
झापा, २९ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमितहरूको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने जनाएको छ
निजी क्षेत्रको अस्पतालमा समेत कोरोना परीक्षणको शुल्क घटेको छ । सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार शुल्क अस्पतालमा मात्र निःशुल्क हुने स्पस्ट पारेको हो ।
‘अबदेखि निजी क्षेत्रका अस्पतालहरूको बिल सरकारले भुक्तानी दिँदैन ।’’ मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने । सङ्क्रमितको सङ्ख्या घटेकाले सरकारी अस्पतालमा मात्र उपचार गर्दा निःशुल्क हुने जानकारी दिए ।
गौतमका अनुसार मन्त्रालयले कारोना परीक्षणको शुल्क पनि दुई हजारबाट घटाएर एक हजार मात्र पु¥याएको छध्र अबदेखि कोरोना परीक्षणको शुल्क सरकारी तथा निजी प्रयोगशालामा एक हजार तिर्दा हुन्छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



