
झापा, ९ कात्तिक । पूर्वमन्त्री जर्नादन शर्मालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेतासमेत रहेका शर्माले समाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
परीक्षण गर्दा आफूलाई संक्रमण पुष्टि भएको बताउँदै उनले पछिल्लो केही दिनमा आफ्नो सम्पर्कमा आएका सबैलाई सर्तक रहन र समस्या देखिएमा परीक्षण गराउन आग्रह गरेका छन् । शर्माकी पत्नी लक्ष्मी शर्मालाई पनि संक्रमण पुष्टि भएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



