
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
पाँचथर, ६ कात्तिक । पाँचथरको हिलिहाङ ६ जोरपोखरी बस्ने योगराज राईको नागरिकताको प्रमाणपत्र हराएको एक वर्ष भयो । गत वर्ष काठमाडौँको कोटेश्वरमा पकेटमारले आफ्नो सक्कल नागरिकताको प्रमाणपत्र सहितको पर्स चोरेको उनले बताए ।सक्कल नागरिकताको प्रति हराएपछि प्रतिलिपि बनाउनका लागि जिल्ला प्रशासन कार्यालय धाएको एक हप्ता बित्दा पनि उनले प्रतिलिपि पाएनन्। प्रतिलिपिका लागि पुरानै नागरिकताको प्रतिलिपि, अनुसूचिबमोजिम भरेको फाराम, बसाइँसराइँको प्रमाणपत्र,मतदाता परिचयपत्र, वडा कार्यालयको सिफारिस,छोराको नागरिकताको प्रतिलिपि ,श्रीमतीको नागरिकताको प्रतिलिपि र भोजपुर जिल्लाको अभिलेख डढेर नष्ट भएको जानकारीपत्र सहितको नागरिकता लिन आवेदन गर्दा पनि आफूलाई उक्त कार्यालयले नागरिकता दिन नमानेको राईको गुनासो थियो । भोजपुर जिल्लाबाट पाँचथरमा बसाइँसराइँ गरेर आएका उनले…
अर्जुनधारा, ६ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन बन्द गर्ने निर्णय गरेको छ । कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को आज बसेको बैठकले क्वारेन्टाइन बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण जोखिम बढ्न नदिन सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि अर्जुनधारा नगरपालिकाले भोलिपल्टदेखि नै क्वारेन्टाइन स्थापना गरेको थियो । अर्जुनधारा नगरपालिकाले १२ बेडको क्वारेन्टाइनबाट सुरु गरेर ११० जनासम्म अटाउने क्षमताको क्वारेन्टाइन सञ्चालन गरेको थियो । क्वारेन्टाइन बन्द गरिए पनि नगरले स्थापना गरेको आइशोलेसन भने यथावत रहने अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले बताए । उनका अनुसार नगरले अर्जुनधारा ४ नम्बर वडामा २५ बेडको आइशोलेसन तयारी अवस्थामा राखेको…
अर्जुनधारा, ६ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकाका एक जना अधिकृतसहित आठ जनालाई आज संक्रमण पुष्टि भएको छ । यसअघि २ जना स्वास्थ्यकर्मीसहित ४ जनाको रिपोर्ट आएको थियो । पछिल्लो रिपोर्टअनुसार आज बिहान आएको ४ जनाको रिपोर्टसहित नगरभित्र ८ जनामामा संक्रमण पुष्टि भएको हो । एक जना अर्जुनधारा नगरपालिकाका शाखा अधिकृत पनि छन् । नगर स्वास्थ्य शाखाका अनुसार आज संक्रमित हुनेमा २ महिला र ६ पुरुष छन् । उनीहरुको सबैको तीन दिनअघि स्वाब संकलन गरिएको थियो । जसमा एक जना ३ वर्षकी बालिका पनि संक्रमित भएकी छन् । थप संक्रमित भएकामध्ये अर्जुनधारा ५ का ५३ वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र…
झापा, ६ कात्तिक । देशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ लाख २ हजार नाघेको छ । बितेको २४ घण्टामा ३ हजार २१५ जना कोरोना भाइरस संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको कुल संख्या १ लाख २ हजार ८२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार हाल १ लाख ४८ हजार ५०९ मध्ये देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको…
झापा, ६ कात्तिक । झापामा आज ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापाको दमकमा ३४, बिर्तामोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बाह्रदशीमा ६, गौरीगञ्जमा ३, कनकाईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यता, प्रदेश १ मा आज ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि…
सुनसरी, ६ कात्तिक । यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इनरुवाका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उच्च रक्तचाप, मधुमेहलगायत अन्य दीर्घ रोग भएका उनलाई यही कात्तिक ३ गते सङ्क्रमण पुष्टि भई प्रतिष्ठान भर्ना गरिएको थियो । यससँगै प्रतिष्ठानमा सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । रासस
झापा, ६ कात्तिक । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दसैंमा पनि खुल्ला हुने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दसैं बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ । कोरोनाको महामारी बढीरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दसैंको अवधिमा पनि पीसीआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा।राजेश नेपालले जानकारी दिए । ‘दसैंमा पनि पीसीआर परीक्षण रोकिँदैन । हामीले दसैं बिदामा पनि पीसीआर परीक्षण गरेर ५ घण्टामै रिपोर्ट दिने व्यवस्था मिलाएका छौं ।’ दुई वटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिन ल्याएर गत असोज ११ गतेबाट नोबेलले पीसीआर परीक्षण गर्दै आएको छ । नोबेलले अस्पतालमा…
मोरङ, ६ कात्तिक । जवरजस्ती करणी उद्योगका तिन जना फरार प्रतिबादीहरुलाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान–७ का २० वर्षीय जयकृष्ण मण्डल, २१ वर्षीय रोशनकुमार मण्डल र २३ वर्षीय मन्जित मण्डल रहेका छन् । उनीहरुलाई हिजो राति ८ बजे आफ्नै गाँउ घर एरियामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका तीनै जनाले गत २०७६ साउन १५ गते राति ११ बजे मोरङकै १३ वर्षीया र १९ वर्षीयालार्इ किशोरीलाई जवरजस्ती करणी गरी फरार रहेका थिए । प्रहरीको निगरानीमा रही पक्राउ परेका तीनै जना उपर इलाका प्रहरी कार्यालय रंगेलीबाट कानुनी कारबाही अगाडी बढाइएको छ…
धरान, ६ कात्तिक । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले कोरोना सङ्क्रमित बिरामीको लागि धरौटी राखेर मात्र उपचार गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरी शङ्कर शाहले एक सूचना जारी गरी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन तथा विपत् व्यवस्थापन इकाई, काठमाडौवाट निर्णय भए अनुसार प्रतिष्ठानले पनि यस्तो निर्णय गरेको जनाएको छ । सरकारको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन भए अनुसार प्रतिष्ठानमा कोभिड १९ को लागि गरिने उपचार सेवा, पिसिआर परीक्षण सम्बन्धमा आउँदो कार्तिक ९ गते आइतबार देखि लागु हुने गरी प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई ४ वटा वर्गीकरण गर्दै छुट्टाछुट्टै धरौटी राख्नुपर्ने सूचनामा उल्लेख गरेको छ…
काठमाडौं, ६ कात्तिक । निःशुल्क उपचारको सुविधा पाउने कोरोना संक्रमितले कोरोना भाइरस बीमा गरेको भए पनि त्यसको दाबी भने नपाउने भएका छन् । गत असोज १९ गते सम्पन्न मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको थियो । यसैअनुसार बुधवार बीमा समितिले परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । आर्थिक रूपमा विपन्न, अशक्त र असहाय नागरिक, असहाय एकल महिला, अति अपांगता, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइका कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको परीक्षण तथा उपचार निःशुल्क हुने व्यवस्था छ । उनीहरूले कोरोना बीमा गरेको भए परीक्षणदेखि उपचारसम्मको खर्च बीमा रकमबाट बेहोर्ने गरी सरकारले नयाँ व्यवस्था…