
झापा, २९ मंसिर । सरकारले कोरोनाभाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ ।
कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै लिनुपर्ने समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा श्इामराज उप्रेतीले बताए । ‘पहिला सरकारले आफ्नो जिम्मा पूरा गर्नुपर्यो,’ उनले भने ।
स्वास्थ्यकर्मी, ५५ वर्ष माथिका वृद्धवृद्धा दीर्घरोगी लगायत सामाजिक दुरी कायम गरी कठिन हुने क्षेत्रमा कार्यरत जनशक्तिलाई प्राथमिकताको पहिलो चरणमा राखेर खोप अभियान अगाडि बढाउने सरकारी नीति रहेको डा। उप्रेतीले जानकारी दिए । उनले भने, ‘निजी क्षेत्रलाई खोप वितरण गर्न दिँदा यो वर्गबाहेक अन्यले पहिला खोप पाउन सक्छने ।’
सरकारले आफ्नो दायित्व पूरा गरेपछि जिनी क्षेत्रलाई आयात अनुमति दिन सक्ने उनले बताए । सरकारले पहिलो चरणमा कोभ्याक्स सुविधान अन्तरगत सुरुमा देशको जनसंख्याको तीन प्रतिशतको हाराहारीमा रहेका स्वास्थ्य तथा समाजिक क्षेमा संलग्न व्यक्ति र त्यसपति अत्याधिक जोखिममा रहेका वृद्धवृद्धा गरी २० प्रतिशतलाई खोप उपलब्ध गराउने तयारी गरेको छ ।आजको नागरिक दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



