
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २९ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमितहरूको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने जनाएको छ निजी क्षेत्रको अस्पतालमा समेत कोरोना परीक्षणको शुल्क घटेको छ । सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार शुल्क अस्पतालमा मात्र निःशुल्क हुने स्पस्ट पारेको हो । ‘अबदेखि निजी क्षेत्रका अस्पतालहरूको बिल सरकारले भुक्तानी दिँदैन ।’’ मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने । सङ्क्रमितको सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिए । गौतमका अनुसार मन्त्रालयले कारोना परीक्षणको शुल्क पनि दुई हजारबाट घटाएर एक हजार मात्र पु¥याएको छध्र अबदेखि कोरोना परीक्षणको शुल्क सरकारी तथा निजी प्रयोगशालामा…
झापा, २९ माघ । भूमाफियाले मुलुकभर करिब ८ हजार रोपनाी सरकारी जमिन अतिक्रमण गरेको पाइएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गासम्बन्धी संरक्षण र जाँचबुझ आयोगको अध्ययनअनुसार निजी गुठी, मठमन्दिर र सरकारी आयोजनाका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेको हो । आयोगले भूमि अतिक्रमणसम्बन्धी २० वटा प्रतिवेदन तयार गरेर केही दिनमै प्रधानमन्त्रीलाई बुझाउँदैछ । ‘काठमाडौँ लगायत मुलुकका विभिन्न स्थानमा भूमाफियाले करिब ८ हजार रोपनी अतिक्रमण गरेका छन्,’ आयोग स्रोतले भन्यो, ‘केही दिनमै प्रतिवेदन प्रधानमन्त्रीज्यूलाई बुझाउँछौ, सबै कुरा बाहिर आउँछ ।’ सरकारले १८ महिनाअघि पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसले पहिलो चरणमा गत वर्ष नै १० वटा…
गायक युवराज नेउपानेको स्वरमा रहेको ‘डोली जन्ति लिएर आउँकी’ बोलको गीत सार्वजनिक भएको छ । उर्लावारी मोरङ स्थायी घरभई हाल काठमाडौं बस्दै आएका युवराज नेउपानेको स्वर रहेको सो गीतमा चर्चित नायक पल शाह र नायिका रक्षा बुढाथोकीको अभिनय देख्न सकिन्छ । देवल भण्डारीको शव्द अर्जुन पोख्रेलको संगीतमा रहेको उक्त गीत हालै युट्युव मार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएको छोटो समयमा नै सो गीतलाई धेरैले मन पराएका छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका गायक युवराज अन्तराष्ट्रिय संस्था मार्फत बालबालिकाको सेवामा समर्पित छन् । https://www.youtube.com/watch?v=g3YxxjF-4UU&feature=share&fbclid=IwAR1y3NTv-CWORUbkzTWVRAXpjeAfVdr29YpJm_dc69yhMf8ss_mj-YjZRZA
झापा, २७ माघ । दुई सन्तानसहित घरबाट निस्केकी एक महिला चार दिनपछि सुनकोसी नदीकिनारमा मृत भेटिएकी छन् । उनले सँगै लगेका १३ वर्षीया छोरी र ८ वर्षीया छोरा भने अझै बेपत्ता छन् । यही घटनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ डुँडभन्ज्याङ गाउँ शोकमा डुबेको छ । चरम गरिबी सहन नसकेर स्थानीय देवकी नेपाली छोरी सुस्मिता र छोरा सुजनसहित घरबाट बाहिरिएकी थिइन् । मजदुरी गरेर सन्तानको हेरचाह र हातमुख जोर्दै आएकी ३३ वषीया देवकीको शव सुनकोसी नदीमा डुबर मृत अवस्थामा भेटिएको हो । छोरी–छोराले लगाएका चप्पल भने नदीको किनारमा एकै ठाउँमा भेटिएको छ । दवकी गत शुक्रबार साँझ, दुई सन्तानलाई लिएर घरबाट निस्केकी…
झापा, २७ माघ । चालु आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा झन्डै ५ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । सो अवधिमा ४ खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’मा उल्लेख भएअनुसार समीक्षा अवधिमा रेमिट्यान्स दर ११ दशमलव १ प्रतिशतले बढेको छ । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास हुनुअघिको अवस्थाभन्दा अहिले नेपाल भित्रिने रेमिट्यान्स रकममा निकै सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) शून्य दशमलव ६ प्रतिशतले मात्रै बढेको थियो ।…
