झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ असोज । व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको एमआरपी मूल्य ५० रूपैयाँ तोकेपछि करिब दुई महिनापछि व्यापारीले पानीको मूल्य बढाएर बेच्न थालेका हुन् । विभागले ५० रूपैयाँ एमआरपी मूल्य तोकेकोमा चौतर्फी विरोध भएपछि कार्यान्वयन नगर्न निर्देशन दिएको भए पनि व्यापारीले त्यसलाई आधार बनाई मूल्य बढाएर बेच्न सुरु गरेका हुन् । खरिद भाउ बढेर आएकाले मूल्य बढाएको काठमाडौं–१६ मा पानी बिक्री गर्ने प्रमोद गुरागाईंले बताए । ‘एक जार पानी ४०…

Read More

झापा, २४ असोज । पछिल्लो साता काठमाडौं उपत्यकामा ११ हजार १ सय ८६ सहित देशभर १८ हजार ८ सय ८९ कोरोना संक्रमित थपिए । यो तथ्यांकका आधारमा उपत्यकाको अवस्था भयावह हुने आँकलन गर्न थालिएको छ । कोरोना संक्रमणकै कारण पछिल्लो एक सातामा ८१ जनाले ज्यान गुमाए । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ भने ५ सय ९० जनाले ज्यान गुमाइसकेका छन् । कोरोना पोजेटिभको कुल संख्या एक लाखनजिकै पुगेको छ । ‘नेपालमा कोरोना सामान्य रहन्छ, तातोपानी र बेसारले यसलाई सहजै पराजित गछर्’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क र त्यस तर्कलाई समर्थन गर्दै होमा हो…

Read More

झापा, २४ असोज । सरकारले गरिब तथा विपन्नलक्षित ‘खरको छानोमुक्त अभियान’ थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुरूप सहरी विकास मन्त्रालयले ‘खरको छानोमुक्त अभियान’ सञ्चालनमा ल्याएको हो । विपन्नका लागि ल्याइएको अभियानअन्तर्गत सरकारले विपन्नका घर खरमुक्त गरी टिनको छानो बनाइदिनेछ । चालु आर्थिक वर्ष २०७७र७८ मा सातै प्रदेशका गरी १ लाख ४३ हजार २ सय १८ घरधुरी खरमुक्त बनाउने लक्ष्य छ । त्यसअनुसार खरको धुरीमुक्त अभियान तीव्रतासाथ अघि बढाइएको प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिए । उनका अनुसार खर हटाएर टिनको धुरी बनाइनेछ । आर्थिक वर्ष २०७५÷७६ देखि नै सुरु भए पनि कार्यविधि नभएकाले अभियानले तीव्रता पाउन सकेको…

Read More

झापा, २४ असोज । सङ्क्रमितहरू जो घरमै बसेर आराम गरिहरनु भएको छ, उहाँहरूले उच्च मनोबलका साथ कोरोनाविरुद्ध लड्नुपर्छ । कोरोनाले ज्यानै लिदैन । कोरोना सङ्क्रमणबाट आत्तिनु पर्दैन । धेरै जसो मानिसलाई कोरोना सङ्क्रमण हुन्छ तर कोभिड–१९ हुँदैन । त्यस्ता सङ्क्रमितले घरमै परिवारका सदस्यबाट अलग भएर बस्ने अर्थात् एकान्तवास (होम आइसोलेसन) मा बस्नुपर्छ । भौतिक दूरी कायम गर्ने, परिवारका सदस्यसँग कुरा गर्नुपर्दा माक्स लगाउने, सफाइमा ध्यान दिएरमा अरूलाई सङ्क्रमणबाट बचाउन सकिन्छ । घरमा बसेर आयुर्वेदिक जडीबुटीहरू प्रयोग गरिराख्नुपर्छ । यसले रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाओस् । यस्ता औषधिहरू जसले ज्वरो, खोकी कम गर्न सहयोग पुग्छ । हाम्रो भान्सा (किचेन) लाई औषधालय…

Read More

भद्रपुर, २४ असोज । झापाको भद्रपुर नगरपालिका–३ स्थित पैतीस लाइन एरियाबाट पटकासहित अटो चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–४ का ४२ वर्षीय ढाक्रे राजवंशी रहेका छन् । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साँझ ७ बजे मे१ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिइएको थियो । अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र लोड गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटक र अटोसहित चालक राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।

Read More

विराटनगर, २३ असोज । प्रदेश १ मा आज ४८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४–४, खोटाङमा २, तेह्रथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ३९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १५२ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५१ महिला र १०१ पुरुष छन् । मोरङको सुन्दहरैचामा ४ महिला १४ पुरुष, जहदामा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ७ पुरुष, कानेपोखरीमा २ महिला ७…

Read More

बिर्तामोड, २३ असोज । झापामा आज २९ जनामा कोरोना पुष्टि भएको छ । जसमा ७ स्थानीय तहका ४ महिला र २५ जना पुरुष रहेका छन् । यस्तो स्वास्थ्य कार्यालय झापाको रिपोर्ट–

Read More

झापा, २३ असोज । देशभरमा आज १ हजार ६८० जना कोरोनाभाइरसको संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको छ । यता, एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए । यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन्…

Read More

झापा, २३ असोज । नेपालमा आज २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको जानकारी दिए । यसैगरी आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

Read More

सूर्यप्रसाद अधिकारीझापाली महिला मुक्ति आन्दो‌लन तथा ने‌पालको‌ पञ्चायती व्यवस्थाविरुद्धको‌ आन्दो‌लनकी पहिलो‌ भूमिगत अग्रणी महिला ने‌त्तृ हुन् लीला कट्टे‌ल । ऐ‌तिहासिक झापा विद्रो‌ह कालीन समयमा महत्वपूर्ण भूमिका खे‌ले‌की लीलाले‌ तत्कालीन सामन्ती र‌ाज्यसत्ताका विरुद्द आफूलाई पूर्ण समाहित गर‌ी जनताका अधिकार‌ प्राप्तिका लागि निर‌न्तर‌ लडिर‌हिन् फलस्वरुप पञ्चायत हुँदै‌ र‌ाजतन्त्रको‌ अन्त्य सम्मको‌ महत्वपूर्ण यात्रामा झापाली माटो‌को‌ इतिहासमा लीलाको‌ र‌गत अनि पसिना दुवै‌ सिञ्चित छ भन्दा झापाली कम्युनिष्ट आन्दो‌लनको‌ इतिहास पूर्ण हुन्छ । यिनै‌ परि‌वर्तनकी से‌नानी, महिला आन्दो‌लनकी ने‌तृ, न्याय, सुशासन, समानता तथा समाज रुपान्तर‌णमा आफूलाई जनतासामु समर्पित गर्न कति पनि नहिचकिचाउने‌ विकासकी प्रतिमूर्ति लीला कट्टे‌लको‌ स्मृतिमा लीला कट्टे‌ल स्मृति प्रतिष्ठान झापाले‌ तयार‌ पार‌े‌को‌ पुस्तक हो‌ परि‌वर्तनका…

Read More