
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ असोज । सर्वोच्च अदालतको आदेश लत्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका नाममा शुल्क असुल्न अस्पतालहरूलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले अधिकतम १ हजार शुल्क लिन पाउने निर्णय गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। आनन्दमोहन भट्टराई र टंकबहादुर मुक्तानको इजलासले दिएको आदेशको पूर्ण पाठमा भनिएको छ, ‘सरकारले कोभिड सरुवा रोग हो भनी स्वीकार गरिएबाट यसको सबै प्रकारको सेवा निःशुल्क हुनुपर्छ । सरकारी संयन्त्रबाटै परीक्षणको दायर बढाउनू र पूर्णतः निःशुल्क व्यवस्था गर्नू ।’ सर्वोच्च अदालतले गत १५ असोजमा कोभिड–१९ महामारी भएको हुँदा आकस्मिक…
काठमाडौँ, २७ असोज । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको आकस्मिक कार्ययोजना कार्यान्वयन गर्न करिब ४ अर्ब रुपियाँ लाग्ने भएको छ । कोभिड–१९ संक्रमणको अवस्थामा विद्यालय खुल्न नसकेपछि वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिन शिक्षा तथा मानव स्रोत केन्द्रले ३ अर्ब ९९ करोड रुपियाँ बराबरको कार्यक्रमसहित बजेट माग गरेको हो । केन्द्रको कार्यक्रम शाखाले तयार पारेको बजेट प्रस्ताव मन्त्रालयमा पुगेको छ । कार्ययोजनामा उल्लेख भएका करिब एक दर्जन विषय कार्यान्वयन गर्न उक्त रकम माग गरेको हो । बजेटमा सबैभन्दा बढी क्लोज युजर ग्रुप ९सीओजी० प्रयोग गर्न खर्च हुने उल्लेख छ । केन्द्रले सो शीर्षकमा करिब १ अर्ब ९० करोड रुपियाँ…
बिर्तामोड, २७ असोज । झापामा आज पाँच जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योँसँगै झामा सक्रिय संक्रमितको संख्या २०८ पुगेको छ । जिल्लाको गौरादहमा १ पुरुष, कमलमा १ पुरुष र दमकमा २ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्ता छ स्वास्थ्य कार्यालय झापाको आजको रिपोर्ट–
झापा, २७ असोज । आज देशभर ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए । यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ…
बिर्तामोड, २७ असोज । झापाको बिर्तामोड नगरपालिका बायोग्याँस जडानमा प्रदेश १ कै उत्कृष्ट बनेको छ । नगर क्षेत्रका तीन सय भन्दा बढी लक्षित वर्गको घरमा बायोग्याँस जडान बिर्तामोड नगरपालिका प्रदेश १ कै उत्कृष्ट बनेको हो । नेपाल बायोग्याँस प्रर्वद्धन संघ प्रादेशिक कार्यालय विराटनगरले उत्कृष्ट नगरपालिका घोषणाका साथ आज एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई सम्मान पत्र प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नगरप्रमुख शिवाकोटीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । ‘विश्वमा बढिरहेको ऊर्जा संकटलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले नवीकरणीय उर्जाको क्षेत्रमध्ये घरेलु बायोग्याँस जडानमा उत्कृष्ट कार्य गरी स्वच्छ वातावरण वन…
पर्सा, २७ असोज । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले कोरोना महामारीको कठिन घडीमा सूचना प्रवाह गरी सम्बन्धित निकायलाई जिम्मेवार बनाउन नेपाली सञ्चारजगत्ले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । उनले महामारीको कठिन दौरमा सरकारलाई जिम्मेवार बनाउन सूचना सम्प्रेसन गरी सञ्चारमाध्यमले यर्थाततालाई जनतासमक्ष पुर्याउँदै सरकारलाई जनहितमा कार्य गर्न बाध्य बनाएको जिकिर गरे। पिसिमिया नेटर्वक प्रालिद्वारा वीरगञ्जमा सञ्चालित रहेको रेडियो सान्भी ९६.४ मेघाहर्ज र साझा डेली डडकमको आज एक समारोहका बीच उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले सञ्चारजगत्ले खेलेको भूमिकाकै कारण समाजमा न्याय व्यवस्था कामय हुन मद्दत पुग्नुका साथै लोकतन्त्र बलिको हुँदै गएको बताए । लोकतन्त्रको चौथो अङ्गका रुपमा…
दुनियामा हामीले मान्छे मान्छेबीचका मात्र होइन मान्छे र जीवजन्तुबीच घनिष्ट मित्रताका अनेक कथाहरु सुन्ने र पढ्ने गर्दछौँ । कतिपय पत्याउनै नसकिने कथाहरु किम्बदन्तीका रुपमा जनश्रुती र किताबहरुमा समेत सुन्न तथा पढ्न पाइन्छ । तर इजरायलमा चाहिँ एकजना ८ वर्षकी बालिकाले डरलाग्दो अजिंगरसँग अनौठो मित्रता कायम गरेको यथार्थ नै हो । इनबर नामकी ती बालिकाको सबैभन्दा मिल्ने साथी भनेकै घरमा पालिएको अजिंगर हो । अरुलाई देख्दै डरलाग्दो त्यो अजिंगर उनीसँगै पौडी खेल्ने साथी पनि हो । यी दुई स्विमिङ पुलमा सधैं सँगै हुन्छन् । पहेँलो रंगको उक्त अजिंगरको लम्बाइ ११ फुट छ । त्यसको नाम बेल्ले हो । धेरै बच्चाहरु सर्प…
मोरङ, २७ असोज । कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । मृतकलाई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ । मृतकको गएको शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु…
झापा, २७ असोज । झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन भएकी छन् । गृहको आज विर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले शिवाकोटीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष एवम् कञ्चनजंघा एफएममा आवद्ध पत्रकार हुन् । यस अघि उनी नारी सञ्चार गृहको उपाध्यक्ष थिइन् । समितिको उपाध्यक्षमा रेजिना रोदन, सचिवमा भूमिका सुब्बा, सहसचिवमा सुशिला संग्रौला, कोषाध्यक्षमा जोसना श्रेष्ठलगायत चयन भएका छन् । पत्रकार महिलालाई पत्रकारिता क्षेत्रमा लाग्न, टिकाउन र व्यावसायिक सुरक्षा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको नारी सञ्चार गृहको यस अघिको दुई कार्यकालको अध्यक्षमा अम्बिका भण्डारी र…
काठमाडौं, २७ असोज । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई उडानमा पनि यही भनिएको थियो । तर हवाई सेवा प्रदायक कम्पनीहरुले नागरिक उड्डयन मन्त्रालयसँग समझदारी गरेर सबै सिटमा यात्रु बोक्दै आएका छन् । अब दशैंको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने तर, भाडा…