
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २५ मंसिर । झापाको बिर्तामोड नगरपालिका–४ मा केन्द्रीय कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यमुखी कार्यक्रमहरु अघि सार्दै गएको छ । स्थापनाको आठौँ वर्ष पूरा गरेको संस्थाले शेयर सदस्यमुखी विभिन्न किसिमका कार्यक्रम अघि सार्दै गएको हो । संस्थाले चालू आर्थिक वर्षदेखि विभिन्न रचनात्मक कार्यक्रम अघि सारेको छ । जसमध्ये बिरामी भएर रगतको आवश्यता भएका सदस्यलाई निःशुल्क रगत उपलब्ध गराउने र सदस्यलाई सर्पदंश उपचार निःशुल्क गरिदिने भएको छ । संस्थाले सदस्यलाई थोरै भए पनि सेवा–सुविधा बृद्धि गर्ने उद्देश्यले ‘रगतको माग शिक्षाको साथ’ र ‘सर्पको टोकाइ शिक्षाको दबाइ’ भन्ने नाराका साथ कार्यक्रम अघि सारेको संस्थाका अध्यक्ष सुव्रत न्यौपानेले बताउनुभयो । सहकारीको…
मोरङ, २५ मंसिर । मोरङको बिराटनगर महानगरपालिका(७ जलजला चोक नजिकबाट ३३ लाख भन्दा बढीको अबैध रुपमा भण्डारण गरिएको लत्ता कपडा बरामद भएको छ । भन्सार छली चोरी पैठारी गरी ल्याएर भण्डारण गरिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले स्थानीय व्यापारी तरुणकुमार रौनियारको गोदामबाट आज दिउँसो उक्त मुल्य बराबरको लत्ता कपडा बरामद गरेको हो । बरामद भएको लत्ता कपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानी बुझाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, २४ मंसिर । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले यसवर्षको सहारा सहकारी पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार इन्द्रजित मुखियालाई प्रदान गर्ने भएको छ । २४ औँ वार्षिक साधारणसभाका अवसरमा सहाराले मुखियालाई पुरस्कार दिन लागेको हो । व्यवसायिक पत्रकारितामा पुर्याएको योगदानको कदरस्वरुप मुखियालाई सहकारी पत्रकारिता पुरस्कार दिन लागिएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए । नेपाल पत्रकार महासंघ झापाका सहसचिव एवम् आँगन एफएमका प्रबन्ध निर्देशक मुखियाले यसअघि नेपाल टेलिभिजनको सहासिक पत्रकारिता र उत्कृष्ट जिल्ला संवाददाताको पुरस्कार पाएका थिए । सहाराले मंसीर २७ गते साधारण सभामा मुखियालाई उक्त पुरस्कार प्रदान गर्नेछ ।
पाँचथर, २४ मंसिर । पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा रु १३ लाख बराबरको क्षति भएको छ । मङ्गलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करीब रु। एक लाख, पाँच तोला सुनसमेत जल्दा करीब रु १३ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।
झापा, २४ मंसिर । प्रमुख राजनीतिक दलका नेताहरूले जनहित र जनअपेक्षाअनुसार सरकारले काम गर्न नसक्दा प्रतिगामी शक्ति चलमलाउन थालेको बताएका छन्। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले अहिलेका समस्याको मुख्य कारण सरकार नै भएको स्पष्ट पारे। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको आन्तरिक विवाद चरम बनेका बेला सोही दलको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक बोलाएका हुन्। बैठकमा सहभागी अधिकांश नेताले कोरोना भाइरसको महामारीबाट मुलुक र जनतालाई जोगाउन लाग्नुपर्ने सरकार पार्टीभित्रको आन्तरिक कलह, भ्रष्टाचार, अनियमितता र अन्य दल विभाजन गराउनेजस्ता गतिविधिमा संलग्न भएको आरोप लगाए।…
