
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ओखलढुंगा, २३ असोज । ओखलढुंगाका एकजना वडाअध्यक्ष पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेको प्रहरीले जनाएको छ । मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले जानकारी दिए । वडाध्यक्ष राईले स्थानीय महिलाको घरमा गएर बलात्कारको प्रयास गरेको डीएसपी खड्काको भनाइ छ । बलात्कारको प्रयास गरेपछि राईविरुद्ध पीडित महिलाले प्रहरीमा पुगेर लिखित रूपमै उजुरी दिएपछि पक्राउ गरेका हुन् । पक्राउ परेका राईमाथि जिल्ला अदालत ओखलढुंगाबाट ५ दिनको म्याद थप भइ अनुसन्धान भइरहेको खड्काले बताए । रातोपाटीबाट
झापा, २३ असोज । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७.१७ ट्रिलियन वोन पुगेको छ । सन् २०१६ मा मात्र तीन लाख २५ हजार ४३० जनाले नपाएको ज्याला १.४३ ट्रिलियन पुगेको थियो भने सन् २०१९ मा तीन लाख ४४ हजार ९७७ जनाले पाउनुपर्ने १.७२ ट्रिलियन वोन पुगेको छ । त्यसैगरी सन् २०२० को आठ महिनामा कामदारलाई नदिएको ज्याला ८९० बिलियन वोन छ…
झापा, २३ असोज । कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो । गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उहाँको दिउँसो उपचारका क्रममा मृत्युभएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । यससँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन र जिल्लामा १२ पुगेको छ । दमकमा एक महिला र दुई सङ्क्रमित पुरुषको मृत्यु भएको छ । यसैबीच, सप्तरीमा कोरोना सङ्क्रमणबाट बिहीबार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी…
इश्वर अधिकारीभद्रपुर, २३ असोज । भद्रपुर आँखा उपचार केन्द्र भद्रपुर ५ मा आँखाको शल्यक्रिया शुरु गरिने भएको छ । विश्व दृष्टि दिवसको अवसरमा विहिवार भद्रपुरमा आयोजित कार्यक्रममा प्रत्येक आइतवार अर्थात हप्ताको एक दिन मोतिया विन्दूको अप्रेशन गर्ने जानकारी गराइएको हो । मेची आँखा अस्पताल संघ विर्तामोड शाखाको रुपमा संचालित भद्रपुर आँखा उपचार केन्द्रमा उपचार गराइ शल्यक्रिया गर्नुपर्ने रोगीलाइ शल्यक्रिया गर्न लाग्ने खर्चको ५० प्रतिशत खर्च आँखा उपचार केन्द्रका दाता सत्यनारायण सरियाले व्यहोर्ने जनाइएको छ । विश्व दृष्टि दिवस भद्रपुरमा प्रदेश सांसद ओम प्रकाश सरावगी, भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठ, मेची आँखा अस्पतालका अध्यक्ष छत्र प्रसाद अधिकारी, भद्रपुर आँखा उपचार…
अमित संग्रौला प्रेम अनन्त छ । शब्दमा भन्न सकिदैन । यसमा कुनै प्रकारको संघर्ष गर्नु पर्दैन । अहिले भागदौडको जिन्दगीमा मान्छेहरुमा शुद्ध प्रेम र भाइचारामा कमिआएको छ । अहिलेको प्रेम स्वार्थमा मिसिएको छ । अहिले युगमा प्रेम लेनदेन र व्यापार जस्तो हुन पुगेको छ । पहिलाको जस्तो शुद्ध र पवित्र प्रेम भेटाउन गाह्रो छ ।अहिलेको समयमा विभिन्न अवस्थामा जोडिन पुगेको छ । घर घडेरी बैंक ब्लेन्स दौलत सँग तुलना गरिन्छ । प्रेम मन भावना सँग सम्बन्धित छ । यद्यपि प्रेम भावना मात्र होइन यो त मान्छेको अस्तित्व हो । जो मान्छेसँग प्रेम छ । त्यसले नै प्रेम बाड्न सक्छ ।…
