
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षण तयारीमा जुटेका छन् । नेपाल समूहले पूर्वएमाले र केही पूर्वमाओवादीलाई समेटेर भेला आयोजना गर्ने तयारी गरेको छ । दाहाल पूर्वमाओवादीलाई मिलाउने प्रयासमा छन् । ओली समूहले भने दुई चरण आन्तरिक भेला गर्ने तयारी गरेको छ । नेपाल समूहले धेरै अघिदेखि आन्तरिक भेलाको तयारी गरको भए पनि केन्द्रीय कमिटी बैठक नजिक आएकाले त्यसलाई रोकेको छ । तर केन्द्रीय सदस्यहरूसँग समन्वय तथा छलफल भने भइरहेको स्रोतले जनाएको…
विराटनगर, ११ मंसिर । प्रदेश १ का तीनवटा मन्त्रालयले सञ्चालन गर्ने सीप मुलक तालिमलाई एकरुपता दिईने भएको छ । सीपमुलक तालिम सञ्चालन गर्दा दोहोरोपना हुन नदिनका लागि तालिमलाई एकरुपता दिनेगरि मन्त्रालयवीच छलफल शुरु भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आज भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयवीच छलफल भएको हो । प्रदेश स्तरमा उद्यमशिलता संवन्धि तालिम सञ्चालन गर्दा दोहोरोपना आउने गरेकाले त्यसलाई हटाउने गरि तीनवटा मन्त्रालयवीचमा छलफल गरिएको सामाजिक विकास मन्त्रालयको श्रम तथा रोजगार शाखाका शाखा अधिकृत प्रदीप गौतमले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक बर्ष २०७७–०७८ मा तीनवटै मन्त्रालय, संघको…
झापा, ११ मंसिर । इलाका प्रहरी कार्यालय बेल्टारमा कार्यरत प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागिय मुल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै विभिन्न जघन्य अपराधका फरार प्रतिवादी तथा अवैध लागुऔषध, चोरी, तस्करीमा संलग्न मानिसहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनिय कार्य गरेकोले प्रहरी चौकी संक्रान्ति तेह्रथुम दरवन्दी भई इलाका प्रहरी कार्यालय बेलटार…
झापा, ११ मंसिर । चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अङ्ग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको उनको जिकिर छ । चराका बारेमा पुस्तक लेख्दै आएका डा।हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन् । “मैले यही मङ्सिर ९ गते बिहान ८ः३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चार वटा अनौठा परेवाजस्ता चरा देखेँ”, मेचीनगर–६ निवासी खरेलले ।भने, “फोटो खिचेर पक्षी संरक्षण सङ्घ र डा बराललाई पठाएँ, उहाँले यो…
काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड र्दिएका छन् । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध रहेको बताए । योगदान गर्न सक्ने मात्र होइन, अलपत्र, गरीबीको चपेटामा परेका तथा प्राकृतिक हिसाबले वा आफन्त र अभिभावकका अभावमा अलपत्र परेका नागरिकको व्यवस्थापन गर्न संविधानमै विशेष व्यवस्था रहेको उल्लेख गर्दै उनले संविधानले निर्दिष्ट गरेअनुसार सामाजिक सुरक्षाको अवधारणालाई कार्यान्वयनमा…
सिरहा, ११ मंसिर । सिरहामा बलात्कारको आरोपमा एक मौलवीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लहानमा मुस्लिम धर्मगुरु मौलवी झारफुकको नाममा बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । लहानस्थित डेराबाट मुस्लिम धर्मगुरु मौलवी (हजरत) लाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पजियारले जानकारी दिए । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नम्बर १० स्थित महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक पजियारले जानकारी दिए । उनीमाथि जबर्जस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय सिरहामार्फत (अदालतबाट) ५ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । मंगलबार साँझ लहान नगरपालिका वडा नम्बर ७ की २३ वर्षीया मुस्लिम महिला समान्य…
झापा, ११ मंसिर । प्रदेश १ मा आज २०७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २–२, रंगेली, पथरीशनिश्चरे, लेटाङ, ग्रामथान , कानेपोखरी र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोड र दमकमा १५–१५, अर्जुनधारामा ८, कनकाईमा ७, मेचीनगरमा ६, शिवसताक्षी र भद्रपुरमा ४–४, बुद्धशान्तिमा ३, कमल र झापा गाउँपालिकामा २–२, गौरादहमा १, सुनसरीको इटहरीमा १६, धरानमा १४, इनरुवामा ५, बर्जुमा २, दुहवी…
झापा, ११ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) झापाको २८औं वार्षिक साधारणसभाका लागि तयार पारिएको वार्षिक प्रतिवेदन पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । बिर्तामोडस्थित एनएमसी कार्यालयमा सञ्चालक समितिका अध्यक्षसहित पदाधिकारीहरुले प्रतिवेदन सार्वजनिक गरेका हुन् । प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती र लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु गौतमले आफ्ना प्रतिवेदनहरु वाचन गरेका थिए । कोरोना कहरको प्रभाव र प्रतिकूलताका वावजुद संस्थाको बैंकिङ्ग कारोबारतर्फ राम्रै नतिजा हासिल गरेको जानकारी दिंदै अध्यक्ष उप्रेतीले एनएमसी डेरीतर्फ पनि गत आर्थिक वर्षमा ४० लाख ७५ हजार खुद मुनाफा गरेको बताए । संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा डेरीबाट ७२ लाख रुपैयाँ खुद…
झापा, ११ मंसिर । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई ‘आर्थिक ऐन–२०७७’ ले दिएका छुट तथा सुविधा उपयोग गर्ने अवसर दिएर जतिसक्दो छिटो उठाउन सरकारले पुनः ताकेता गरेको हो । आन्तरिक राजस्व विभागले आर्थिक ऐन–२०७७ अनुसार आर्थिक वर्ष २०७०÷७१ यता स्थायी लेखा (प्यान) नम्बर लिएर पनि आय विवरण पेस नगर्ने र आय विवरणअनुसार आयकर नतिरेका करदाताका लागि फागुनसम्मको मौका दिएर उठाउन लागेको हो । कोरोना भाइरस महामारीको चपेटामा परेका सेवाग्राही एवं करदाताले यसअघि विभिन्न समयमा उपलब्ध…
झिलझिले, ११ मंसिर । शिवसताक्षी नगरपालिकामा अढाई करोडको लागतमा तालिम केन्द्र भवन निर्माण हुने भएको छ । गोपाल गौरी दिगो विकास प्रतिष्ठानले ४ तलाको दुईवटा तालिम केन्द्र भवन निर्माण गर्न लागेको हो । एक कार्यक्रमका बिच बुधबार भवनको शिलान्यास गरिएको छ । प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष इन्दिरा गौतमले आफ्नो जाय जेथाबाट खरिद गरेको २२ धुर जग्गामा भवन निर्माण हुने भएको गोपाल गौरी दिगो विकास प्रतिष्ठानका झापा अध्यक्ष भद्र दुमी राईले बताए । उक्त भवनमा सिलाइ, ढाकाका आइटम, पार्लर र प्रतिष्ठानले उत्पादन गरेका वस्तुको प्रदर्शनी कक्ष रहने छन् । यो संगै प्रतिष्ठानको जन—सम्पर्क कार्यालय पनि भवनको एक कोठामा रहने छ । प्रतिष्ठानकी…