मोरङ, २४ मंसिर । मोरङ मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको छ। मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५३ वर्षीय श्रेष्ठको शव जंगलमा फेला परेको मोरङ प्रहरीले जनाएको छ। पाँच–सातजनाको अज्ञात समूहले मंगलबार बिहान श्रेष्ठलाई घरबाटै अपहरण गरी लगभग एक किलोमिटर पर देउढुंगा जंगलमा लगी हत्या गरेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। श्रेष्ठको अपरहण भएको करिब एक घन्टापछि जंगलमा बन्दुकको ठूलो आवाज आएपछि गोली प्रहार गरिएको खबर स्थानीयले दिएको प्रहरीको भनाइ छ। श्रेष्ठको गोली प्रहारबाट नभई धारिलो हतियारले घाँटी रेटेर टाउकोमा लाठी प्रहार गरेर हत्या भएको घटनास्थलमा पुगेको प्रहरी टोलीले जनाएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा…
काठमाडौं, २४ मंसिर । सहकारी संस्थाहरूले कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने भएका छन् । सहकारी विभागले आगामी १ माघबाट लागू हुने गरी एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको हो । विभागले तोकेको सेवा शुल्कअनुसार प्रारम्भिक संस्थाले ऋणीलाई प्रवाहित गरेको कुल कर्जाको एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाउनेछैनन् । सहकारी विभागले एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिने सहकारीलाई कारबाही गर्ने जनाएको छ । त्यस्तै ऋण नवीकरण गर्दा पनि ०.२५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने प्रावधान बनाइएको छ । अहिले सहकारी संस्थाले ५ प्रतिशतसम्म सेवा शुल्क सदस्यहरूबाट असुल्दै आएका छन् । संघीय सहकारी…
काठमाडौं, २४ मंसिर । जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा। मनोजकुमार शर्माको संयुक्त इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णयमाथि बन्देज लगाएको हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सुरुमा कित्ताकाट रोके पनि पछि खुला गर्ने निर्णय लिएको थियो। मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट फुकुवा गरेपछि अधिवक्ताहरू सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भदौ २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले कित्ताकाटमा रोक लगाउने गरी गरेको निर्णय अब अन्तिम हुनेछ। मन्त्रालयले प्रारम्भमा प्लटिङ गर्न स्वीकृति लिएको र अंशबन्डा गर्नेको…
झापा, २४ मंसिर । जबर्जस्ती करणी मुद्दाका जाहेरवालाले अदालती प्रक्रियामा बयान बदले कठोर सजाय हुने भएको छ । ऐन हिंसाविरुद्ध केही नेपाल ऐन संशोधन गर्न जारी अध्यादेशले झुठा उजुरी तथा बकपत्र गर्ने दुवैलाई सजायको व्यवस्था गरेको हो । अध्यादेश अनुसार यस्ता उजुरीकर्ता तथा बकपत्र गर्ने व्यक्तिलाई कसुरदारलाई हुने न्यूनतम सजायको आधा दण्ड हुनेछ । अध्यादेशले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ४४ मा संशोधन गर्दै सजायको व्यवस्था थप गरेको हो । अध्यादेशले दफा ४४ को खण्ड ९क० पछि थप व्यवस्था गर्दै झुठा उजुरी तथा बकपत्र गर्नेलाई सजायको बाधा नपर्ने व्यवस्था गरेको हो ।अध्यादेशमा कारबाहीका लागि बाधा नपर्ने सम्बन्धी व्यवस्था थप्दै भनिएको…
विराटनगर, २४ मंसिर । न त कुनै मुद्दा, न त कुनै राजनीतिकर्मी र आपराधिक क्रियाकपालमा संलग्न। तर, पनि विगत ९ महिनादेखि घरबाट निस्कन पाएका छैनन् विराटनगर– १७ का गजेन्द्र ठाकुरका परिवार। घर नेपालमा भए पनि भारतको बाटो प्रयोग गरेर घर जानुपर्ने बाध्यताले उनको परिवार सीमा सिल गरिएसँगै घरबाट निस्कन पाएको छैन। कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेपछि ठाकुरको परिवार समस्यामा परेको हो। बसोबास नेपालमा भए पनि बाहिर निस्केर हिँड्न भारतको बाटो प्रयोग गर्नुपर्छ। अर्को कुनै विकल्प छैन। लकडाउनको समयमा नेपालीभन्दा भारतमा समस्या थियो। नेपाल आउने बाटो अरू थिएन। अहिले भने भारतले एकतर्फी…