झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २६ मंसिर । निमोमियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि बिहीबार काठमाडौँ पुर्याइएका राप्रपा नेता राजेन्द्र लिङ्‌देनको अवस्था सुधारोन्मुख देखिएको छ। स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि हिजो बिर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। उनलाई हिजो साँझ एयर एम्बुलेन्सबाट थप उपचारका काठमाडौं लगिएको हो । काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत लिङ्‌देनको अवस्था अहिले सुधारोन्मख रहेको अस्पताल स्रोतले जानकारी दिएको हो । लिङ्‌देन ​राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम्‌ झापा क्षेत्र नं. ३ का सांसद् हुन्‌।

Read More

कनकाई, २६ मंसिर । कनकाई नगरपालिकाले भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेहरुको तथ्याङक संकलन शुरु गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगसँगको सम्झौतापछि नगरपालिकाले तीब्र गतिमा काम अघि बढाएको मेयर राजेन्द्र पोखरेलले जानकारी दिए । संविधानले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवास गर्ने नेपाली नागरिकलाई स्थायी बसोबासको ग्यारेन्टी गरेको छ । सोहि बमोजिम सरकारले उनीहरुको व्यवस्थापनका लागि देशभर विभिन्न चरणमा लालपुर्जा वितरणको काम अघि बढाएको छ । भूमि सम्बन्धी आयोगले कनकाई सहित झापाका ८ वटा स्थानीय तहसँग लालपुर्जा वितरणको लागि सम्झौता गरेको छ । कनकाईले पहिलो चरणमा सम्झौता गरेको थियो । सो नगरमा लालपुर्जा वितरणका लागि तथ्याङक संकलन, नक्साङकन र…

Read More

झापा, २६ मंसिर । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए । अहिले बन्न थालेको खोप १५ वर्षभन्दा माथिका उमेर समूहलाई मात्र परीक्षण गरिएकाले नेपालमा पनि सोही समूहका व्यक्तिलाई लगाइने छ । नेपालमा १५ वर्षमुनिका २८ प्रतिशत जनसङ्ख्या रहेको र उनीहरुलाई खोप लगाइने छैन । उनले बालबालिकाभन्दा माथिका उमेर समूहमा परीक्षण भएर…

Read More

झापा, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिँदा ठिल्लेसाङमु लामा ७ पुगेर ८ वर्षमा टेक्दै थिइन् । अहिले उनी १० वर्षकी भइन् । मुगुम कमारोङ गाउँपालिकाको माग्री गाउँभरि उनलाई ‘प्रधानमन्त्रीकी चेली’ भनेर बोलाउँछन् । तर, ३२ महिनाको यो अवधिमा प्रधानमन्त्रीको चेली भन्न मिल्ने गरी केही परिवर्तन देखिँदैन । उनको न त व्यक्तिगत लवाइखवाइमा फरकपन आएको छ न त पारिवारिक नै । कर्णाली पर्यटन महोत्सव उद्घाटनको अवसरमा २०७५ वैशाख १ मा रारा पुगेका प्रधानमन्त्री ओलीले ठिल्लेसाङमुको अभिभावकत्व दिँदै विद्यालय भर्ना गराउँदा आमा छिजु तामाङलाई अब छोरीको भविष्य बन्ने भयो भन्ने लागेको थियो । प्रधानमन्त्रीले छोरीलाई कम्तीमा माध्यमिक तहसम्म पढाउने…

Read More

झापा, २८ मंसिर । कोरोना सङ्क्रमण नियन्त्रण स्वरूप चैत ४ देखि स्थगित नेपाल–भारत उडान आउँदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न सहमति जनाएका हुन् । आफ्ना नागरिकलाई मात्र सीमित सङ्ख्यामा उडान सुविधा दिने यो नीति अन्तर्गत नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय नागरिकलाई मात्र सेवा उपलब्ध गराउनेछन् । दुवै देशबीच पुस २ देखि उडान सञ्चालन गर्ने सहमति भएको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार पहिलो उडान निगमले गर्नेछ । भारतका तर्फबाट एयर इन्डियाले नेपाल उडान गर्नेछ । उक्त उडान…

