
झापा, २४ कात्तिक । प्रदेश १ मा आज ६२८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६१७, न्युरो अस्पतालबाट १० र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ८०१ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ५४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १४४ महिला र २२० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७२ हजार ४९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



