
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ११ पुस । प्रदेश १ मा आज १३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ५, मोरंगको कानेपोखरीमा ३, बुडीगंगामा १, धनकुटाको धनकुटा नगरपालिका र सोलुखुम्वुमा १ जनामा संक्रमण देखिएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६२७ पुगेको छ । प्रदेश १ मा आज १६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण…
झापा, ११ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई हटाएका छन् । मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई शनिबार पदमुक्त गरिएको जानकारी दिए । पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् ।मन्त्री आङ्बोले राईविरुद्ध अविश्वासको प्रस्तावका लागि हस्ताक्षर अभियान चलाएको स्रोतले जनाएको छ । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका ६७ सांसद छन् । त्यसमध्ये प्रचण्ड(नेपाल समुहका ४७ जना छन् भने ओली पक्षका २० जना मात्रै रहेका छन् । यो प्रदेशमा प्रचण्ड(नेपाल समुह मिलेर मुख्यमन्त्री राई नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए उनी सहजै हट्न सक्छन् ।
बिर्तामोड, ११ पुस । झापाको गौरादहमा शनिबार दिउँसो बम फेला परेको छ । १५ वर्षीया किशोरीले गाई बस्तु चराउन जाँदा बम भेटेकी हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका वडा नम्बर–७ स्थित भक्त बहादुर खत्रीको टिक बगानमा गाई भराउन जाने क्रममा १५ वर्षीया गरिमा भुजेलले धमिराले खनेको दुलोमा डल्लोजस्तो वस्तु देखेकी थिइन् । उनले स्थानीय ४० वर्षीय हिमा पौडेललाई खवर गरी दुई जना मिलेर लाठीको सहायताले बाहिर निकाली हेर्दा प्लाष्टिकमा पोको पारेको बमजस्तो देखिएपछि प्रहरीलाई खबर गरेका थिए । बम भेटिएको खबरपछि प्रहरी चौकी जुरोपानी ईप्रका गौरीगञ्जबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि प्रहरीले चारआलीबाट नेपाली सेनाको…
झापा, ११ पुस । प्रदेश नम्बर १ मा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो । मन्त्री आङबोलाई मुख्यमन्त्री राईले शनिबार मन्त्री पदबाट हटाएलगतै उनको अगुवाईमा अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको हो । पदबाट हटाइएलगत्तै आङ्बोले अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको बताएका छन् । उनले अब आफ्नो अगुवाईमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको जानकारी दिएका छन् । पूर्वमाओवादी नेता आङ्बो अहिले प्रचण्ड–नेपाल समूहमा छन् । मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन् । ९३ सदस्यीय प्रदेश सभामा नेकपाका…
झापा, ११ पुस । नेपाल निजामति कर्मचारी संगठन झापाले ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’ बाट विवेचना दैनिकका सम्पादक सुब्रत न्यौपानेलाई पुरस्कृत गरेको छ । एपीवान टेलिभिजनका झापा व्युरो प्रमुख समेत रहेका न्यौपानेलाई शनिबार जिल्ला समन्वय समितिमा आयोजित समारोहमा पुरस्कृत गरिएको हो । भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताविरुद्ध निरन्तर कलम चलाउँदै आएका पत्रकार न्यौपाने २० वर्षदेखि झापाको पत्रकारितामा क्रियाशील छन्। पत्रकारिताको माध्यमबाट अविच्छिन्न रुपमा समाज रुपान्तरणमा गरेको योगदानको कदर गर्दै अग्रज पत्रकार न्यौपानेलाई पुरस्कृत गरिएको नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेलले बताए । पुरस्कारको राशि सात हजार सात सय ७७ रुपैयाँ छ । पत्रकार न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा…
