
झापा, १७ साउन । झापाको दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको गल्लीबाट प्रहरीले अवैध रूपमा ल्याइएका कपडासहित अटो बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी सहायक निरीक्षक ९प्रसनि० राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शनिबार साँझ करिब ५ः४५ बजे मे १ ह ७४०१ नम्बरको रातो अटोलाई शंकाको आधारमा रोक्न खोज्दा चालक अटो छाडेर फरार भएका थिए।
प्रहरीले अटोको खानतलासी गर्दा अवैध रूपमा लुकाइछिपाइ ल्याइएका विभिन्न प्रकारका कपडा र साडी बरामद गरेको जनाएको छ। बरामद कपडाको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ भने अटोको मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। बरामद सामान र अटोको कुल मूल्य करिब ४ लाख रुपैयाँ बराबर रहेको छ।
बरामद गरिएको अटो र सामान इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको तथा फरार चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटना स्थल इलाका प्रहरी कार्यालय दमकबाट करिब १।५ किलोमिटर दक्षिण–पूर्वमा पर्छ।


