
बिर्तामोड, ९ असोज । बिर्तामोड उद्योग वाणिज्य संघले सदस्यता नविकरण गर्दा छुट दिने भएको छ । आसन्न निर्वाचनलाई लक्षित गरेर संघले सदस्यता नविकरणमा छुट दिने निर्णय कार्यसमिति बैठकले गरेको बताइएको छ ।
संघले कोरोना भाइरसको संक्रमणका कारण व्यवसायिक क्षेत्र संकटमा परेको भन्दै सदस्यलाई नवीकरण शुल्क छुट दिने निर्णय गरेको जनाएको छ । मङ्सिर ७ गते सङ्घको साधारणसभा हुँदैछ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


