
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १४ मंसिर । नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि अविच्छिन्न कायम रहेको छ । त्यसपछि सातौँ शताब्दीताका लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका स्रङचङ गम्पोसँग भएपछि पारिवारिक नाता पनि जोडिएको हो । त्यसपछि १३औँ शताब्दीमा नेपालका कलाकार अरनिकोले चीनमा नेपाली प्यागोडा शैलीलाई चर्चित बनाएका थिए । बौद्ध धर्मावलम्बी राष्ट्रका रूपमा रहेको चीन गौतम बुद्धका कारण पनि नेपालसँग धार्मिक हिसाबले निकट छ । बुद्धभूमि नेपालमा हुनु र चीनको अत्यधिक जनसङ्ख्या बौद्धमार्गी हुनु महìवपूर्ण सम्बन्धको डोरी नै मानिन्छ । बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि उनको एक औँला चीनको एक प्रान्तमा अझै पनि भगवान्को अवशेषका रूपमा सुरक्षित रहेको विज्ञहरू बताउँछन् । प्राचीन चीनका जिन वंशजका…
झापा, १३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन् । झापाको विर्तामोडस्थित सिद्धार्थ होटल ग्रान्डसिटीको आज उद्घाटन उनले भने, “भूतप्रेतहरुले पोखरा र झापातिर कतै जुलुस निकालेको र कतै निकाल्न लागेको सुनिएको छ, नेकपामा तलमाथि भयो भने परिवर्तन र संविधान नचाहने शक्तिहरु हौसिन्छन् भन्ने यो उदाहरण हो ।” मन्त्री भट्टराईले नेकपामा देखिएको विवाद चाँडै हल हुने र त्यसपछि सुपरफास्ट गतिमा पार्टी अघि बढ्ने बताउँदै पार्टीको सचिवालय बैठकले समस्या निकास दिन नसके स्थायी कमिटीको बैठकले सचिवालयका सबै प्रतिवेदनहरु खारेज गरेर नयाँ निर्णय लिने…
शिवगञ्ज, १३ मंसिर । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले नगर भित्रका विकास निर्माणका कुरालाई लिएर सामाजिक संजालमा बेतुकका स्ट्याटस राखेर गनगन नगर्न शिवसताक्षीका नगरबासीलाई आग्रह गरेका छन् । उनले वडा कार्यापालिकाले सम्बोधन गर्न नसकेका क्षेत्रमा बाटो, कलभर्ट, पूल जस्ता पुर्वाधार आवश्यक भए वडा कार्यपालिकाको सिफारिस लिएर सिधै नगरमा आउन नगरबासीलाई आग्रह गरे । शिवसताक्षी नगरपालिकाको वडा नम्बर ४ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार छात्र छात्रालाई विद्यालय पोसाक वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख शेर्माले यस्तो कुरा बताएका हुन् । नगरकार्यपालिकाले राजनीतिक आस्था, जात, धर्म, लिङ्ग, बर्ग, समुदाय र भुगोलका आधारमा कसैलाई पनि विभेद नगरिएको उनले प्रष्ट पारे ।…
झापा, १३ मंसिर । प्रदेश १ मा आज १८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरंगमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहवी र रामधुनीमा २–२, भोक्राहानरसिंहमा १, झापाको दमकमा २२, विर्तामोडमा ७, भद्रपुरमा ५, अर्जुनधारामा ४, मेचीनगरमा ३, कनकाईमा २, शिवसताक्षी, बा¥हदशी, कचनकवल, गौरादह र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १, मोरंगको विराटनगरमा १६, कटहरी र सुन्दरहरैचामा ४–४, बेलबारीमा ३, कानेपोखरी, पथरीशनिश्चरे र सुनबर्षीमा २–२, केराबारी, रंगेली…
बिर्तामोड, १३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकको राष्ट्रिय एकता बचाउन नेकपाको एकता आवश्यक रहेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज सिदार्थ होटल ग्राण्ड सीटीको उद्घाटन गर्नु हुँदै मन्त्री भट्टराईले त्यस्तो बताउनुभएको हो । नेकपाको सचिवालय बैठकले विवाद मिलाउन नसकेको खण्डमा सचिवालयमा रहेका पदाधिकारीहरुले कडा कदम चाल्ने समेत उहाँले बताउनुभयो । होटल थ्री स्टारको स्ट्याण्डरमा रहने र ५१ वटा सुविधा सम्पन्न कोठाहरु, स्वीमीङ पुल, हेल्थ क्लव, खुल्ला बगैचाँ, सेमिनार हल रुफटप सहित छुट्टाछुट्टै ५ वटा रेष्टुरेन्ट रहने बताइएको छ ।बिर्तामोड ४ मा स्थापना गरिएको होटलले पूर्वको पर्यटन प्रर्वधनमा महत्व पूर्ण भूमिका निर्वाह गर्ने होटलका अध्यक्ष…
