झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ कात्तिक । अबदेखि कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा जागेश्वर गौतमले सो कुराको जानकारी दिएका छन् । तर सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक लगायतलाई भने निःशुल्क उपचार गर्ने उनले बताए । गौतमकाअनुसार जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क हुन्छ । उनीहरुमा पनि लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गरिने प्रवक्ता गौतमले बताए । तर कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा…

Read More

मलेसिया, २ कात्तिक । मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । शुक्रबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित नेपाली दूतावास नजिकैको बाटोमा उनी अशक्त र अलपत्र अवस्थामा भेटिएका थिए । नेपाली अलपत्र अवस्थामा भेटिएको खबर दूतावासले गराएपछि उनलाई एनआरएनए मलेसियाले नेपाली दूतावासकै सहयोगमा स्थानीय क्लिनिकमा उपचार गराइ होस्टलमा राखेको थियो । तर उनको आइतबार मृत्यु भएको हो । एनआरएनएका अनुसार उनलाई उद्धार गरिए पनि कुनै कागजात नहुँदा ठुलो अस्पताल भर्ना गर्न समस्या भएको र त्यसका लागि नेपाली दूतावासले आवश्यक प्रकृया मिलाउँदै गर्दा मृत्यु हुन पुगेको…

Read More

झापा, ३ कात्तिक । सामाजिक क्षेत्रमा अनवरत् रुपमा क्रियाशील व्यक्तित्व चन्द्रमाया तिवारीलाई आइतबार एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । मेचीनगर–९ स्थित स्वबोध साधना केन्द्र (बाल आश्रम) द्वारा डाँगीबारीमा आयोजित कार्यक्रममा ८० वर्षीया ज्येष्ठ नागरिक तिवारीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि त्रिफला राष्ट्रिय पुस्तकालयका संस्थापक अध्यक्ष प्रेमप्रकाश फलाहारीले उनलाई दोसल्ला र खादा ओढाएर सम्मान पत्र प्रदान गरेका हुन् । फलाहारीले सम्मानित व्यक्तित्व तिवारीले विभिन्न स्थान पुगेर गर्दै आएको सामाजिक योगदान र उनको व्यक्तित्वको चर्चा गरेका थिए । ‘धर्म कमाउन टाढा जानैपर्दैन, मठमन्दिर धाउनु मात्रै धर्मकर्म होइन’ स्वर्गाश्रम नेपालका प्रमुख तथा संस्थापक समेत रहेका उनले भने– ‘स्वास्थ्य चौकी भवन बनाउन जग्गा…

Read More

झापा, ३ कात्तिक । प्रदेश १ मा आइतबार ४७४ जना कोरोना संक्रमित थपिए छन् । मोरंगमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, ते¥हथुम, पाँचथर र ओखलढुङ्गामा १– १ र प्रदेश १ बाहिरका १३ जना संक्रमित थपिएको सामाजिक विकास मनत्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५० महिला र १०४ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २८, बेलबारीमा १९, कटहरी र पथरीशनिश्चरेमा १२–१२, बुढीगंगामा १०, रतुवामाईमा ७, ग्रामथानमा ६, कानेपोखरीमा ५, लेटाङमा ४, धनपालथानमा २, उर्लाबारी, जहदा, मिक्लाजुङ र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका…

Read More

बिर्तामोड, २ कात्तिक । झापामा आज ४६ जनामा कोरोना पुष्टि भएको छ । ९ स्थानीय तहका १५ महिला र ३१ जना पुरुषमा कोरोना प्ष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार आज भद्रपुरमा सबैभन्दा धेरै १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, बिर्तामोडमा ७, अर्जुनधारामा २, बाह्रदशी, कमल र झापा गापामा १–१, दमकमा ६, गौरादहमा २ र मेचीनगरमा ९ जना रहेका छन् । संक्रमितमध्ये २ जना जनस्वास्थ्यका कर्मचारी र १ जना इलाम ठेगाना भएका पुरुष रहेका छन् । यस्तो छ स्वास्थ्य कार्यालयको रिपोर्ट–

Read More

झापा, २ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ । योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन् । आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७३९ पुगेको छ ।

Read More

झापा, २ कात्तिक । नेपालमा कोरोना एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शनिबार पनि १२ जनाको मृत्यु भएको थियो । गत २४ घण्टामा २ हजार ९ सय ४२ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ। कुल संक्रमितमध्ये ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १४ हजार ८ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १२ लाख ८३…

Read More

अर्जुनधारा, २ कात्तिक । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको चौथो व्यवसाय एनएमसी कोपसपको सातौं पसल आजदेखि अर्जुनधारा नगरपालिका वडा नं. ३ खुदुनाबारी बजारमा सुरु गरिएको छ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले कोपसप मार्टको मुख्यद्वारमा टाँगिएको रिवन काटेर पसलको उद्घाटन गरिदिएका हुन् । स्थानीय कृषकका उत्पादनसमेत सहकारीले किनिदिएर बजारीकरणमा सहयोग गरेमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउँदै नगरप्रमुख रानाले सहकारीले सञ्चालन गर्ने पसलहरु औधोगिक उत्पादनले मात्र भरिन नहुने प्रष्ट पारे । सहकारी ऐनमा धेरैवटा सहकारी मिलेर उद्योग खोल्नसक्ने प्रावधान भएकाले नगरभित्रका सहकारीहरुको एकतावद्ध प्रयास भएमा स्थानीय उत्पादनहरुले बजारीकरणमा मौका पाउने नगरप्रमुख रानाको भनाई छ । उद्घाटन समारोहमा तत्कालीन संविधानसभाका सदस्य…

Read More

मोरङ, २ कात्तिक । अबैध रुपमा भन्सार छली गरी लुकाई छीपाई ल्याएको करिव ६ लाख मुल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामान हरुबरामद गरिएको छ । भारतबाट अबैध रुपमा लुकाई छीपाई रानीको सिमा एरियाबाट ल्याउदै गरेको करिव ४ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसैगरी इनरुवा–दुहवी सडकखण्ड एरियाबाट २ लाख मूल्य बराबरको लत्ता कपडाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विशेष सुराकका आधारमा गस्तीमा खटिएको प्रहरी टोलीले आज विहान ६ लाख ८ हजार मूल्य बराबरको लत्ता कपडा तथा खाधान्य सामानहरु बरामद गरेको हो ।…

Read More

धरान, २ कात्तिक । श्वासप्रश्वासमा समस्या भएपछि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएपनि बेड छैन भन्दै अस्पतालले भर्ना नलिएपछि घर फकाईदिएकी एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानले भर्ना नलिएपछि घरमै लगिएकी धरान १५ की ७३ वर्षीया महिलाको शनिबार करिब ५ बजेतिर मृत्यु भएको वडाअध्यक्ष नरेश इवारमले जानकारी दिनुभयो । मृतक छोरीको घरमा बस्दै आएकी थिइन् । उनलाई संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा राखिएकोमा शनिबार श्वासप्रश्वासमा समस्या बढेपछि प्रतिष्ठानको आकस्मिक कक्षमा लगिएको थियो । तर, बेड खाली छैन भन्दै प्रतिष्ठानले फिर्ता गरेपछि अक्सिजन सिलिण्डर खोजेर घरमा उनलाई घरमै फिर्ता गरिएको थिषे । वडाअध्यक्ष इवारमका अनुसार मृतकका छोराहरु…

Read More