
झापा, २ कात्तिक । नेपालमा कोरोना एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शनिबार पनि १२ जनाको मृत्यु भएको थियो ।
गत २४ घण्टामा २ हजार ९ सय ४२ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ। कुल संक्रमितमध्ये ३९ हजार ३ सय ४१ सक्रिय संक्रमित छन्।
कोरोनाको आशंकामा गत २४ घण्टामा १४ हजार ८ सय ३१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १२ लाख ८३ हजार ३ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ हजार ८ सय ३१ जना क्वारेन्टाइनमा छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