झापा, २७ माघ । बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हत्याको अनुसन्धानमा सोमबारसम्म दुई दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको छ । प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारी साधन र त्यस नजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको जनाएको छ । ‘घटनाको अनुसन्धानका लागि क्लोज रिङ बनाइएको छ, त्यसमा चिनजानका, नजिकका आफन्त र स्कुलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति,…
झापा, २७ माघ । आउँदो तीन वर्षभित्र मुलुकका सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक पु¥याइने भएको छ । सरकारले रूपान्तरणकारी आयोजनाका रूपमा अगाडि सारेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत तीन वर्षभित्र मुलुकभरिका सबै स्थानीय तहसम्म कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रम अगाडि बढाएको हो । सरकारको पन्ध्रौँ पञ्चवर्षीय आयोजनाअन्तर्गत यो कार्यक्रम सूचीकृत गरिएको छ ।स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्टाले अहिलेसम्म एउटा पनि पक्की बाटोले नजोडिएका स्थानीय तहको केन्द्रसम्म अबको तीन वर्षभित्र कालोपत्रे सडक निर्माण कार्यक्रम अगाडि बढाइएको जानकारी दिए । यस कार्यक्रमलाई तीव्रता दिन सातवटै प्रदेशमा स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय स्थापना भइसकेको उनले बताए ।कार्यक्रम अगाडि बढाउन सरकारले…
मोरङ, २७ माघ । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण बेहोस अवस्थामा बाटोमा भेटिएकी युवतीको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । १७ वर्षीया ती किशोरीलाई शुक्रबार बेलुकी कोसी अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले पनि मदिरासँगै नसालु पदार्थ खुवाएर लठ्याउँदै बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको जानकारी प्रहरीलाई दिएका छन् । बलात्कारका कारण लागेको चोटसँगै किशोरीको अत्यधिक रक्तस्राव भएको पाइएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको प्रहरीले जनाएको छ । ‘बलात्कारका कराण योनिमा चोट लाग्नुका साथै धेरै रक्तस्राव पनि…
काठमाडौँ, २७ माघ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ । यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ६.८० रुपियाँ घाटा हुने गरेको दाबी निगमको छ । पेट्रोल मूल्यको यो अव‚थामा बिक्रेता र उपभोक्ता कोही पनि फाइदामा छैनन् । अझ खरिद र बिक्री मूल्यको तुलना गर्ने हो भने उपभोक्ताले दोब्बरभन्दा बढी तिर्नुपरेको देखिन्छ । एक महिनाअघि मात्र वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई बोनस घोषणा गर्नेको निगमलाई यो समस्याले विवादमा पारेको छ । आखिर खरिद मूल्य यति कम हुँदा पनि किन उपभोक्ता दोब्बरभन्दा बढी मूल्य तिर्न बाध्य छन् त रु निगमले…
झापा, २७ माघ । गृहमन्त्रालयले सीमा सुरक्षा तथा व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल ९एपीएफ० लाई नै डेडिकेटेड फोर्सका रुपमा विकास गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । गृहले सीमा क्षेत्रका नागरिकका लागि सहुलियत, राहत र विकास कार्यक्रम बन्ने क्रममा रहेको पनि जनाएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयले आयोजना गरेको ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायबीच समन्वयका क्षेत्रहरु’ विषयक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षामा सशस्त्र प्रहरीलाई नै थप साधनस्रोत र प्रविधिमैत्री बनाएर खटाउनुपर्ने बताएका हुन् । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेका मन्त्री थापाले स्पष्ट पारे । सेनाले भने…