
बिर्तामोड, २६ मंसिर । निमोमियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि बिहीबार काठमाडौँ पुर्याइएका राप्रपा नेता राजेन्द्र लिङ्देनको अवस्था सुधारोन्मुख देखिएको छ।
स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि हिजो बिर्तामोडस्थित बीएन्डसी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो। उनलाई हिजो साँझ एयर एम्बुलेन्सबाट थप उपचारका काठमाडौं लगिएको हो ।
काठमाडौँको मेडिसिटी अस्पतालमा उपचाररत लिङ्देनको अवस्था अहिले सुधारोन्मख रहेको अस्पताल स्रोतले जानकारी दिएको हो । लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवम् झापा क्षेत्र नं. ३ का सांसद् हुन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



