
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ६ कात्तिक । कोरोना भाइरस (कोभिड–१९) बाट लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउन मानिसले आयुर्वेदिक औषधि जथाभावी प्रयोग गर्न थालेको पाइएको छ । मात्रा नमिलेको र पहिलादेखि लागेका रोगको ख्यालै नगरी मात्रा नमिलेको जडीबुटी खानु शरीरका लागि घातक हुने भनाइ विज्ञको छ । दैनिक भान्छामा प्रयोग हुने औषधीय गुण भएका मसलाले स्वाद बढाउने मात्र होइन, औषधिको समेत काम गर्छन् । मसलाको बढी प्रयोगले विभिन्न रोग लाग्ने खतरातर्फ कमैको मात्र ध्यान पुगेको पाइन्छ । पद्मकन्या क्याम्पसको गृह विज्ञान विभागका प्रमुख पोषणविद् डा जया प्रधानले कोरोना भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुन आवश्यक भएको बताइन् । उनले कोभिड–१९ लाग्ने डरले रोग…
ताप्लेजुङ, ६ कात्तिक । बडादशैं २०७७ का संँघारमा जननेता मदन भण्डारी जन्मनुभएको ताप्लेजुङको ढुङ्गेसांँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गरेका छन् । अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समितिका सदस्य हेमराज निरौलाकाअनुसार खरले छाएको सो दुईतले घरभित्र अहिले अलैँची थुपारिएको छ, चाँडै मर्मतसम्भार नगरे छाना मक्किएर झर्ने खतरा छ । निरौला कुनै बेला पार्टीका सभा, गोष्ठी हुँदा सो घर नेताकार्यकर्ता भरिएर खचाखच हुने गरेको स्मरण गराउँछन् । अहिले त्यस घरलाई नियमित रूपले हेरचाह गर्ने कोही नदेखिए पनि नेकपा निकटका विद्यार्थी तथा युवा पुगेर यसरी नै मर्मतसम्भार गर्ने गर्छन् । बडादशैँ नजिकिएसँगै गाउँका घर चिटिक्क सिँगारिदा आइतबार भण्डारीका घरमा समेत लिपपोत भएको…
ताप्लेजुङ, ६ कात्तिक । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान सुरु गरेको छ । कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो । नेपाल एयरलाइन्का ताप्लेजुङको स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौँदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङदे सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिए । यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले आज सीमित यात्रु ल्याएको हो । काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा ६ हजार ८ सय ४० रुपैया तोकिएको छ भने ताप्लेजुङदेखि काठमाडौंका भाडा ६ हजार ७ सय ४० रुपैया तोकिएको छ । रासस
काठमाडौं, ६ कात्तिक । नेपालबाट संगठित रूपमा वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न ‘मोस्ट वान्टेड’ निटुप लामाविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले रेड नोटिस जारी गरेको छ । अहिलेसम्मकै ठूलो वन्यजन्तु अपराधमा संलग्न लामाविरुद्ध १५ अक्टोबरमा इन्टरपोलले नोटिस जारी गरेको हो । ०६२ मा रसुवाको स्याफ्रुबेंसीमा बरामद भएको वन्यजन्तुका अंग तस्करीमा निटुपको संलग्नता देखिएपछि प्रहरीले खोजी थालेको थियो । त्यतिवेला सेनाको चेकिङका क्रममा ६ वटा बाघको छाला, ३६ वटा चितुवाको छाला, दुई सय ३८ वटा ओतको छाला र एक सय १३ केजी बाघको हड्डीसहित पाँचजना पक्राउ परेका थिए । यो वन्यजन्तु अपराधमा अहिलेसम्मकै ठूलो बरामदी हो । लामा नेपालबाट संगठित रूपमा बाघका छाला तथा हड्डी तस्करी गर्ने…
झापा, ६ कात्तिक । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गत वैशाख महिनाको स्थगित कक्षा १२ को परीक्षा आउँदो मङ्सिर ९ गतेबाट सञ्चालन गरिने भएको छ । सरकारले स्थगित परीक्षा सञ्चालन गर्न सक्ने अधिकार दिएसँगै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा कार्यतालिका सार्वजनिक गरेको हो । मङ्सिर ९ गतेबाट सुरु भएको परीक्षा १६ गतेसम्म सञ्चालन हुनेछ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले अब परीक्षाको तयारी सुरु गरिने जानकारी दिनुभयो । बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस पटक छोटो खालको परीक्षा लिइने भएको छ । जसअनुसार बढीमा डेढ घण्टाको परीक्षा लिइने भएको छ । यसका साथै विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई…
झापा, ६ कात्तिक । प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे बुधबार सरोकारवालासँग अनलाइन छलफल गरिएको हो । छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईने खतिवडाले बताउनुभयो । जेष्ठ नागरिक ग्राममा निर्माण गरिने संरचनाका बारेमा इन्जिनियर शुभम कोइरालाले प्रस्तुती गर्नुभएको थियो । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । १० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि ३…
झापा, ५ कात्तिक । देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण भएको छ। यस्तै बितको २४ घण्टामा २ हजार ९९६ संक्रमित निको भएसँगै निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । यस्तै कोरोनाबाट थप २६ जनाको मृत्यु भएको…
झापा, ५ कात्तिक । झापामा ७१ जनासहित प्रदेश १ मा आज ५१३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २८, विर्तामोडमा १६, मेचीनगरमा ५, कचनकवलमा ४, भद्रपुरमा ३, गौरादह, बुद्धशान्ति, कनकाई र कमल गाउँपालिकामा २–२, बा¥हदशी, हल्दिबारी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १६२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६८ महिला र ९४ पुरुष छन् । मोरंगको…
गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । पदम साधना कुलुङको शब्द, दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतमा नेपाल आईडल सिजन ३ का सेकेन्ड रनर–अप किरण भुजेल र गायिका प्रसिद्धि लामाको स्वर रहेको छ । यस गीतको म्युजिक भिडियोको निर्देशन प्रविण तामाङले गरेका छन् भने भिडियोमा जुना सुन्दास र प्रविण तामाङले नै अभिनय गरेका छन् । यस गीतमा धेरै मिहेनत साथ काम गरेकोले यो गीतले दर्शक स्रोताको मन जित्ने आशा गायक किरण भुजेल र प्रसिद्धि लामाले राखेकी छिन् । अहिले गीत संगीतको बाढी नै आएको छ । नेपाली म्युजिक क्षेत्रमा दैनिक दर्जनौं…
बिर्तामोड, ५ कात्तिक । झापाको विर्तामोड नगरपालिकाले आजबाट कोभिड अस्पताल संचलनमा ल्याएको छ । स्थानीय तहले आइसोलेसनसहितको कोभिड अस्पताल सञ्चालन गर्नुपर्ने सरकारको निर्देशन अनुरुप बिर्तामोड नगरपालिकाले कोभिड–१९ आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको हो । नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज बिहान कोभिड अस्पतालको उद्घाटन गरेका हुन् । सरकारले स्थानीय तहले न्युनतम ५ देखि १५ वेड सम्मको आइसोलेसन अस्पताल संचालन गर्न दिएको निर्देशन पालना गर्दै नगरपालिकाले ५ वेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको नगरस्तरीय कोभिड १९ व्यवस्थापन तथा नियन्त्रण समितिका संयोजक ओम खड्काले जनकारी दिए । एक जना डाक्टर र दुई जना नर्स सहितको चिकित्सक टिमले चौबिसै घण्टा सेवा प्रदान गर्नेछ । विर्तामोड नगरपालिकाको…