
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १७ मंसिर । साँघुरो र खचाखच गरी बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बीचमा कुनै बिघ्न नआए महिना दिनभित्रै सुविधासम्पन्न मूल भवनमा सार्ने तयारी चल्दै छ । दरबारहरू प्रबलीकरणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का अनुसार अबको तीन साताभित्रै सिंहदरबारको प्रबलीकरणसँगै आन्तरिक सजावटको काम तमाम हुनेछ । ०७२ को भूकम्पमा परी ढलेको सिंहदरबारको पूर्वी भाग झण्डै ६० करोड खर्चेर प्रबलीकरण सम्पन्न भएको छ । यही मसान्तभित्र आन्तरिक सजावटका काम फत्ते गरी त्यहाँ प्रम कार्यालय सार्ने तयारी धुमधामसाथ चल्दै छ । सिंहदरबार पूर्वी भागको प्रबलीकरणको काम सकी आन्तरिक सजावटको काम भइरहेको र मंसिर मसान्तभित्र सम्पन्न गरी…
झापा, १७ मंसिर । एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालका ‘ए’ डिभिजन फुटबल क्लबहरुलाई एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य ठहर गरेको छ । एन्फाले ए भिडिजन क्लबको लाइसेन्सका लागि सिफारिस गरेका १३ वटै क्लबलाई एएफसीले अयोग्य ठहर गरेको हो । एन्फाले गत वर्ष लिग खेलेका सरस्वती युथ क्लबबाहेक अन्य टोलीको लाइसेन्सका लागि सिफारिस गरेको थियो । लाइसेन्सका लागि क्लबले एएफसीको मापदण्ड पुरा नगरेकाले लाइसेन्स नदिइएको हो । यससँगै सन् २०२१ मा नेपालका कुनै पनि क्लबले एएफसीले आयोजना गर्ने प्रतियोगिता खेल्न नपाउने भएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
झापा, १६ मंसिर । विश्व एड्स दिवस आज झापाको सदरमुकाम भद्रपुरमा जनचेतनामूलक र्याली गरी मनाइएको छ । रोटरी क्लब आफ भद्रपुर र रोट्याक क्लब अफ भद्रपुरको संयुक्त आयोजनामा चन्द्रगढी बजार, मची अस्पताल परिसर र भद्रपुर बजारमा जनचेतनामूलक प्ले कार्ड व्यानर सहित बजार परिक्रमा गरीएको थियो । रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष आदित्य पराजुली रोट्रयाक क्लव अफ भद्रपुरका अध्यक्ष गिरीस शाक्यको संयुक्त अध्यक्षतामा र्याली सम्पन्न भएको थियो ।
झापा, १६ मंसिर । कोरोनाभाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमककी ८२ वर्षीय महिला रहेको अस्पतालले जनाएको छ । मृर्गौलासम्बन्धी रोग भएकी उनीमा मंसिर ७ गते कोरोना पोजेटिभ भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भएकी थिइन् । मंगलबार बिहान मृत्यु भएकी उनको शव नियमानुसार व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।
झापा, १६ मंसिर । प्रदेश १ मा आज १७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र ते¥हथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४–४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा २–२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा १८, इटहरीमा १७, भोक्राहानरसिंह, देवानगञ्ज र स्थानीय तह नखुलेका १…
काठमाडौँ, १६ मंसिर । सरकारले काठमाडौँ उपत्यकामा कोरोनाको अवस्था पत्ता लगाउन एन्टिजेन परीक्षण थालेको छ । तर, यसमा सहभागतिा भने न्यून देखिएको समाचारमा उल्लेख गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० ले काठमाडौँ महानगरभित्र तीन हजार जनाको एन्टिजेन टेस्ट गर्न प्राविधिकलाई समुदायमा पठाए पनि पहिलो दिन परीक्षण गर्न आउनेको संख्या न्यून देखिएको हो । ईडीसीडीको टोली सोमबार कोरोनाको हटस्पट मानिएको काठमाडौँको विशालनगर, धुम्बाराही, चाबहिल, मित्रनगर, बत्तीसपुतली, गुहेश्वरी, पशुपति क्षेत्रमा परीक्षण गर्न खटिएका थिए । एउटा वडाबाट कम्तिमा ५ सय जनासहित १५ सय जनाको परीक्षण गर्ने योजना भए पनि ७ सय २० जनाको मात्रै परीक्षण भएको देखिएको छ ।…
