
बिर्तामोड, ५ कात्तिक । झापाको विर्तामोड नगरपालिकाले आजबाट कोभिड अस्पताल संचलनमा ल्याएको छ ।
स्थानीय तहले आइसोलेसनसहितको कोभिड अस्पताल सञ्चालन गर्नुपर्ने सरकारको निर्देशन अनुरुप बिर्तामोड नगरपालिकाले कोभिड–१९ आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको हो । नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज बिहान कोभिड अस्पतालको उद्घाटन गरेका हुन् ।
सरकारले स्थानीय तहले न्युनतम ५ देखि १५ वेड सम्मको आइसोलेसन अस्पताल संचालन गर्न दिएको निर्देशन पालना गर्दै नगरपालिकाले ५ वेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको नगरस्तरीय कोभिड १९ व्यवस्थापन तथा नियन्त्रण समितिका संयोजक ओम खड्काले जनकारी दिए ।
एक जना डाक्टर र दुई जना नर्स सहितको चिकित्सक टिमले चौबिसै घण्टा सेवा प्रदान गर्नेछ । विर्तामोड नगरपालिकाको तथ्यांक अनुसार नगरमा हालसम्म १४७ जना संक्रमित भएका छन् । हाल ९३ जना होम आसोलेसन, ३ जना नगरले निर्माण गरेको आइसोलेसनमा र ३ जना अस्पतालमा उपचारर्त रहेको खड्काले जानकारी दिए । बिर्तामोडमा हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भइसकेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



