
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुनसरी, २९ मंसिर । सुनसरीको कोशी गाँउपालिका–६ सुकुम्बासी टोल बस्ने ३२ वर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । आज विहान साढे ५ बजे आफ्नै गँहुबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासी जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
झापा, २९ मंसिर । झापाको मेचीनगर नगरपालिका–७ बाट आइतबार बेलुका पौने ६ बजे नियन्त्रीत लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । उक्त स्थानमा पैदल हिँडिरहेका सुन्दरहरैचा नगरपालिका–४ का १९ वर्षीय सौरभ बस्नेत, उर्लाबारी नगरपालिका–९ का ३० वर्षीय चन्द्र गुरुङ र इलामका २३ वर्षीय समर तामाङलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध डाइजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
बुद्धशान्ति, २९ मंसिर । प्रकाशचन्द्र न्यौपानेको रचना कविता संग्रह ‘गमलाको पीपल’ कृति बिमोचन भएको छ । घर दलान साहित्य अभियान बुद्धशान्तिको आयोजनामा कवि न्यौपानेकै घर दलानमा कृति बिमोचन भएको हो । प्रमुख अतिथि प्राज्ञ शुभद्रा भट्टराईद्वारा एक भव्य समारोहकाबीच उक्त कृति बिमोचन गरिएको हो । पेशाले कमर्स विषयमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा प्राध्यापनरत रहेका बुद्धशान्ति गाउँपालिका वडा नं. १ निवासी कवि न्यौपानेको यो पहिलो पुस्तकाकार कृति हो । बाल्यकाल देखि नै कविता लेख्दै आएका उनको यो भर्खरै प्रकाशित कृतिमा समसामयीक विषयका ४४ वटा कविता समेटिएका छन् । कृतिमा, प्रा.डा. गोविन्दराज भट्टराई, मदन पुरस्कार बिजेता बरिष्ठ साहित्यकार कृष्ण धराबासी, कवि तथा…
बिर्तामोड, २९ मंसिर । पछिल्लो समय लाखौं रुपैयाँ खर्च गरेर वैदेशिक रोजगारमा जाने युवाहरु बढिरहेका छन् । विदेश गएका युवाहरुले त्यहाँ सिकेको सीप र श्रमलाई स्वदेशमा नै सदुपयोग गरेर आर्थिक उपार्जन गरिरहेका युवाहरु पनि समाजमा भेटिन थालेका छन् । यसैक्रममा झापा दमकका खगेन्द्रबहादुर आचार्यले दमक–५ गोर्खाली टोलमा जिके प्रिन्टर्स एण्ड एड्भटाइजिङ सञ्चालनमा ल्याएका छन् । छपाई सम्बन्धी सम्पूर्ण काम गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जिके प्रिन्टर्स एण्ड एडभटाइजिङ टु डी, थ्री डी बोर्ड बनाउने क्यानभास फोटो बनाउने र एड्भटाइजिङ सम्बन्धी सम्पूर्ण कार्य गर्ने सञ्चालक आचार्यले बताए । नेपालमा नै छपाई सम्बन्धी काम गरेका आचार्य उक्त कामममा दक्षता हासिल गर्न कोरिया गएको…
झापा, २९ मंसिर । ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय सदस्यलाई जिल्ला पठाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना कहर ख्याल गर्दै प्रदर्शनमा सहभागी हुँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम गर्न अपिल गरेका छन् । अपिलमा उनले ‘प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन’ समेत आमनेता कार्यकर्तामा आग्रह गरेका छन् । अपिलमार्फत् देउवाले प्रतिपक्षका…
झापा, २९ मंसिर । कक्षा–१० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो निर्णय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएका छौँ । कुनै जवाफ नआएकाले रोकिएर बसेका छौँ ।” यस वर्ष (२०७७ साल) को एसईई बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालयमध्ये कसले सञ्चालन गर्ने भन्ने छिनोफानो हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वर्ष…
झापा, २९ मंसिर । स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए । उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई लगाउने कामलाई योजनाबद्ध तरिकाले अगाडि बढाइरहेको छ ।’ नेपालमा ७२ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारको योजना छ । विश्वमा १४ वर्षभन्दा मुनिका बालबालिका लागि कोरोना खोप नबनेकाले नेपालका बालबालिकाले खोप पाउनेछैनन् । देशको जनसंख्यामध्ये २८ प्रतिशत बालबालिका रहेका छन् । नेपाललाई ‘कोभ्यास’मार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप उपलब्ध गराइनेछ । खोप विकास क्रममा रहेकामध्ये गुणस्तरयुक्त, लागत कम, पूर्वाधारमैत्री एवं विद्यमान कानुनअनुरूप…
काठमाडौँ, २९ मंसिर । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर कहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कहिले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने कोसिस गरेका छन् । नेपाल नमाने दाहाललाई र दाहाल नमाने नेपाललाई फकाउने कसरतमा लागे पनि उनका प्रयास असफल हुँदै आएका छन् । मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकपछि गत बुधबार ओलीले दाहाललाई बालुवाटारमा बोलाएर भेटघाट गरे । भेटमा ओलीले वरिष्ठ नेता नेपालको साथ छाड्न आग्रह गर्दै दुई अध्यक्ष मिलेर अघि बढ्ने प्रस्ताव गरेका थिए । तर, दाहालले सो विषयलाई खासै महत्त्व दिएनन् । मंसिर १७ गतेको स्थायी कमिटी बैठकअघि पनि ओलीले दाहाललाई…
झापा, २९ मंसिर । सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ । कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै लिनुपर्ने समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा श्इामराज उप्रेतीले बताए । ‘पहिला सरकारले आफ्नो जिम्मा पूरा गर्नुपर्यो,’ उनले भने । स्वास्थ्यकर्मी, ५५ वर्ष माथिका वृद्धवृद्धा दीर्घरोगी लगायत सामाजिक दुरी कायम गरी कठिन हुने क्षेत्रमा कार्यरत जनशक्तिलाई प्राथमिकताको पहिलो चरणमा राखेर खोप अभियान अगाडि बढाउने सरकारी नीति रहेको डा। उप्रेतीले जानकारी दिए । उनले भने, ‘निजी क्षेत्रलाई खोप वितरण गर्न दिँदा यो वर्गबाहेक अन्यले पहिला खोप…
झापा, २९ मंसिर । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज शिलान्यास गरिने भएको छ । जेष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा पुर्व मिस नेपाल तथा जेष्ठ नागरिक ग्रामकी डिजाईनर शृखंला खतिवडा, सामाजिक अभियान्ता रमेश प्रसाई, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहने छ । सामाजिक विकास मन्त्रालयले यसअघि गुरुयोजनाबारे सरोकारवालासँग छलफल र जेष्ठनागरिक ग्रामबारे जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल गरिसकेको छ । छलफलमा आएका सुझाव सहित समेटेर…