झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २७ असोज । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा चाडबाडका समयमा हुने दुर्घटना न्यूनीकरण गर्न र यात्रुलाई ठगिनबाट समेत जोगाउन चाडपर्व विशेष सुरक्षा योजना ल्याएको हो । ट्राफिक प्रहरीले बनाएको सुरक्षा योजनामा लामो दुरीमा चल्ने सवारी साधनमा दुई जना चालक अनिवार्य भए नभएको हेर्नेदेखि सवारी साधनभित्रै भाडा दरको सूची अनिवार्य रूपमा राख्नुपर्ने भनिएको छ । यस्तै, लामो दुरीमा चल्ने सवारीलाई बसपार्कबाट बाहिरिनुअघि यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्न व्यवस्था मिलाइएको छ ।…

Read More

झापा, २७ असोज । मुलुकको संघीय राजधानी सहर काठमाडौं उपत्यकामा कोरोना संक्रमण दिनहुँ बढ्दो छ। सोमबार देशभर ४ हजार ४७ जनामा संक्रमण पुष्टि हुँदा ५६ प्रतिशत अर्थात् २ हजार २ सय ८२ जना उपत्यकाकै छन् । पछिल्ला दिनमा यहाँका अस्पतालमा कोरोना भाइरस बिरामीका लागि सघन उपचार कक्ष (आइसियु) मा शय्या र भेन्टिलेटर अभाव चुनौतीको विषय बनेको छ। यस्तो अवस्थामा महामारीको कहर थप पेचिलो बन्न नदिन बिरामीलाई सघन उपचार कक्ष तथा भेन्टिलेटर चाहिने चरणमा पुग्न नदिन अक्सिजन थेरापी महत्वपूर्ण हुने देखिएको छ। अक्सिजनको सुविधासहित तत्काल अस्थायी कोभिड–१९ उपचार केन्द्र स्थापना गर्न सकिए यो संकटलाई थप बिग्रनबाट जोगाउन सकिने विज्ञले बताएका छन्।…

Read More

सुनसरी, २७ असोज । सुनसरी धरान–१५ बिशालचोक बस्ने ३८ वर्षीय विजय कुमार रोक्का लागुऔषध खैरोहिरोइन ब्राउनसुगर सहित पक्राउ परेका छन् । को १० प ६२५९ नम्बरको मोटरसाइकलमा आइरहेका रोक्कालाई विषेश सुराकका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो राती ८ बजे धरान साम्पाङ चोकबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनिमाथी चेकजाँच गर्दा शरीरमा लुकाई छिपाई राखिएको १२ ग्राम ५०० मिलिग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर र नगद १० हजार ९ सय ६० रुपैया समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका रोक्का उपर इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि…

Read More

काठमाडौँ, २७ असोज । कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागिपरेका छन्। उनले सोमबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग यस विषयमा अलगअलग परामर्श गरे। त्यस्तै उनले पार्टीभित्र आफू निकट नेताहरूसँग पनि अविश्वासको प्रस्ताव फिर्ता गराउने उपायका विषयमा छलफल गरे। दाहालले ओलीसँग बिहान ९ बजेपछि करिब सबा घन्टा छलफल गरे। स्रोतका अनुसार छलफलका क्रममा ओलीले आफूले अविश्वास प्रस्ताव फिर्ता गर्न पहल गर्ने तर प्रदेशसभाका सांसद नै निर्णायक हुने अवस्था देखिएको बताएका थिए।…

Read More

बिर्तामोड, २६ असोज । झापामा आज ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ स्थानीय तहका ५ महिला र ६ पुरुषमा कोरोना पुष्टि भएको हो । भद्रपुरमा १ महिला, ३ पुरुष, अर्जुनधारामा महिला–पुरुष १–१ जना र दमकमा ३ महिला र २ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तो छ स्वास्थ्य कार्यालय झापाको रिपोर्ट–

