
झापा, २ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ । योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन् । आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ७३९ पुगेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



