झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ कात्तिक । प्रदेश १ मा आज ६२८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६१७, न्युरो अस्पतालबाट १० र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ८०१ पुगेको छ । प्रदेश १ मा आज १ हजार ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४४ महिला र २२० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७२ हजार ४९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Read More

झापा, २४ कात्तिक । प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा २–२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९६ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन् । मोरंगको सुन्दरहरैचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा ५–५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३–३, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट…

Read More

विराटनगर, २४ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज भएको प्रदेश स्तरिय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनिय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताउनुभयो । मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभुति गर्नुपर्ने बताउनुभयो । चालु आर्थिक बर्षमा मात्र जिल्ला अस्पतालहरुलाई ७ करोड देखि ३५ करोड सम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको उहाँले बताउनुभयो । पछिल्लो अढाई…

Read More

अर्जुनधारा, २४ कात्तिक । नेपाल विद्यार्थी सघं अर्जुनधारा नगर कमेटीले नगरमा खटिएका स्वास्थकर्मी, सुरक्षाकर्मीहरुलाई हाते कृतज्ञता पत्र दिएर सम्मान गरेको छ । सोमबार विद्यार्थी संघले नगरका ११ वटै वडामा खटिएका स्वास्थकर्मी, सुरक्षाकर्मीहरुलाई कृतज्ञता पत्रका साथ सम्मान गरेको हो । नगरका सम्पूर्ण नगरबासीको स्वास्थ, सुरक्षामा पुरयाएको योगदानको उच्च मूल्यांकन गर्दै विद्यार्थी संघले अग्रपंक्तिमा खटिएको स्वास्थकर्मी र सुरक्षाकर्मीहरूलाई कृतज्ञता पत्रद्वारा कार्यस्थलमै पुगेर सम्मान गरिएको नगर सभापति दिपेन धिमालले बताए । विश्व माहामारीको जोखिमको अवस्थामा देशैभरि खटिएका स्वास्थकर्मी, सुरक्षाकर्मीको सहास, परिश्रम र निस्वार्थ सेवाले सम्पूर्ण युवामा सामाजिक सेवाको भावना जागृत गराएको र मानवीय सेवामा अभिप्रेरित भएको नगर सभापति धिमालले बताए ।

Read More

झापा, २४ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै…

Read More

झापा, २४ कात्तिक । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले…

Read More

झापा, २४ कात्तिक । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरु आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो । नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेको धाम विकास समितिका कोषाध्यक्ष मनोज जोशीले बताए । “टाढा टाढाबाट आउने भक्तजन र मन्दिरमा गरिने पूजा पाठ, व्रतबन्ध, विवाहबाट आउने रकम नै आम्दानीको मुख्य स्रोत थिए”, उनले भने, “कोभिड –१९ का कारण विगत आठ महिनादेखि भक्तजन नआएपछि आर्थिक सङ्कट हुन थालेको छ ।” मन्दिरमा मासिक रु तीन लाख खर्च…

Read More

झापा, २४ कात्तिक । झापाको मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट नियन्त्रित लागुऔषध ब्राउनसगुरसहित एक जना पक्राउ परेका छन् । सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले आज बिहान ६ बजे मेचीनगर–१४ का ३० वर्षीय कुमार बिकलाई ३ ग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका बिकको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

Read More

बिर्तामोड, २३ कात्तिक । झापामा आज कोरोना भाइरस कोभिड–१९ का काराण तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार दुई पुरुष र एक महिनाको मृत्यु भएको हो । अर्जुनधारा–६ की ८१ वर्षीया महिला, भद्रपुर–५ का ६२ वर्षीय पुरुष र दमक–६ का ८३ वर्षीय पुरुषको मृत्यु भएको कार्यालयका कोभिड–१९ फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो । योसँगै जिल्लामा कोरोनाले मृत्यु हुनेको संख्या ६४ पुगेको छ । यता, झापामा आज ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ९ स्थानीय तहका र स्थानीय तह नखुलेका २८ महिला र ४८ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।…

Read More

बिर्तामोड, २३ कात्तिक । प्रदेश १ मा आज २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८, रतुवामाईमा ७ , रंगेलीमा ६, उर्लाबारी र कानेपोखरीमा ४–४, जहदा, बुढीगंगा र बेलबारीमा ३–३, ग्रामथानमा १ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ३३, इनरुवामा ४, रामधुनीमा ३, देवानगञ्ज, धरान र कोशी गाउँपालिकामा २–२, दुहवी र गढीमा १–१, झापाको गौरादह…

Read More