्ध गराएको छ । त्यही स्लटमध्ये उपयुक्त छनोट गर्ने, सहकार्यमा स्याटेलाइट सञ्चालन गर्न सक्ने, नेटवर्क क्षमता र स्याटेलाइट प्रविधिमा भएका पछिल्ला परिवर्तनको जानकारी राख्ने, स्याटेलाइट निर्माताबीच…
झापा, २९ पुस । जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाइकल चोरीमा संग्लग्न रहेका सात जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । विगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको एरिया इलाकाहरुबाट मोटरसाईकल तथा स्कुटरहरु हराईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी भएका मोटरसाईकल सहित चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा इलामको माई नगरपालिका–२ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई नगरपालिका–६ का २० बर्षीय रोशन गिरी, ३० बर्षीय राजेश गिरी, २० बर्षीय मनिष गिरी, फाल्गुनन्द गाउँपालिका–३ घर भई बिर्तामोड बस्ने…
झापा, २८ पुस । उर्जा मन्त्रालयमा साताभन्दा धेरै भयो, मन्त्री पुगेकै छैनन् । सोमबार बेलुकी पोखरामा रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीले भने, ‘के गर्नु ! विशिष्ट परिस्थिति छ, पार्टीको काममा पनि जुट्नैपर्यो, सरकारको काम पनि गर्नैप¥यो ।’ उनले अहिले आफूहरुको प्राथमिकता चुनावमा एक्लै दुई तिहाइ ल्याउने भएकाले त्यतैतिर केन्द्रीत भएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली गत चैतदेखि सिंहदरबारमा पाइला टेकेका छैनन् । उनको कार्यकक्षमा छिर्ने ढोका बाहिरैदेखि ड्याम्मै बन्द छ । उनको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण पनि बालुवाटारमा हुने बैठकहरु सार्वजनिक बहसको विषय बनेका थिएनन् । तर पार्टी विभाजनपछि देखिएको अत्यधिक सक्रियताले भने सडकमा जान सक्ने ओली सिंहदरवार किन जान…
झापा, २८ पुस । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) को ‘सेकेन्ड वेभ’ आउन सक्ने अवस्थालाई मध्यनजर गरी थप सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोनाको सेकेन्ड वेभ पहिलेको भन्दा ७० प्रतिशत संक्रामक हुन सक्ने र विश्वका धेरै देशमा फैलिने क्रममा रहेकाले यसलाई समयमै रोकथाम गर्न विशेष सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव आइरहेपछि समितिले यस्तो निर्देशन दिएको हो। समितिको सोमबार बसेको बैठकले कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन गरी योजनाबद्ध वितरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ। खोप वितरण कार्य गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच तत्काल समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाउन…
झापा, २८ फागुन । कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै खोप कार्यक्रम प्रभावकारी बनाउन ५ हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार दुईदेखि आठ डिग्री तापक्रममा १ करोड ७० लाख खोपको डोज भण्डारणका गर्ने क्षमतासहितको पूर्वाधार तयार पारिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको खोप फागुनसम्म आउन सक्ने संकेत गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने बताए । खोप अन्योलसम्बन्धी जिज्ञासामा मन्त्री त्रिपाठीले भने, ‘मेरो व्यक्तिगत जीवनमा फागुन…