
झापा, २७ असोज । आज देशभर ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए ।
यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको गौतमले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



