झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १६ मंसिर । प्रदेश २ का दुई जिल्लामा बाबुबाटै ‘कन्ट्र्याक्ट किलर’ (भाडाका हत्यारा) मार्फत छोरीको हत्या गरेको र बाबुबाटै छोरीको बलात्कार भएको घटना सार्वजनिक भएसँगै कोर मधेसका बासिन्दा आतंकित भएका छन्। यस्ता घटना बढ्दै जाँदा मधेसी समाज खलबलिँदै गएको पुष्टि भएको विश्लेषण गर्न थालिएको छ। रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहाका रामअयोध्या साहले गाउँकै सोसिन्द्रकुमार भगतसँग भएको प्रेम स्विकार्न नसकेपछि भाडाका हत्यारा प्रयोग गरेर १७ वर्षिया छोरी अमृताकुमारी साहको ज्यान लिन लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीसमक्ष अपराध स्विकारेका रामअयोध्या अहिले थुनामा छन्। त्यस्तै भारत घर भई सर्लाहीको हरिपुर नगरपालिका–६ लक्ष्मीपुर कोद्राहामा बस्दै आएका एक पुरुषले आफ्नी ६ वर्षकी छोरीलाई पटकपटक…

Read More

झापा, १५ मङ्सिर । नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) झापाको दमकमा निर्माण भइरहेको छ । नेपाल सरकारले राष्ट्रि«य गौरवको आयोजनाको सूचीमा राखेको ‘दमक भ्यूटावर’ १८ तलाको र १०० मिटर अग्लो हुनेछ । वाह्य तथा आन्तरिक पर्यटक आकर्षित गर्ने महत्वाकांक्षी लक्ष्यका साथ सघन शहरी तथा भवन निर्माण आयोजनाले दमक नगरपालिका वडा नं ३ दापगाँछीमा स्थानीयवासीबाट निःशुल्क प्राप्त ५ बिगाहा जग्गामा भ्यूटावर निर्माण गरिरहेको छ । चिनियाँ कम्पनी जेडसीजीआईइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले भ्याटसहित रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इन्जिनियर…

Read More

बिर्तामोड, १५ मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाको अधिवेशन यही पुस ११ गते हुने भएको छ । महासंघको आज बसेको बैठकले अधिवेशनको मिति तय गरेको अध्यक्ष तारामणि सापकोटाले जानकारी दिनुभयो । महासंघको अधिवेशन मेचीनगरको काँकरभिट्टामा हुने भएको हो । “केन्द्रको सर्कुलर अनुसार कार्यसमितिको बैठकले अधिवेशनको मिति तय गरेको हो”, उहाँले भन्नुभयो । मंसिरभित्रै अधिवेशन गर्न भनिए पनि अधिवेशनका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले पुस ११ गतेको मिति तोकिएको हो ।

Read More

झापा, १५ मंसिर । प्रदेश १ मा आज २२६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३–३, सुन्दरहरैचा र कानेपोखरीमा २–२, रंगेली, ग्रामथान र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४–४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा…

Read More

विराटनगर, १५ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले रिङ रोड र रेल्वेको कामले गति लिने बताउनु भएको छ । अवरुद्ध भएको रिङ रोड र रेल्वेको कामले छिट्टै गतिलिने बताउनुभयो । मोरङको कटहरी १ मा मुआब्जा विवादका कारण रेल्वेको काम अवरुद्ध भएपनि अव निर्माणले चाडै गतिलिने मन्त्री घिमिरेले बताउनुभयो । मुआव्जाको विवाद समाधान तर्फ गएको उहाँले बताउनुभयो । रिङ रोड र रेल्वे सञ्चालनमा आएपछि कटहरीको सामाजिक र आर्थिक जीवनमा परिर्वतन हुने मन्त्री घिमिरेले बताउनुभयो । कटहरी १ को जेएम युवा क्लवको २४ औं बार्षिकोत्सव कार्यक्रममा मन्त्री घिमिरेले सो कुरा बताउनु भएको हो । उहाँले मोरङको कटहरीले इतिहासमा…

Read More

झापा, १५ मंसिर । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिएका छन् भने १९३१ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ। हाल कोरोना निको हुने दर ९१।९ प्रतिशत रहेको छ । अब देशभर १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ९११ जनाको…

Read More

सुनसरी, १५ मंसिर । सुनसरीको दुहवी नगरपालिका–२ का १७ वर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गतेदेखि हराइरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका–२ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो । बालक हराएको भनी इलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका–२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई…

Read More

झापा, १५ मंसिर । झापा घरेलु तथा साना उद्योग संघको सोमबार सम्पन्न नवौं जिल्ला सम्मेलनले आगामी तीन वर्षे कार्यकालका लागि निर्विरोध रुपमा नयाँ कार्यसमिति चयन गरेको छ । संघका अध्यक्ष जीवननाथ काफ्लेको अध्यक्षतामा सम्पन्न २८औं वार्षिक साधारणसभा तथा नवौं जिल्ला सम्मेलनले काफ्लेलाई नै पुनः एक कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । जिल्ला सम्मेलनलबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रभुषण साहा, उपाध्यक्षमा मधु बस्नेत, महासचिवमा डिल्लीराम सापकोटा, सचिवमा आशाकुमारी लिम्बू र कोषाध्यक्षमा प्रेमबहादुर श्रेष्ठ निर्विरोध चयन भएका छन् । निर्वाचन अधिकृत गोपाल काफ्लेका अनुसार झापा घरेलु तथा साना उद्योग संघको कार्यसमिति सदस्यहरुमा नरेश साहा, रोशिकला तामाङ, बुद्ध लिम्बू, टिकादेवी योङहाङ र कृष्णमाया योङ्या…

Read More

दुधे, १५ मंसिर । नेपाली कांग्रेसका नेता केशव कुमार बुढाथोकीले झापालाई गुट रहितको जिल्ला बनाउन पार्टीका नेता कार्यकर्तासंग अनुरोध गरेका छन् । झापाको शिवसताक्षीमा विपन्न परिवारको घर निर्माण शिलान्यास कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य समेत रहेका नेता बुढाथोकीले पार्टीमा गुटको राजनीति भए त्यसले नेता र कार्यकर्ता दुवैलाई फाइदा नहुने बताए । ‘मैले पार्टीका पुर्व महामन्त्री कृष्ण सिटौला, पार्टीका प्रवक्ता विश्व प्रकाश शर्मा, पार्टीका झापा सभापति उद्धव थापा लगायतसंग झापालाई गुट रहितको जिल्लाका रुपमा मुलुकमा चिनाउन पार्टीले अभियानका रुपमा कार्यक्रम अघि सार्नुपर्ने सुझाव दिएको छु । उहाँहरुले झापा मात्र होइन, मुलुकलाई यो समस्याबाट मुक्त गराउन सबै नेता र कार्यकर्ता लाग्नु पर्ने…

Read More

झापा, १५ मंसिर । झापाको मेचीनगर नगरपालिका–४ का ५० वर्षीय पूर्णबहादुर प्रधानलाई कुपटीट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २५ वर्षीय दिवश लुङ्गेली मगर, ५५ वर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ वर्षीय विशाल तामाङ रहेका छन् । गत असोज १४ गते सामान्य बादविवादको विषयलाई लिएर तीन जनाको समुहले प्रधानलाई निर्घात कुटपीट गर्दा घाईते भएका प्रधानको उपचारको क्रममा मंसिर १४ गते राती साँढे ९ बजे मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तिनै जनालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको उक्त कार्यायले…

Read More