झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ९ असोज । बिर्तामोड उद्योग वाणिज्य संघले सदस्यता नविकरण गर्दा छुट दिने भएको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर संघले सदस्यता नविकरणमा छुट दिने निर्णय कार्यसमिति बैठकले गरेको बताइएको छ । संघले कोरोना भाइरसको संक्रमणका कारण व्यवसायिक क्षेत्र संकटमा परेको भन्दै सदस्यलाई नवीकरण शुल्क छुट दिने निर्णय गरेको जनाएको छ । मङ्सिर ७ गते सङ्घको साधारणसभा हुँदैछ ।

Read More

काठमाडौं, ९ असोज । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा लागेका छन् । त्यसका लागि दुई नेता लगातारभेटवार्ता र संवादमा जुटेका छन् । बिहीबार मात्रै झण्डै तीन घण्टा छलफल गरेका दुई नेताले शुक्रबार पनि भेटवार्ता गर्दैछन् । ‘दुई अध्यक्षबीच आज हिजोकै निरन्तरतास्वरुप भेटवार्ता भएको हो’,प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘आजको छलफलपछि उहाँहरु टुङ्गोमा पुग्ने सम्भावना छ ।’ बिहीवार दिउँसो ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै तीन घण्टा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनमा अपनाइने मापदण्डका बारेमा छलफल भएपनि पात्रका बारेमा भने सहमति जुट्न सकेको थिएन । ‘मन्त्रिमण्डल पुनगर्ठनबारे दुई…

Read More

बिर्तामोड, ९ असोज । झापाको अर्जुनधारा–११ बसपार्क र बिर्तामोड भगवान चोक स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बिर्तामोड–३ का २४ बर्षीय बिशाल राजवंशी र सोही स्थानका १५ बर्षीय नर प्रसाद राजवंशी रहेका छन भने अर्का बिर्तामोड–२ का २२ बर्षीय प्रदिप राजवंशी रहेका छन । बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगर सहित अर्जुनधाराबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसैगरी प्रदिप १० ग्राम ब्राउनसुगर सहित बिर्तामोड भगवान चोकबाट पक्राउ परेको उक्त कार्यालयले जनाएको छ । बिशेष सुराकका आधारमा उनिहरुलाइ हिजो राती पौने ११ बजे पक्राउ गरिएको हो । पक्राउ परेका…

Read More

राँझा, ९ असोज । बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एक जना पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे अस्पताल भर्ना गरिएको थियो । यसअघि नै कोरोनाको लक्षण आशङ्कामा ६ गते स्वाब लिएर परीक्षण गर्दा अपराह्न ४ बजे रिपोर्ट पोजेटिभ आएको थियो । दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या देखिएकाले…

Read More

झापा, ९ असोज । कमल गाउँपालिकाद्वारा निर्माणाधिन अवस्थामा रहेको अस्थायी कोभिड १९ अस्पताल असोज दोस्रो साता सम्ममा सञ्चालनमा आउने भएको छ । गाउँपालिकाले वडा नम्वर ५ स्थित शसस्त्र प्रहरीवल पाथिभरा गण छेउमा निर्माणाधिन कोभिड १९ अस्पतालको सम्पुर्ण काम सम्पन्न भएको तर विद्युतको काम भईरहेकोले यही असोज दोस्रो साता देखि सञ्चालनमा आउने कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् । अस्पतालमा तत्काल ५ वेडको आईसोलेसनसहित सञ्चालनमा आउने र तीन महिना पछि कार्यप्रगतिको आधारमा थप गर्दै लगिने गाउँपालिकाले जनाएको छ । हाल गाउँपलिकाको वडा नम्वर ३ मा रहेको क्वारेन्टाईन समेत यसै अस्पतालबाट सञ्चालन गरिने कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी…

Read More

बिर्तामोड, ९ असोज । झापाको अर्जुनधारा नगरपालिकाका तीन शाखाको काम कारबाही आजदेखि बन्द गरिएको छ । बिहीबार बिर्तामोडबाट अर्जुनधारा नगरपालिकाको कार्यालयमा प्रवेश गरेका एक जनामा व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाको कृषि, प्रशासन र प्राविधिक शाखाको कामकारबाही बन्द गरिएको हो । हाल उक्त शाखाहरुलाई निःसंक्रमण गरेर बन्द गरिएको नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो । ‘संक्रमण फैलिन नदिन आवश्यक काम गरिएको छ’, उहाँले भन्नुभयो, ‘संक्रमित व्यक्ति कहाँ–कहाँ प्रवेश गरेका थिए, सोको यकिन गरेर निःसंक्रमण गरेका छौँ ।’ ती व्यक्तिका सम्पर्कमा आएका सबै कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ । पाँच दिनपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द…

Read More

इलाम, ९ असोज । कलिलै टिपेर किसानले किवीफल बजार पु¥याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ । किसानले विभिन्न बाहनामा काचै किवी टिपेर बजार पु¥याएपछि गुणस्तरहीन किवी बजार पुगेको भन्दै सरोकारवाला निकायले आपत्ति जनाएका छन् । बेला नहुँदै किवी टिप्ने किसानलाई किवी जोन र कृषि ज्ञान केन्द्रबाट उपलब्ध हुने अनुदान कटौती गर्ने निर्णय भएको हो । कृषि ज्ञान केन्द्र, किवी जोन सञ्चालक समिति, उद्योग वाणिज्य सङ्घ, जिल्ला सहकारी सङ्घका प्रतिनिधिबीच भएको छलफलले खानयोग्य नभएको किवी बजारमा जाँदा किवीको बजार खस्किने र उपभोक्ता समेत ठगिने भएकाले योग्य नभएको किवी बिक्रीलाई निरुत्साहित गर्न यस्तो निर्णय गरिएको हो । अपरिपक्व…

Read More

बिर्तामोड, ९ असोज । यामाहा कम्पनीको नयाँ स्कुटर रे जेडआर १२५ एफआइ बिर्तामोडमा सार्वजनिक भएको छ । यामाहाको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिंकले नयाँ स्कुटरको बिक्री खुला गरेको छ । एक कार्यक्रमका बीच राष्ट्रिय कलाकार विल्सन विक्रम राई, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई र सञ्चालक विनोद बस्नेतले स्कुटरको अनावरण गरेका थिए । स्कुटरको बजार मूल्य २ लाख ५४ हजार ९०० रूपैयाँ रहेको छ । सञ्चालक बस्नेतले नयाँ रे जेडआर १२५ एफआइमा मेजर रिफाइनमेन्टहरु गरिएको सेग्मेन्टकै सबैभन्दा छिटो पिकअप लिने स्कुटर भएको बताए । जसले मात्र ७ दशमलव ५९ सेकेन्डमा ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने उनले जनाकारी दिए…

Read More

बिर्तामोड, ८ असोज । झापामा आज चार जनामा कोरोन भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका भद्रपुर, कनकाई र झापा गाउँपालिकामा कोरोना संक्रमण पुष्टि भएको हो । भद्रपुरमा १, कनकाईमा २ र झापा गापाका १ गरी चार पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाको रिपोर्ट–

Read More

झापा, ८ असोज । बितेको २४ घण्टामा देशभर यस्तै १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ६१४ जना रहेका छन् भने होम आइसोलेशनमा ९ हजार ८२३ जना रहेका छन् । ११ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ५ सय १३ महिला र ९ सय ८४ पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको छ । यस्तै…

Read More