
झापा, ११ पुस । प्रदेश १ मा आज १३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना संक्रमणमुक्त भएका छन् ।
प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्वुमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ५, मोरंगको कानेपोखरीमा ३, बुडीगंगामा १, धनकुटाको धनकुटा नगरपालिका र सोलुखुम्वुमा १ जनामा संक्रमण देखिएको हो । हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ६२७ पुगेको छ ।
प्रदेश १ मा आज १६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ८९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