Read More

बिर्तामो‌ड नगर‌पालिकानगर‌ कार्यपालिकाको‌ कार्यालयबिर्तामोड, झापा १ नं. प्रदे‌श, ने‌पाल । प्रे‌स विज्ञप्ति मिति : २०७७/०६/२५ बिर्तामो‌ड नगर‌पालिकाले‌ नगर‌लाई विषादिमुक्त नगर‌ बनाउने‌ अभियान अन्र्तगत कृषि क्षे‌त्रको‌ प्रवर्धन र‌ विकासका निम्ति यो‌जनाबद्ध रुपमा अगाडि बढिर‌हे‌को‌ सर्वविधितै‌ छ । नगर‌पालिकाले‌ पूर्वाधार‌युक्त नगर‌, विषादिर‌हित कृषि र‌ व्यवसायको‌ अभिवृद्धि, सभ्य र‌ स्वस्थ्य बिर्तामो‌ड नगर‌पालिकाको‌ समृद्धि भन्ने‌ मूल नार‌ा तय गर‌े‌र‌ कार्य गरि‌र‌हे‌को‌ छ । नगर‌पालिकामा वर्तमान ने‌तृत्व आइसके‌पछि तय गरि‌एका विभिन्न कार्यक्रम र‌ यो‌जनामा कृषि, पशुपालन, पूर्वाधार‌ विकास, सञ्चार‌, स्वास्थ्य, शिक्षा लगायतका क्षे‌त्रमा गरि‌एका काम र‌ त्यसको‌ प्रगतिले‌ नगर‌को‌ मुहार‌ परि‌वर्तन हुँदै‌ गइर‌हे‌को‌ छ । यसै‌ परि‌प्रे‌क्षमा गत २०७७ साल असो‌ज १५ गते‌ बसे‌को‌ नगर‌पालिकाको‌ बो‌र्ड बै‌ठकले‌ बिर्तामो‌ड नगर‌पालिकालाई…

Read More

बिर्तामोड, २६ असोज । सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिका रुपमा कार्यरत रहँदै निधन भएकी सुकमती राजवंशीको परिवारलाई संस्थाले ६ लाख २९ हजार ५०० रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ । मेचीनगरको इटाभट्टास्थित राजवंशीको घरमा पुगेर परिवारजनमा समवेदना व्यक्त गर्दै सिम्रिक साकोसले सुकमतिको काजकिरिया खर्चका लागि ३० हजार रुपैयाँ राहत सुविधा पनि प्रदान गरेको छ । सुकमतिले संस्थाबाट लिएको कर्जा १० लाख २९ हजार मध्ये संस्थामा रहेको बचत एवम् सुविधाहरु कटाएर ६ लाख २९ हजार ५०० रुपैयाँ कर्जा मिनाहा घोषणा गरेको हो । मेची सेवा केन्द्र काँकरभिट्टाका बजार प्रतिनिधि सुकमतिको यही असोज १४ गते २९ वर्षको उमेरमा असामयिक निधन…

Read More

बिर्तामोड, २६ असोज । दक्षिणी झापाको राजगढमा एक करोड ५० लाख रुपैयाँ लगानीमा ‘सपिङ मल’ सञ्चालनमा ल्याएका छन् । कोरोना भाइसर कोभिड १९ को कारण देखाउँदै बजारमा महंगी चुलिएका बेला जिल्लाकै सस्तो बजार दाबी गर्दै उनले एभरेष्ट सस्तो बजार सञ्चालनमा ल्याएका हुन् । लामो समय बैदेसिक रोजगारीमा रहेर स्वदेश फर्किएका बाह्रदशी गाउँपालिका–२ का चान महमदले राजगढ बजारमा सस्तो बजार सञ्चालनमा ल्याएका हुन् । सस्तो बजारको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले उद्घाटन गरेका छन् । सपिङ मलको उद्घाटन गर्दै अध्यक्ष राजवंशीले स्मार्ट सिटीका रुपमा विकास भइरहेको राजगढलाई सस्तो वजारले थप टेवा पु¥याउने धारणा राख्नुभयो । विदेशी अनुभव संगालेर फर्किएकाले स्वादेशमा राम्रो…

Read More

झापा, २६ असोज । देशका विभिन्न जिल्लामा गरी कोरोनाभाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा २ महिला र ७ पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३ पुरुषको मृत्यु भएको छ भने काठमाडौंका १ महिला र २ पुरुष गरी ३ जनाको मृत्यु भएको छ। यस्तै ललितपुरका १ पुरुष, चितवनकी १ महिला र रुपन्देहीका १ पुरुषको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ ।

Read More

मोरङ, २६ असोज । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो । उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । धरानमा एक पत्रकारसहित ८२ जनामा आज सङ्क्रमण…

Read More