
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलकोगीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेशबानिया कै रहेको छ । संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेशन्यौपानेले गरेका हुन् । बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक गायिकाले नैअभिनय गरेका छ्न् । छायाङ्कन प्रवेश राईले गरेका छन् भने सम्पादन सुभासशाहाको रहेको छ । https://www.youtube.com/watch?v=LSTBTIhle-E&feature=emb_logo
बुद्धशान्ति, २९ असोज । झापाको बुद्धशान्ति–१ मा रहेको होक्से कृषि सहकारी संस्थाले आफ्नु ११ औं बार्षिक साधारणसभाको अवसर पारेर बिहीबार पत्रकार, कृषक र विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा बर्ष उत्कृष्ट पत्रकार तीर्थ तिम्सिना सहित उत्कृष्ट सेयर सदस्य देविप्रसाद बजगाईं, असल दूध उत्पादक कृषक शोभा समाल मगर, उत्कृष्ट बचतकर्ता यसोदा शर्मा तिम्सिना, उत्कृष्ट ऋणी निर्मला भट्टराई, उत्कृष्ट समूह संयोजक चन्द्रमणी बराल, उत्कृष्ट रिचार्जकर्ता देवि बराल र उत्कृष्ट विद्यार्थीमा छात्र रोहन कार्की र छात्रा हिमाली ल्वागुनलाई सम्मान गरेको छ । उनीहरुलाई अध्यक्ष मोहनप्रसाद तिम्सिना, प्रमुख अतिथि चन्द्र कोइराला लगायतले दोसल्ला, सम्मान पत्र तथा नगदले सम्मान गरेका थिए । सञ्चारको माध्यमबाट…
बिर्तामोड, २९ असोज । झापामा आज ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका ८ स्थानीय तहका १९ महिला र ३५ पुरुषमा कोरोना पुष्टि भएको हो स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा आज ३० जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि अर्जुनधारामा १० र भद्रपुरमा ७ जनामा कोरोना देखिएको छ । दमकमा ३, कनकाई, बुद्धशान्ति, गौरादह र कमलमा १–१ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये अर्जुनधाराका २ र कनकाईका १ जना स्वास्थ्यकर्मी हुन् । योसँगै झापामा कोरोना संक्रमितको संख्या १२२१ जना पुगेको छ । ९१२ जना निको भएका छन् । जिल्लामा १२ को मृत्यु भएको…
बिर्तामोड, २९ असोज । झापाको बिर्तामोडमा आज ३ महिने शिशुसहित ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिर्तामोडका ६ वटा वडाका सात महिला र २३ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरु बिर्तामोड–१, ३, ४, ५, ७ र ९ नम्बर वडाका स्थानीयबासी रहेका छन् भने ३ महिनादेखि ६० वर्ष उमेर समूहका छन् ।
झापा, २९ असोज । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पिसिआर परीक्षण भएको छ। २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ। आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ। यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६९४ पुगेको छ।
भद्रपुर, २९ असोज । भद्र्रपुर–५ स्थित सिद्धार्थ शिशु सदनको शिक्षक निस्काशन विवाद सहमतीमा टुंगिएको छ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिको पहलमा विद्यालयका संस्थापक श्याम देवान र पीडित शिक्षक बीच सहमतीपछि विवाद अन्त्य भएको हो । शैक्षिक वर्ष २०७६ बाट विद्यालयमा काम गरिरहेकी शिक्षक सुजता ठकुरीलाई शैक्षिक वर्ष २०७७ सुरू भएको एक महिना बित्न लाग्दा पनि काममा नबोलाइएपछि खोजी गर्ने क्रममा निस्काशन गरिएको पाइएपछि विवाद बढेको थियो । विवाद समाधानका लागि आज विद्यालयमा भएको छलफलबाट निकाश निस्केको हो । नीतिगत रूपमा भएका कमजोरी सच्ने वातावरण निर्माण भए पश्चात सो विवाद सधैंका लागि अन्त्य भएको छ ।
विराटनगर, २९ असोज । कोरोना संक्रमणका कारण प्रदेश १ मा एकै दिन आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जनाको मृत्यु भएको हो । विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको हो । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो । यस्तै विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित…
झापा, २९ असोज । बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।
काठमाडौं, २९ असोज । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मङ्सिर १५ गतेसम्म निर्माण गर्ने गरी काम अगाडि बढाएको छ । अहिले अखिलको केन्द्रीय कमिटी मात्र निर्माण भएको छ । केही दिनअघि केन्द्रीय कमिटीका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सबै जिल्ला, विश्वविद्यालय, स्थानीय तह र क्याम्पस कमिटीलाई परिपत्र जारी गरी एकता प्रक्रिया टुङ्गोमा पुर्याउन निर्देशन दिएका थिए । अखिलका संयोजक महरले तल्लो तहका कमिटीलाई पूर्णता दिने गरी परिपत्र जारी…
झापा, २९ असोज । झापा कनकाई नगरपालिका–३ स्थित सुरुङा खोलाको डिलमारहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ बर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ । कनकाई–३ स्थितमै बसो बास गर्ने चौधरी हिजो विहान ०६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मृतक चौधरीको शव संकास्पद देखिएपछी गहन अनुसन्धान शुरु गरेको थियो। घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट डग सहितको टोली खटेको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न कनकाई ७ का २२ बर्षीय…