काठमाडौं, १६ मंसिर । मानवअधिकार उल्लंघनकर्ताको सूचीमा परेका व्यक्तिलाई विदेश जान समस्या पर्ने देखिएको छ। राष्ट्रिय मानवअधिकार आयोगले असोजमा २ सय ८६ जनाको नामसहितको सूची सार्वजनिक गरेको थियो। यसबारे विदेशी दूतावास र कूटनीतिक क्षेत्रबाट सरोकार राखेको आयोगले जनाएको छ। सरकारका तर्फबाट भने दुई महिनासम्म कुनै प्रतिक्रिया आएको छैन। आयोगले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा डिसेम्बर १० मा यही विषयमा छलफल चलाउने भएको छ। संयुक्त राष्ट्रसंघको महासभाले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको यस दिनलाई विश्वभर मानवअधिकार दिवसका रूपमा मनाइन्छ। ‘उल्लंघनकर्ताका विषयमा विभिन्न दूतावास र कूटनीतिक निकायबाट चासो र सरोकार व्यक्त भइरहेको छ। उल्लंघनकर्ताको नाम चाँडो वेबसाइटमा राखिदिन दबाब आएको छ’, आयोगका सचिव…
झापा, १६ मंसिर । मुलुकभरको गरी तीन हजार तीन सय किलोमिटर सडक मर्मत गरिनेभएको छ । ‘समृद्ध नेपालका लागि सडक, रेल तथा यातायातको विकासको पाँच वर्षे महत्त्वाकाङ्क्षी रणनीतिक योजना’ अन्तर्गत मर्मतको काम थालिएको हो । रणनीतिक योजना अन्तर्गत मुलुकको मुख्य सडकको मर्मत कार्य अगाडि बढाइएको सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले जानकारी दिए । उनले मर्मत कार्यक्रम अन्तर्गत बढी ट्राफिक चाप हुने प्रमुख राजमार्ग (कोर रोड नेटवर्क) का सडकमा मर्मत गरिनेछ । यस कार्यक्रमका लागि नीतिगत रूपमा सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ भने । यस कार्यक्रमका लागि सडकको समेत छनोट भइसकेको र त्यसमा मुलुकका सबै प्रमुख राजमार्ग परेको उनले जानकारी दिए…
काठमाडौँ, १६ मंसिर । सरकारले सोमबारबाट कोरोना भाइरस ९कोभिड–१९० परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले जानकारी दिए । काठमाडौँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिने भएको छ । डा. पाण्डेका अनुसार काठमाडौँ महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । उनले सोमबार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएकोे र २० देखि २५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताए । एन्टिजेनमा पीसीआर…
झापा, १६ मंसिर । इलाम रोङ गाउँपालिकाका मौसम लिम्बूले आफ्नो डायलासिस गर्न आठ महिना कुर्नुप¥यो। डायलासिस गरिरहेका अर्का बिरामीको १५ दिनअघि मृत्यु भएपछि लिम्बूको पालो आएको हो। ‘धन्न पालो आयो। अलिक दिन भए पनि बाँच्ने भएँ’, उनी भन्छन्। काठमाडौं जाने खर्च नभएकाले मेची प्रादेशिक अस्पतालमा निःशुल्क उपचार पाउने आसमा अस्पतालकै छेउमा आएर बसेको लिम्बूकी पत्नी धना लिम्बू सुनाउँछिन्। उनीहरू डायलासिस गर्नकै लागि अस्पतालनजिकै कोठा भाडामा लिएर बसेका छन्। लिम्बू दम्पती मात्र होइन, निःशुल्क डायलासिस गर्न पालो पर्खिने मिर्गौला बिरामी ८० जना छन्। झापा जिल्लाभरिका सरकारी र निजी अस्पताल गरेर दैनिक ६० देखि ६५ जनाले मात्रै डायलासिस सेवा पाउँदै आएका छन्।…