सुनसरी, २३ असोज । सुनसरी इटहरी–५ स्थित राजमार्ग एरियाबाट दई जना अतिसबाजी (पटका) सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी श्रीपुरका १९ वर्षीय आलम मिया र सोही स्थानका २७ वर्षीय समिर मिया रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो बिहान ०९ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राजमार्ग किनारमा पटका बोरा तथा कार्टुनमा लुकाई छिपाई राखेर सप्लाईका लागी मौका छोपी बसिरहेको अवस्थामा उनिहरुलाई नियन्त्रणमा लिईएको थियो । नियन्त्रण संगै बोरा तथा कार्टुन खोलेर हेर्दा SRIVIJAI-COBRA-६७ बण्डल पटका फेला पारी बरामद गरिएको हो । यसरी पटकासहित पक्राउ परेका दुबै जना उपर थप…
झापा, २३ असोज । बाहुनडाँगीमा एउटा घाइते हात्तीलाई समातेर पशु चिकित्सकले सफल उपचार गरेका छन् । विगत तीन वर्षदेखि आँखा नदेख्ने समस्याका कारण जथाभावी डुल्दै स्थानीयको घरबालीमा क्षति पु¥याउँदै आएको वयस्क भाले हात्तीलाई वन कार्यालयको टोलीले मेचीनगर नगरपालिका–३ स्थित तेलपानी जङ्गलभित्र बेहोस बनाउने गोली हानेर बिहीबार समातेको थियो । चितवनको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट वरिष्ठ पशुचिकित्सक डा विजयकुमार श्रेष्ठको नेतृत्वमा आएको टोलीले घाइते हात्तीको उपचार गरेको हो । चितवनबाट औषधि बोकेर चार जनाको टोली आएको थियो । बाहुनडाँगीको जङ्गलमा सो हात्ती देखा परेको सूचनाका आधारमा वन कार्यालयबाट खटिएको टोलीले पछ्याउँदै जाँदा तेलपानी सामुदायिक वनको तीन किलोमिटर भित्र झाडीमा…
नायक आर्यन अधिकारीले चलचित्र ‘के त तिम्रो होइन र’मा काम गरेपछि लगालग ५ वटा चलचित्र साइन गरे । उनले, साइन गरेका चलचित्रमा केही त अहिलेसम्म रिलिज पनि भएका छैनन् । पहिलो चलचित्रले औषत सफलता पाएपछि आर्यन हौसिए । आर्यनको शरीरको पनि खुबै चर्चा पायो । चलचित्रमा उनको काम भन्दा उनको सुगठिलो शरीरले बढी चर्चा पायो । कतिपयले आर्यनलाई नेपाली चलचित्रको टाइगर श्राफ पनि भने । आर्यनले यो कुरालाई स्विकार पनि गरे । आर्यनले अभिनय गरेका चलचित्र यसपछि भने चलेनन् । उनले अभिनय गरेका ‘बटरफ्लाई, बाँध मायाले’ असफल भए । जसले आर्यनलाई ठूलो धक्का दियो । उनले अभिनय गरेको चलचित्र ‘जस्मिन’…
झापा, २३ असोज । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेर बूढीगण्डकी जलविद्युत् आयोजनामा नौ अर्ब रूपैयाँ घोटाला गरेको आरोप लगाएका छन् । भट्टराईले ओली, दाहाल र देउवाले नौ अर्ब कमिसन खाएर बूढीगण्डकी जलविद्युत् आयोजना अलपत्र पारेको आरोप लगाएका हुन् । ‘उनीहरूले आयोजनाबाट अर्बौं रूपैयाँ कमिसन लिएर भ्रष्टाचार गरेको प्रमाणित गर्न सकिन्छ,’ भट्टराईले भने । भट्टराईले ओलीसँगको संगतले अहिले दाहाल धुरुधुरु रुनुपरेको समेत बताए । पालुङटार नगरपालिका–६ मा बिहीबार आयोजित कार्यकर्ता भेटघाटका क्रममा उनले भने, ‘ओलीको संगतले लौ डुबियो, बर्बाद भो भनेर प्रचण्ड…
झापा, २३ असोज । एक अध्ययनले ६६ प्रतिशत ग्राहकलाई लघुवित्तको कर्जा तिर्न समस्या भएको तथ्यांक सार्वजनिक गरेको छ । फर माइक्रोफाइनान्स नेपाल (सिएमएफ) ले सञ्चालनमा रहेका ८४ वटामध्ये २५ प्रतिशत (२१ वटा संस्था) मा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सिएमएफका अनुसार २२ प्रतिशतलाई कर्जा तिर्न आंशिक समस्या रहेको र करिब १२ प्रतिशतलाई समस्या नै नरहेको देखाएको हो । सहरी क्षेत्रका ग्राहकलाई ग्रामीण क्षेत्रका बासिन्दाको तुलनामा बढी समस्या देखिएको तथ्यांकले देखाउँछ । सहरी क्षेत्रका ६८ प्रतिशत र ग्रामीण क्षेत्रका ६३ प्रतिशत ग्राहकलाई कर्जा तिर्न समस्या परेको हो । समग्रमा ५५ प्रतिशत ग्राहकको कर्जा भुक्तानी क्षमतामा ह्रास आएको अध्ययनले देखाएको छ…