Read More

काठमाडौँ, २६ मंसिर । संवैधानिक निकायमा पदाधिकारी रिक्त भएको लामो समय भए पनि पदपूर्तिको प्रक्रिया अघि बढेको छैन । पटक पटक नियुक्तिको कार्यसूचीसहित बैठक बोलाइए पनि अन्तिम समयमा स्थगित हुँदै आएका छन् । राजनीतिक दलबीच नियुक्तिबारे सहमति नहुँदा संवैधानिक परिषद्समेत अनिर्णयमा पर्दै आएको छ । नियुक्ति प्रक्रियामा भएको ढिलाइप्रति सरोकारवालाले असन्तुष्टि जनाउँदै आएका छन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले यही आइतबार (मङ्सिर २८) परिषद् बैठक बोलाएका छन् । सम्पूर्ण सदस्यलाई बैठकको कार्यसूची र समयबारे ४८ घण्टाअघि सूचना दिनुपर्ने व्यवस्था अनुसार सदस्यहरूलाई बैठकबारे सूचित गराइएको छ । परिषद्का नियमित काम र संवैधानिक निकायको पदपूर्तिको विषयलाई कार्यसूची बनाइएको छ । पछिल्लो…

Read More

काठमाडौं, २६ मंसिर । मृतक राजेन्द्र श्रेष्ठकी पत्नी धनकुमारी श्रेष्ठलाई उद्धृत गर्दै एक स्थानीयले बताएअनुसार आइतबार साँझ साग टिपेर फर्कंदै गर्दा बारीबाट नचिनेका दुईजना भाग्दै थिए। को हो भन्दै उनीहरूतिर लाइट बाल्दा ‘निभा’ भनेर हकारे। घरदेखि अलि पर कात्तिके भन्ने ठाउँमा श्रेष्ठको बाख्राको खोर छ। ‘उहाँ (राजेन्द्र श्रेष्ठ) ले बिहान बाख्रालाई घाँसपात र पानी दिन जा, मचाहिँ घरमै बस्छु गाई ब्याउन लागेको छ भन्नुभयो,’ धनकुमारीले भनिन्, ‘छिमेकीहरू आत्तिँदै बाख्रा खोरमै आएर तपाईंको पतिलाई कसैले अपहरण गरेर लगे भने। त्यसपछि सबै जना खोज्न थाल्यौं। खोज्दै जाँदा बन्दुक पड्केको आवाज आयो र त्यसतर्फ जाँदा शव भेटियो।’ उनका अनुसार हत्याराहरूले एउटा खसी र…

Read More

झापा, २६ मंसिर । कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्ति र संस्थागत सहयोग उठाउने भएको छ । यसअघि निष्क्रिय राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको हो । कोषमा सरकारले निश्चित रकम राखेर दाताहरुलाई सहयोगका लागि आह्वान गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने दातृ निकायहरुलाई आग्रह गरिसकेका छौँ,’ मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलले भने, ‘दाताले स्वास्थ्यका लागि अन्य क्षेत्रमा दिने सहयोग पनि कोषमा राख्ने व्यवस्था गर्न लागेका छौँ । कोरोना खोप खरिद गर्न कम्तीमा ४८ अर्ब आवश्यक पर्ने अनुमान मन्त्रालयले गरेको छ । कोषमा राख्नेबाहेकको रकम…

Read More

झापा, २५ मंसिर । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मंसिर २४ गते एकैदिन दर्जनौं सदस्यहरु तथा तिनका परिवारलाई स्वास्थ्य उपचार खर्च प्रदान गरेर तथा मृतक सदस्यको कर्जा मिनाहा गरेर अभिभावकत्व दर्शाएको छ । संस्थाका विभागीय प्रमुखहरु एवम् विभिन्न स्थानका सेवा केन्द्र प्रमुख तथा कर्मचारीहरुले सदस्यको घरदैलोमा पुगेर स्वास्थ्य उपचार राहत खर्च प्रदान गरेका हुन् । संस्थाको सुरुङ्गा सेवा केन्द्रका प्रमुख इन्दिरा भट्टराईका अनुसार सो सेवा केन्द्र अन्तरगतका सदस्य नरबहादुर गिरीको निधन भएकाले उनको नाममा बक्यौता रहेको एक लाख ९१ हजार १९३ रुपैयाँ कर्जा मिनाहा गरिएको छ । स्वर्गीय गिरीको परिवारजनलाई भेटेर समवेदना अर्पण गर्दै कर्जा मिनाहाको पत्र प्रदान गरिएको…

Read More

झापा, २५ मंसिर । प्रदेश १ मा आज १७५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ३१, धरानमा १८, बर्जुमा ४, इनरुवा र रामधुनीमा ३–३, देवानगञ्ज र कोशी गाउँपालिकामा १–१, मोरंगको विराटनगरमा १७, केराबारीमा १५, उर्लाबारीमा ८, बुढीगंगामा ५, बेलबारीमा ३, लेटाङमा २, कटहरी, पथरीशनिश्चरे र कानेपोखरीमा १–१ र स्थानीय तह नखुलेका २ जना, झापाको विर्तामोडमा १२, दमकमा १०, शिवसताक्षी र हल्दिबारीमा ३–३, कनकाई र कमल गाउँपालिकामा २–२,…

Read More