झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्धन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गरेकी हुन् । “आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने…

Read More

झापा, ९ कात्तिक । विश्वमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स विश्व विद्यालयले दिएको पछिल्लो अपडेटमा जनाएको छ । उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २९ लाख ४६ हजार ४४६ जना कोभिड १९ सङ्क्रमित भएका छन् । यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ५४ हजार ८६२ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ । यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये तीन करोड १६ लाख ७३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ । कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८८ लाख २७ हजार भन्दा…

Read More

चितवन, ९ कात्तिक । कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो । चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए । निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो । ती महिलामा…

Read More

झापा, ९ कात्तिक । नेपाली काँग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोभिड–१९ को कारण यो वर्ष नगर्ने भएको छ । २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको थियो । मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण यस वर्षकोे कात्र्तिक १४ गते कोजाग्रत पूर्णिमाको दिन हुने शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना नगरिने व्यहोरा सबैलाई जानकारी गराइन्छ ।’

Read More

बनियानी, ९ कात्तिक । भ्वाइस अफ गन्गाई कम्युनिटी कचनकवल र नेपाल गन्गाई कल्याण परिषद झापाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कचनकवलको बनियानी बजारमा भएको रक्तदान कार्यक्रममा दुई महिलासहित ४६ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग रहेको थियो । कोरोना भाइरस कोभिड–१९ को महामारीका बेला रगतको अभाव रहेकाले सोको पूर्तिका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको भ्वाइस अफ गन्गाई कम्युनिटी कचनकवलका कोषाध्यक्ष एवम् कचनकवल गाउँपालिकाका आइटी अफिसर दिपेन्द्रकुमार गणेशले जानकारी दिनुभयो ।

Read More

झापा, ९ कात्तिक । पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताउँदै उनले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन् । शर्माकी पत्नी लक्ष्मी शर्मालाई पनि संक्रमण पुष्टि भएको छ ।

Read More

बिर्तामोड, ९ कात्तिक । कोरोना भाइरसको संक्रमणबाट नेपाल पत्रकार महासंघका सदस्य एवम् झापाका अग्रज मानवअधिकारकर्मी अधिवक्ता अर्जुन बस्नेतले आफ्नै सहोदर भाई यादव बस्नेतलाई अल्पायुमै गुमाउनु परेको छ । यादवलाई बचाउन गरिएका अनेक चिकित्सकीय प्रयास असफल भएपछि झापा वारका कोषाध्यक्ष समेत रहेका बस्नेतले भाई गुमाएका हुन् । साताअघिदेखि अधिवक्ता बस्नेतले विराटनगरमा भाई यादवको उपचार गराइरहेका थिए । प्लाज्मा थेरापीको तयारी भइरहँदा यादवको ३७ वर्षको उमेरमा हिजो दिउँसो विराटनगरस्थित विराट मेडिकल कलेजमा निधन भएको हो । यादवको निधनपछि बस्नेत परिवार र उनका साथी भाई गहिरो शोकमा परेका छन् । ‘भाईलाई बचाउन गरिएका अनेकन उपाय असफल भए’, स्पीक कर्नर डटकमका कार्यकारी सम्पादक समेत…

Read More

ज्योतिषि डिपि भण्डारीकाठमाडौं, ८ कात्तिक । शारदीय नवरात्रको आठौँ दिन आज महागौरीको पूजाआजा गरिन्छ । दुर्गापूजाको आठौँ स्वरूप महागौरीको पूजाको पनि आफ्नो छुट्टै विधिविधान रहेको पाइन्छ । यिनको शक्ति अमोघ रहेको छ भने यिनको उपासनाद्वारा भक्तको पूर्वसञ्चित पापको समेत नष्ट गराउने शक्ति रहेको पाइन्छ । यी देवीको उपासनाले भविष्यमा समेत पाप–सन्ताप समेत नष्ट हुने शास्त्रीय मान्यता रहेको छ । सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ । यी देवीको माथिल्लो दाहिने हातमा अभय मुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्काे बायाँ हातमा वरमुद्रा छन् ।…

Read More

काठमाडौं, ८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको उपलक्ष्यमा देशवासीका नाममा शुक्रबार सम्बोधन गरे पनि बुधबार राति भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ’ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँगको भेटबारे मौनता साधेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधन मूलतः दसैँ र कोभिड– १९ को रोकथाम र उपचारमा केन्द्रित छ । विपक्षी कांग्रेसले ‘रअ’ प्रमुखसँगको भेटमा भएका कुराकानीबारे प्रधानमन्त्री ओलीले देशलाई बताउनुपर्ने माग गरेको छ । तर, बुधबार राति तीन घन्टा भएको भेटबारे प्रधानमन्त्री ओलीले सम्बोधनमा केही उल्लेख गरेनन् । छिमेकी देशको आन्तरिक राजनीतिमा जासुसी र हस्तक्षेप गर्ने भनेर बदनाम भारतीय गुप्तचर संस्था ‘रअ’का मुखिया गोयलले बुधबार राति ९ ः१५ देखि…

Read More

झापा, ८ कात्तिक । पहुँचवाला भ्रष्टाचारी चोख्याउँदै तल्लो तहका कर्मचारी सताएको कारण अख्तियार सुस्ताएको छ । तर, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग भने केही ‘ठूला माछा’ को फाइल पल्टाइरहेको छ । सम्भवतः दशैं बिदालगत्तै शंकर ग्रुपको भ्याट छली, जगदम्बा स्टिल्सको कबाडी सामानबाट गुणस्तरहीन रड उत्पादन, डेडिकेटेड फिडरलाइन अनियमितताको मुद्दासहित विशेष अदालतमा पेश हुँदैछ, झण्डै एक अर्ब हाराहारीको सुलभ अग्रवालको मुद्दा । चैतमा थर्मल गन कालोबजारीको अभियोगमा पक्राउ परेका उनी त्यसबेला धरौटीमा छुटेका थिए । तर, प्रहरीद्वारा सम्पत्ति शुद्धिकरणमा पेश गरिएका सुलभको मुद्दा अनुसन्धानको अन्तिम चरणमा पुगेकोस्रोतले जनाएको छ । त्यस्तै, बैंक ठगीका कसुरदार योगेन्द्रमान श्रेष्ठविरुद्धको मुद्दा पनि विशेष अदालतमा पेश भएको…

Read More