
झापा, १७ साउन । आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको छ। त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ।
शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो। त्यसदिन १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ रहेको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय ३८ रुपैयाँ कायम भएको थियो।