झापा, ११ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् पुनर्गठन र जिम्मेवारी हेरफेर गरेका छन्। विवादका कारण सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दुई भागमा विभाजित बनेपछि उनले शुक्रबार नौ मन्त्री थप गर्दै सातजनाको जिम्मेवारी हेरफेर गरेका हुन्। प्रधानमन्त्री ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई भने बिदा गरेका छन्। बिदा हुनेमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड छन्। राजनीतिक रूपमा नेकपा दुई पार्टीमा विभाजन भएपछि प्रधानमन्त्रीसमेत रहेका ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष आ–आफ्नो शक्तिसञ्चयमा जुटेका बेला तत्कालीन माओवादी केन्द्रका केही नेतालाई मन्त्रीको जिम्मेवारी दिइएको हो। २०७४ फागुन ३ गते प्रधानमन्त्रीको…
काठमाडौँ, ११ पुस । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा प्रमुख र पदाधिकारी नियुक्तिका लागि ८ जनाको नाम प्रस्ताव गर्दै प्रतिनिधिसभा विघटन हुनुभन्दा ६ मिनेटअघि सुनुवाइका लागि संघीय संसद् सचिवालयमा पत्र दर्ता गराएको पाइएको छ। प्रस्तावित नाम संसद् सचिवालयमा प्राप्त भएको केही छिनमै प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नभइकनै नियुक्तिका लागि ती नाम सिफारिस हुने देखिन्छ। तर विघटित प्रतिनिधिसभामा संसदीय सुनुवाइ समितिका सदस्य लक्ष्मणलाल कर्ण भने सुनुवाइबिना नियुक्ति गर्न नमिल्ने बताउँछन्। यसबाट गम्भीर संवैधानिक प्रश्न उठ्ने देखिएको छ। प्रतिनिधिसभा विघटन हुनुअघि नाम सिफारिस हुनु र संसदीय सचिवालयमा ती नामसहितको सिफारिस पुगेको केही छिनमै प्रतिनिधिसभा विघटन हुनुलाई संयोग मान्न सकिँदैन। प्रधानमन्त्री, प्रधानन्यायाधीश…
बिर्तामोड, १० पुस । झापाको कन्काई नगरपालिका–४ कोटीहोम छेउमा ग्यासको ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको WB-61A-9385 नम्बरको ग्यास बोक्ने ट्याङ्करले बिपरीत दिशाबाट आउँदै गरेको मे ११ प ३५८३ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो । ट्याङकरको ठक्करबाट मोटरसाईकल चालक ईलामको माई जोगमाई गाउँपालिका–४ का ४० बर्षीय शुभराज लिम्बु र सोही मोटरसाईकलको पछाडी सवार रहेका निजकै भाई ३६ बर्षीय चन्द्र कुमार लिम्बु घाईते भएका थिए । घाइतेहरुलाई उपचारको लागी बिएण्डसि अस्पताल लगिएकोमा उपचारको क्रममा मोटरसाइकलमा पछाडी सवार रहेका चन्द्रकुमार लिम्बुको बेलुका पौने ७ बजे मृत्यु भएको तथा ट्याङकर र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा…
ललितपुर, १० पुस । नेपाली सेनाबाट अवकाशप्राप्त भोलाकुमार जर्घा मगर बुधबार दिउँसो केही कागजपत्र बोकेर महानगरीय प्रहरी परिसर ललितपुर पुगे। ‘हनी ट्र्याप’मा पारी जर्घालाई कुटपिट तथा लुट्ने समूहका एक आरोपित लालबहादुर श्रेष्ठ सँगै थिए। अपराध महाशाखा काठमाडौंको टोलीले श्रेष्ठलाई पक्राउ गरी ललितपुर पठाएको थियो। सिन्धुली कमलामाई नगरपालिका घर भएका जर्घाले साउनमा आफूलाई एक युवतीले नाटकीय ढंगले फसाएको सुनाए। उनका अनुसार घटना साउन ८ गतेको हो। उक्त दिन भिनाजु पर्ने व्यक्ति बितेकाले दाहसंस्कारका लागि पशुपति आर्यघाट जानुप¥यो। त्यसपछि केही सरसामान खरिद गर्न उनी आफन्तका साथ न्युरोड गए। किनमेल सकाएर रत्नपार्क पुगे। आफन्तहरू हिँडिसकेका थिए। पानी दर्किन थाल्यो। उनी एउटा चिया पसलमा…
काठमाडौँ, १० पुस । त्रिभुवन विश्वविद्यालयले यसपटक हिउँदे बिदा नदिने भएको छ। विश्वविद्यालयको भौतिक तथा भर्चुअल कक्षालाई जाडो बिदाका बेलामा समेत निरन्तरता दिन हिउँदे बिदा नदिने निर्णय विश्वविद्यालयले गरेको हो । विश्वविद्यालयका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले यसपटक विश्वविद्यालय मातहतका क्याम्पसमा बिदा नदिइने र कक्षा निरन्तर रूपमा सञ्चालन गरिने जानकारी दिए । आजको गोरखापत्रमा खबर छ ।