बिर्तामोड, १३ मंसिर । झापाको बिर्तामोडमा रू ५० करोडको लगानीमा सिद्धार्थ होटल ग्राण्ड सिटी सञ्चालनमा आएको छ । आज एक औपचारिक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई होटलको उद्घाटन गर्नुभयो । सिद्धार्थ होटल ग्राण्ड सिटीमा ५१ वटा सुविधा सम्पन्न कोठा, पाँच वटा विभिन्न रेष्टुरेन्ट, २ वटा कन्फ्रेन्स हल, स्वीमिङ पुल, हेल्थ क्लब, खुल्ला बगैंचा रहेको होटलका अध्यक्ष देवीप्रसाद मैनालीले बताउनुभयो । नाफा आर्जन गर्ने मात्र नभई पूर्वमा पर्यटन प्रबद्र्धनका लागि समेत होटल सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । होटल सञ्चालन सिद्धार्थ हस्पिटालिटीले गर्ने भएको छ । सिद्धार्थ हस्पिटालिटीका कार्यकारी प्रमुख कृष्ण न्यौपानेले होटल व्यवसाय पर्यटन प्रबद्र्धनको…
इलाम, १३ मंसिर । पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् । कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ । यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने क्रम बढेको छ । यी कार्यबाट लामो समय प्रचारप्रसार नपुगेर गुमनाम रहेको चिया क्षेत्र केही माथि उठ्ने चिया सरोकारवालाको भनाइ छ । एक वर्ष अघि मात्रै सूर्योदय नगरपालिकाले चियाको शालिक बनाएको छ । बजारभित्रै निर्माण गरेको स्ट्याचुमा पहेलो रङको कित्ली ९चियादानी०बाट पहेलो रङको कपमा चिया हालिराखेकोछ । बजार क्षेत्रमा बनाइएको स्टा्याचुले चियाको प्रचार गर्ने अनुमानले निर्माण गरिएको सूर्योदय…
झापा, १३ मंसिर । प्रदेश १ मा शुक्रबार २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, शिवसताक्षी, बा¥हदशी, अर्जुनधारा, झापा गाउँपालिकामा २–२, हल्दिबारी, गौरादह र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४४, सुन्दरहरैचामा ८, पथरीशनिश्चरे र बेलबारीमा ५–५, उर्लाबारीमा ४, रतुवामाईमा ३, मिक्लाजुङमा २, कटहरीमा १, सुनसरीको धरानमा १३, इटहरीमा ८, इनरुवा र बराहक्षेत्रमा ६–६, रामधुनी र दुहवीमा…
इटहरी, १३ मंसिर । इटहरीका गाँउ गाँउमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विकेन्द्रित गरिएको छ । अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सवै वडामा गठित किशोरी साथीसमूह,प्रतिरक्षा समूह र महिला संजाल सँग वडा वडामा अन्तरक्रिया गरिदै छ । इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सकृय छन । यहिक्रममा आज वडा नम्वर १९ र २० मा अन्तरक्रिया सम्पन्न भयो । वडामा लैगिंक हिंसाको अवस्था,चुनौती,साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य,समस्या लगायतका बिषयमा अन्तरक्रिया भएको छ । २० वटै वडामा…
काठमाडौँ, १३ मंसिर । महिलाविरुद्धका अपराध बढ्दै जाँदा नेपाल सरकारले पछिल्लो दुई महिनायता तीन अध्यादेश जारी ग¥यो । एसिड आक्रमणकारीलाई हुने सजाय दोब्बरभन्दा बढीले बढाइयो भने एसिडको खरिद बिक्रीको नियमनसम्बन्धी छुट्टै अध्यादेश जारी भयो । गत भदौ २ गते दुई अध्यादेश जारी भएपछि आइतबार मात्र सरकारले जबर्जस्ती करणीसँग सम्बन्धित अध्यादेश सिफारिस गर्यो । लैङ्गिक हिंसाविरुद्धको अभियान प्रारम्भ हुनुअघि सरकारले अध्यादेश सिफारिस गरेको हो । यद्यपि अध्यादेश जारी भने भइसकेको छैन । महिलाविरुद्धका अपराध बढ्दै जाँदा जारी भएका अध्यादेशले हालको दण्ड र कसुरको दायरा फराकिलो बनाएको छ । यद्यपि अभियन्ताहरू भने अझै पीडितमैत्री कानुन बन्न नसकेको बताउँछन् । बालिका र महिलाविरुद्ध…