झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ मंसिर । प्रदेश १ मा आज २८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ६१, सुन्दरहरैचामा १७, उर्लाबारीमा १५, बेलबारीमा ७, पथरीशनिश्चरेमा ६, लेटाङमा ४, बुढीगंगामा ३, ग्रामथान र कटहरीमा २–२, धनपालथान, मिक्लाजुङ, सुनबर्षी, कानेपोखरी र केराबारीमा १–१, झापाको हल्दिबारीमा १३, विर्तामोडमा १०, भद्रपुरमा ७, दमकमा ६, कनकाई र कमल गाउँपालिकामा ४–४, शिवसताक्षी, कचनकवल र बा¥हदशीमा ३–३, गौरादह र अर्जुनधारामा २–२, गौरीगञ्ज, बुद्धशान्ति,…

Read More

झापा, १८ मंसिर । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । यस्तै, तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ । यस्तै…

Read More

मोरङ, १८ मंसिर । प्रदेश नं १ मा जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा शुरु भएको छ । सो सेवा धनकुटाको जिल्ला अस्पतालबाट शुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा जयवेन्द्र यादवले बताए । उनले सेवा शुरु भएकै दिन सात महिलाको नमूना सङ्कलन गरिएको र एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने जानकारी दिए । पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको बुधबार उद्घाटन कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानिसको जीवनशैलीका कारण क्यान्सर रोगका बिरामी बढ्दै गएको बताए । उनले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको भन्दै क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न…

Read More

धुलाबारी, १७ मंसिर । खेलकुद गतिविधिमा कुनैबेला पूर्वकै ठूलो क्लबको रुपमा परिचित रोलिङ क्लव धुलाबारीको नयाँ नेतृत्व चयन भएको छ । रोलिङ क्लब २०२८ सालमा स्थापना भएको हो । आगामी तीनवर्षे कार्यकालका लागि नोमेम्बर विक्रम नेम्वाङको अध्यक्षता समिति गठन भएको छ । २१ सदस्यीय समितिको उपाध्यक्षमा धनराज थापा र इन्द्र आङ्दाम्बे, सचिवमा महेश खड्का, सहसचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा रोशन बुढाथोकी छन् । मेचीनगरको बाँसवारी सिमसार क्षेत्रमा बुधबार (आज) आयोजित क्लबको पद हस्तान्तरण कार्यक्रमका बीच पूर्व तथा वर्तमान खेलाडीलाई सम्मान समेत गरिएको छ । पूर्व खेलाडी नरेन्द्र कुमार खड्का र खेलाडी पूजन उपरकोटीलाई सम्मान गरिएको हो । खड्का हालै नेपाल…

Read More

इलाम, १७ मंसिर । श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै इलाममा श्रीमान्को पनि मृत्यु भएको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यरत डबलसिंह मगरको गए राति मृत्यु भएको हो । उनकी श्रीमती अम्बिकाको यही मङ्सिर १५ गते मृत्यु भएको थियो । फाकफोकथुम गाउँपालिका–४ का मगर कोरोना पोजेटिभ भएपछि विराटनगरको नोबेल अस्पतालमा उपचाररत रहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा उपचार गराइरहेका उनको मङ्सिर ८ गते भ्यान्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो । सोही दिन उनको स्बाव सङ्कलनको रिपोर्ट पोजेटिभ आएको थियो । उपचाररत उनलाई मङ्सिर १३ गते भ्यान्टिलेटरबाट निकालिए पनि १५ गते श्वासप्रश्वासमा समस्या र धड्कन अनियन्त्रित भएपछि अस्पतालले श्रीमतीलाई जानकारी…

Read More

भोजपुर, १७ मंसिर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ बाट लोपोन्मुख बन्यजन्तु सालकको खपटासहित १ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय इच्छाकुमार राईलाई १.५ केजी सालकको खपटा सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Read More

विराटनगर, १७ मंसिर । मोरङ र पाँचथरमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मंगलबार राति सवा ७ बजेको समयमा मोरङको रतुवामाई नगरपालिका–९ इटहरा चोकमा मे ९ प १७२३ र बा ३४ प २८१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा घाइते भएका २८१० नम्बरका मोटरसाइकल चालक भोजपुरको दिङला घर भई इटहरी बस्दै आएका ३५ वर्षीय विजय गौतमको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो । त्यसैगरी पाँचथरको जोरसालमा मंगलबार राति पौने ८ बजे बा १९ च ५७३६ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअपमा सवार रहेका फिदिम नगरपालिका–१ का २० वर्षीय अर्जुन शंकरको मृत्यु भएको छ । फिदिमबाट जोरसालतर्फ…

Read More

झापा, १७ मंसिर । कक्षा–१२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा।चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिए । यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्ने भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित समन्वयमा काम भइरहेको जनाइएको छ । परीक्षा बोर्डले एक साताभित्र उत्तरपुस्तिकाको परीक्षण पूरा गर्ने तयारी गरेको छ । कतिपय विषयको उत्तरपुस्तिका परीक्षण सुरु भइसकेको छ । विद्यालयमा सम्बद्ध विषयको शिक्षकले नै यसपटक विद्यार्थीको उत्तरपुस्तिका…

Read More

झापा, १७ मंसिर । सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ । पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले यसको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको हो । यस क्रममा अहिले देशैभरका विमानस्थलमा विकासनिर्माण कार्यले तीव्रता लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशैभर विमानस्थलको विस्तार तथा स्तरोन्नति कार्यलाई सरकारले विशेष प्राथमिकता दिएको बताए । पर्यटनको विकासका लागि हवाई ‘कनेक्टिभिटी’ महìवपूर्ण हुने हुँदा सरकारले विमानस्थलहरूको निर्माण, विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको उनले स्पष्ट गरे । नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको जहाज पार्किङस्थलको मङ्गलबार उद्घाटन गर्दै मन्त्री भट्टराईले राजधानी बाहिरका सबैभन्दा बढी उडान…

Read More

झापा, १७ मंसिर । के प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा युवाको निम्ति पद त्याग्न आपूm तयार रहेको र अरु नेताबाट पनि त्यस्तै अपेक्षा रहेको बताउनु भएअनुसारकै दिशातिर जान्छ त जारी विवाद ? सत्तारुढ कम्युनिष्ट पार्टीको अन्तर्संघर्ष कसले पद सम्हाल्ने र को पदबाट हट्ने भन्नेमा मात्रै केन्द्रित हो ? बृद्धभत्ता पाउने ६५ बर्ष उमेर कटेका सबै शीर्षस्थ नेताले स्वेच्छाले जिम्मेवारी त्याग गर्ने क्रम अब अध्यक्षबाट शुरु हुन्छ ? महाधिवेशनबाट नेतृत्वचयन लोकतान्त्रिक विधिमै सम्पन्न गर्ने परिपाटी अंगालेको पूर्व एमाले निकट र त्यो अभ्यासमा जानै लागेका पूर्व माओवादी नेताहरु व्यक्तिगत तवरबाट मोदनाथ प्रश्रितले सन्यास लिएझैं अब नीतिगत…

Read More