झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ असोज । शनिबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् पाँच हजार आठ जनामा कोरोना संक्रमण पुष्टि भयो । योसँगै देशभर कोरोना संक्रमितको संख्या एक लाख पाँच हजार ६८४ पुगेको छ । यसमध्ये आधा संक्रमित रेड जोनमा रहेका जिल्लाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सयभन्दा बढी संक्रमित रहेका जिल्लालाई रेड जोनका रूपमा छुट्याएको छ । यसरी हेर्दा ४४ जिल्ला रेड जोनमा छन् । यी जिल्लामा मात्रै २४ असोजसम्म संक्रमितको संख्या ६१ हजार ५६ पुगेको छ । तर, तीमध्ये धेरैलाई भने निको भइसकेको छ । प्रदेशगत हिसाबले धेरै संक्रमित हुनेमा पहिलो बागमती, दोस्रोमा प्रदेश २, तेस्रोमा लुम्बिनी, चौथोमा प्रदेश १, पाँचौँमा सुदूरपश्चिम, छैटौँमा गण्डकी र सातौँमा कर्णाली…

Read More

झापा, २५ असोज । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो । विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेसँगै प्रमाण जुटाउन विज्ञ टोली गठन गरेको थियो । गत जेठमा गठित सीमा विज्ञ समूहको टोलीले गत साता मात्रै कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नेपालको भएको ऐतिहासिक खोजसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको हो । नेपालले नयाँ राजनीतिक नक्सा प्रकाशित…

Read More

हुम्ला, २५ असोज । कोरोना भाइरसका कारण चीनसँगका सीमानाका बन्द भएपछि हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दा मर्कामा परेका छन् । उनीहरू चामलको माग गर्दै लिमीबाट चार दिन हिँडेर हुम्ला सदरमुकाम सिमकोट पुगेका छन् । खाद्यान्न संकट भएपछि नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङको नेतृत्वमा वडासदस्यहरू कोजुम आवेजाङ तामाङ र मिग्युर लामासहित तीन गाउँका स्थानीय बासिन्दा सिमकोट पुगेका हुन् । चार दिन हिँडेर ११ जनाको टोली सदरमुकाम आएको वडाध्यक्ष तामाङले बताए । स्थानीय बासिन्दासहित बुधबार सिमकोट पुगेका वडाध्यक्ष तामाङले भने, ‘गाउँमा खाद्यान्न छैन । चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौं । भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिंडेर सदरमुकाम पुगेका हौं ।’ लिमी उपत्यकामा चीनको तिब्बतबाट…

Read More

काठमाडौँ, २५ असोज । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ । कोषले यसअघि करारमा रहेका योगदानकर्तालाई मात्रै स्वास्थ्य उपचारका लागि वार्षिक एक लाख दिने व्यवस्था गरेकोमा नयाँ संशोधनमार्फत ६० वर्ष नाघेका र ७० वर्ष नपुगुन्जेलसम्मलाई यस प्रकारको व्यवस्था गर्न प्रस्ताव गरेको जनाएको छ । योगदानकर्ताले यो सुविधा प्राप्त गर्न कुल दाबी रकमको २० प्रतिशत आफैँले व्यहोर्नुपर्ने प्रस्ताव संशोधनमा गरिएको छ । कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले ७० वर्षपछि सरकारको स्वास्थ्य कार्यक्रममा विभिन्न छुटका योजना रहे पनि ६० देखि ७० वर्षसम्म…

Read More

बिर्तामोड, २४ असोज । झापामा आज २३ जना‌मा कोरोना संक्रमण पुष्टि भएको छ । सात स्थानीय तहका पाँच महिला र १८ पुरुषमा कोरोना पुष्टि भएको हो । आज २३ जना थपिएसँगै‌ जिल्लामा संक्रमितको‌ संख्या १ हजार ५५ पुगेको छ । यो‌सँगै‌ शनिबार झापामा ४१ जना उपचार पछि डिस्चार्ज भएका छन् । झापामा को‌र‌ो‌ना निको हुनेको संख्या ८८९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५४ जना रहेको छ । हालसम्म झापामा १२ जनाको‌ मृत्यु भइसके‌को‌ छ । यस्तो छ स्वास्थ्य कार्यालय झापाको आजको रिपोर्ट

Read More

झापा, २४ असोज । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना…

Read More

झापा, २४ असोज । मेचीनगरका शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई गैरसरकारी संस्थाले आयआर्जनमा सघाउ पुगोस् भनेर दुई वटाका दरले बाख्रा उपहार दिएका छन् । बाख्रा उपहार पाउनेमध्ये एक जना जन्मँदै अपाङ्गता भएका मेचीनगर–४ बाहुनडाँगीका १५ वर्षीय आशिष जोगी हुन् । उनी राम्रोसँग बोल्न सक्दैनन् । आशिषकी आमा गोमा जोगीले ती बाख्रा बुझेर घर लगिन् । आयआर्जनको कुनै स्रोत नभएको बताउने गोमाले अपाङ्गता भएको छोराको नाममा बाख्रा पाउँदा हर्षित भएको बताइन्। “घर लान्छु र राम्ररी स्याहार्छु”, बाख्रा उपहार पाएपछि जोगीले भनिन्, “शारीरिक अपाङ्गता भएको छोरालाई कसैले सहयोग गर्दैनन् जस्तो लाग्थ्यो, बाख्रा नै देलान् भन्ने सोचेकी थिइन ।” राष्ट्रिय शारीरिक अपाङ्ग…

Read More

बिर्तामोड, २४ असोज । झापाको भद्रपुर–२ स्थित देउनिया पुल नजिकैबाट लागुऔषधसहित शुक्रबार साँझ एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–१० का १९ वर्षीय आजम दाहाल रहेका छन् । देउनिया पुलमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा दाहालको साथबाट लागूऔषध डाइजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल लागूऔषध बरामद गरेको हो । पक्राउ परेका दाहाललाई सीमा प्रहरी चौकी पृथ्बीनगरमा बुझाइएको थियो । उनीउपर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

Read More

बाँके, २४ असोज । बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको हो । निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए । यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी…

Read More

भोजपुर, २४ असोज । प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु १६ करोड ९२ लाख लागतमा कालोपत्रे गर्ने काम शुरु भएको हो । यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि निरन्तरको वर्षाले काम रोकिएको थियो । मौसममा सुधार आएपछि कामको थालनी भएको हो । प्रदेश सरकारको महत्वपूर्ण योजना भएकोले यसको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । प्रमुख रेड्डीले भने,‘‘ काम गुणस्तरीय बनाउन लागेका छौँ, जिल्लामा पहिलो पटक यो प्रविधिबाट कालोपत्रे थालिएकोले यसमा…

Read More