
बनियानी, ९ कात्तिक । भ्वाइस अफ गन्गाई कम्युनिटी कचनकवल र नेपाल गन्गाई कल्याण परिषद झापाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कचनकवलको बनियानी बजारमा भएको रक्तदान कार्यक्रममा दुई महिलासहित ४६ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग रहेको थियो ।
कोरोना भाइरस कोभिड–१९ को महामारीका बेला रगतको अभाव रहेकाले सोको पूर्तिका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको भ्वाइस अफ गन्गाई कम्युनिटी कचनकवलका कोषाध्यक्ष एवम् कचनकवल गाउँपालिकाका आइटी अफिसर दिपेन्द्रकुमार गणेशले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



