झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, १३ मंसिर । सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ हजार पठाइएको बताए पनि स्वास्थ्यकर्मीले भने समयमै भत्ता पाउन सकेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म जोखिम भत्ताबापत सो रकम विभिन्न अस्पतालका लागि पठाइएको बताए पनि अस्पतालले समयमै भत्ता उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मी मर्कामा पर्दै आएका हुन् । मन्त्रालयले समेत कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालले उपलब्ध नगराएको गुनासो आएको भन्दै त्यस्ता गुनासाको तत्काल सम्बोधन गर्न अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार सबै अस्पताललाई पत्राचार गर्दै तत्काल जोखिम भत्ता…

Read More

काठमाडौं, १३ मंसिर । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने नेपाल भ्रमणसँगै नेपाल-भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला भएको छ । नेपाल-भारत सीमा विवादका कारण करिब ७ महिनादेखि जारी संवादहीनताको अन्त्यसँगै अब दुई देशबीच समस्या समाधान गर्ने विषयले सकारात्मक मोड लिएको छ । राष्ट्रपति र प्रधानमन्त्रीस्तरको भ्रमणको बाटो खुल्ने गरी अबको दुई सातापछि परराष्ट्र मन्त्रीस्तरको बैठक दिल्लीमा हुने निश्चित भएको छ । दुई देशको छैटौं संयुक्त आयोगको बैठकले उच्च तहको राजनीतिक वार्ता तय गर्नेछ । भारतीय विदेश सचिव शृंगलाले नेपालका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतीय समकक्षी एस जयशंकरको सन्देशसँगै भ्रमणको निम्तो दिइसकेका छन् । पुसको पहिलो सातासम्म दुई देशको…

Read More

झापा, १३ मंसिर । सत्तारूढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो गुटको भेला तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् । यसै क्रममा इटहरीमा आयोजित दाहाल–नेपाल पक्षीय भेलाले अबको लडाइँ वारपार गर्ने खालको हुनुपर्ने निचोड निकालेको छ । इटहरीको एक होटलमा मोरङ जिल्लाभरिका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओली असहिष्णु बन्दै गएको र फरक मत राख्नेप्रति अनुदार भएकाले अब मिलेर जान नसक्ने निचोड निकालेको छ । भेलाले ओली पक्षलाई कित्ताकाट गरेरै अघि बढ्नुपर्ने र कुनै हालतमा उनीसँग मिलेर जान नसकिने निष्कर्ष…

Read More

झापा, १३ मंसिर । सरकारले क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा कडाइ गरेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई साताअघि परिपत्र गरी मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन दिएको थियो। त्यहीअनुरूप विभिन्न जिल्लामा स्थानीय प्रशासनले अनुगमन गरी काम गरिरहेका छन्। गृहका प्रवक्ता चक्रबहादुर बुढाले दर्तै नगरी सञ्चालन गरिरहेका, बस्तीलाई असर गर्ने क्रसर तत्काल बन्द गराउन निर्देशन दिइएको जानकारी दिए। नदीजन्य पदार्थको उत्खनन नियन्त्रणमा गृह, संघीय मामिला, वन, ऊर्जा र उद्योग मन्त्रालय जोडिएका छन्। यिनै मन्त्रालयसम्बद्ध मन्त्रीहरू सम्मिलित बैठकले दुई साताअघि तत्काल मापदण्डविपरीतका क्रसर बन्द गर्न लगाउने निर्णय गरेको थियो। ठेक्का लगाउने, कर लिने र क्रसर उद्योग सञ्चालन अनुमति…

Read More

मोरङ, १२ मंसिर । मोरङको उर्लाबारी नगरपालिका–९ बाट जुवा तास खेल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय एक घरमा जुवा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ ६ बजे ३ लाख २५ हजार १५५ नगद सहित ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उर्लावारी नगरपालिका(९ का ४८ बर्षीय बाबुराम कार्की, २८ बर्षीय डम्बर बहादुर लिम्बु, उर्लावारी नगरपालिका(८ का २६ बर्षीय बिमल डाँगी, २७ बर्षीय दिवान मगर, ३२ बर्षीय गोबिन्द पुरी, उर्लावारी नगरपालिका(३ का ४२ बर्षीय बिष्णु राउत र केपिलासगढी गाउँपालिका(५ खोटाङका ६७ बर्षीय कुबिरमान तामाङ रहेका छन् । पक्राउ…

Read More

झापा, १२ मंसिर । प्रधानाध्यापकले शिक्षकलाई कुटेपछि अहिले झापा बिर्तामोड नगरपालिका–१० को विराट आधारभूत विद्यालय असान्त बनेको छ। विद्यालयका प्रधानाध्यापक बद्री बाँस्कोटाले शिक्षक इन्द्र बाँस्कोटालाई कुटपिट गरेको विषयलाई लिएर अभिभावक आन्दोलित भएका छन् । उनीहरूले बिहीबारदेखि अनिश्चित समयका लागि विद्यालयमा तालाबन्दी गरेका छन्। सहकर्मीलाई कुटपिट गरेको दुई साता भन्दा बढी समय बित्दा पनि प्रअले माफी माग्नु र आत्मालोचना गर्नुको सट्टा उल्टै रवाफ देखाउन थालेपछि तालाबन्दी गर्नुपरेको अभिभावक ठाकुर उप्रेतीले बताए। प्रअ बाँस्कोटाले कात्तिक २५ गते कार्यालयभित्रै ति शिक्षकलाई पिटेका थिए। विद्यालय लाग्ने, नलाग्ने विषयमा सही सूचना नदिँदा विदाको दिन आफूले धुलाबारीदेखि विद्यालय आएर दुख पाएको गुनासो शिक्षक बाँस्कोटाले प्रअसमक्ष गरेका…

Read More

झापा, १२ मंसिर । बझाङ मस्टा गाउँपालिका–२ की १४ वर्षीया बालिकालाई घट्टमा गएका बेला साउन २९ गते साँझ १८ वर्षीय राजेन्द बोहराले बलात्कार गरे । गर्भ रहे स्विकार्ने सर्तमा गाउँमै उक्त घटनामा मिलापत्र गराइयो । बलात्कार गरेबापत ५ सयको नोट जरिवानास्वरूप ती बालिकाको खुट्टामा राखेर बोहराले ढोगे । मिलापत्र भएको डेढ साता नबित्दै बोहराले १२ वर्षीया सम्झना कामीलाई बलात्कार गरे । उनले बलात्कारपछि ती बालिकाको हत्यासमेत गरे । बलात्कार र हत्या आरोपमा उनी पक्राउ परे । त्यसपछि मात्र पहिले गाउँमै मिलापत्रमा टुंग्याइएको बलात्कार घटनाकी पीडित बालिकाका आफन्त न्यायका लागि प्रहरीसमक्ष पुगे । बैतडीको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बिहे गरेको…

Read More

काठमाडौं, १२ मंसिर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ का बीचमा संवाद टुटेको छ । गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद टुटेको हो । त्यसभन्दा अघि विभिन्न विषयमा छलफल हुँदै आएको भए पनि ३ मंसिरको सचिवालय बैठकयता अध्यक्षद्वय ओली र दाहालका बीचमा संवाद भएको छैन । हरेक समस्या आउँदा दुई अध्यक्षबीच संवादमार्फत समस्या समाधानको पहल हुने गरेको थियो तर अहिले उनीहरूबीच संवाद टुटेपछि समस्याहरू पनि थाती रहेको निकटस्थहरूले बताएका छन् । ओली पक्षले दाहालले…

Read More

झापा, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए। उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा गरेका थिए। तर ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने उद्देश्यले स्थापित अख्तियारद्वारा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेको कुरालाई गलत पुष्टि गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण भएको दाबी गरे पनि ठूल्ठूला भ्रष्टाचार काण्डमा आरोपित आफूनिकटका व्यक्तिहरूको बचाउमा लागेकाले आम मानिसमा प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गरिरहेको बुझाइ…

Read More

झापा, १२ मंसिर । पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा हुनुहुन्छ । उहाँले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ । लामालाई सुरुका १४ दिनसम्म ज्वरो आउने, स्वाद थाहा नपाउने, खोकी लाग्नेदेखि शरीरका विभिन्न भागमा बिमिरा आउने सम्मका सबै लक्षण देखिए । नेपाल टेलिभिजनमा कार्यरत पत्रकार केशवराज विष्टलाई सङ्क्रमण मुक्त हुन ३५ दिन लाग्यो । ३५ दिनसम्म उनी घरमै एकान्तवास बसे । पत्रकार विष्टले ज्वरो आउने, स्वाद थाहा नपाउने जस्ता लक्षण एक हप्तासम्म रह्यो तर पूर्ण रूपमा सङ्क्रमण मुक्त नभईकन नियमित काममा निस्कन सकिएन भने ।…

Read More