
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
What's Hot
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ८ असोज । सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण व्यवसायीप्रति सरकार कठोर बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सडक निर्माण ठेक्का अलपत्र पार्ने मुलुकभरका ठेकेदारमाथि कारबाही प्रक्रिया थालेको छ । यसबाट सरकार सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीप्रति कठोर बन्ने संकेत मिलेको छ । विभागका महानिर्देशक केशव शर्माले सम्झौताअनुसार काम नगर्ने ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया सुरु भएको जानकारी दिँदै अब कुनै सर्तमा काम नगर्नेले उन्मुक्ति नपाउने बताए । विभागले अहिले सम्झौताअनुसार काम नगर्ने निर्माण कम्पनीहरूको विवरण तयार गरी कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउन सबै डिभिजन कार्यालयलाई निर्देशन…
भद्रपुर, ८ असोज । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको अशोज ३ गतेको जिल्ला भेलाको निर्देशन अनुसार श्रम ऐन तथा कम्पनी ऐनको निर्दिष्ट सिद्धान्त अनुसार शिक्षक कर्मतारीको पारिश्रमिक नदिने संस्थागत विद्यालय बिरूद्ध कानुनी उपचार सुरू गरिने भएको छ । पहिलो चरणमा अशोज १२ गतेबाट शिक्षक कर्मचारीलाई तलव नदिने विद्यालयहरूको नाम किटान गरी श्रम तथा रोजगार कार्यालय र जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गर्ने तयारी गरिएको हो । उजुरी समितिमा झापाका एक सय विद्यालयले शैक्षिक वर्ष २०७६ कै पारिश्रमिक नदिएको उजुरी आइ सकेको छ भने २०७७ बैशाखदेखि भदौसम्म पारिश्रमिक नदिने तीन सय विद्यालयको नाम शिक्षक कर्मचारीले दिइसकेका छन् । उजुरी…
बिर्तामोड, ७ असोज । झापामा आज तीन पुरुष र दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भद्रपुर, गौरादह र दमक नगरपालिकामा कोरोना पुष्टि भएको हो । भद्रपुरमा तीन जना, दमक र गौरादहमा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाको रिपोर्ट–
धनकुटा, ७ असोज । धनकुटा महालक्ष्मी–९ सिरिसे बस्ने धनबहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरीएर मृत्यु भएको छ । आज दिउँसो १२ बजे वर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरीएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । धन बहादुर सामान्य घाईते भएका छन । साथै सोही घरको मुनी रहेका एउटा भैँसी र एउटा गाई समेतको पुरीएरै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
झापा, ७ असोज । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ९ हजार ४ सय ५९ जनाको नमूना परीक्षण गर्दा ११७२ जनामा संक्रमण पुष्टि भएको हो । आजै १८९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । नेपालको पछिल्लो संक्रमण मुक्त दर ७३.७ प्रतिशत रहेको समेत गौतमले जानकारी दिए ।
काठमाडौं, ७ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्,परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । त्रिविले कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशैं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ ।…
काठमाडौं, ७ असोज । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी शनिबारसम्म देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्यून चापीय क्षेत्र रहेको र उक्त क्षेत्र पश्चिम–उत्तरपश्चिम सर्ने क्रममा रहेकाले अझै शनिबारसम्म देशभर वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन् । मनसुन बाहिरिने औसत समय आज अर्थात् सेप्टेम्बर २३ हो । यस वर्ष मनसुन औसत समयभन्दा एकसाता ढिलो बाहिरिने मौसमविद्को अनुमान छ । अहिलेको अवस्थालाई हेर्दा सो प्रणाली नेपालमा केही दिन रहने भएकाले मनसुनी गतिविधि अझै तीनचार दिन बढ्न सक्ने बताइएको छ । “शनिबारसम्म घाम लाग्ने सम्भावना कमै रहेको छ”, मौसमविद् कँडेलले भनिन्…
बिर्तामोड, ७ असोज । झापामा बुधबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। आज मृत्यु हुनेमा भद्रपुर १० का ८६ वर्षीय वद्ध छन् । उनको उपचारका क्रममा विराटनगरको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । उपचारका लागि विराटनगर लगिएका उनमा त्यही कोरोना संक्रमण पुष्टि भएको थियो। मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको सो अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि उनलाई आइसियूमा राखेर गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्जास्थ्य कार्यालय झापाले जनाएको छ। उनी मिर्गौला र मधुमेहका रोगी हुन् । मिर्गौला र मधुमेह रोगको उपचारका लागि उनी अस्पताल गएको…
झापा, ७ असोज । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार पनि सोमबारको तुलनामा सुनको मूल्य १७ सय रुपैयाँ घटेको थियो । यस्तै बुधबार तेजावी सुन तोलामा ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने बुधबार चाँदीको मूल्य पनि घटेर तोलामा ११९० मा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।
सन्तोष शर्माबिर्तामोड, ७ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले कृषि मन्त्रालय प्रशासन र सुशासनको युद्धमा अघि बढिरहेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेता र कर्मचारी सुशासन नभएसम्म कृषि क्षेत्रको विकास हुने बताउनुभयो । “सबैभन्दा पहिला नेता र कर्मचारीमा सुशासन हुनु आवश्यक छ”, मन्त्री भूषालले भन्नुभयो, “मन्त्रालयमा अहिले प्रशासन र सुशासनको युद्ध चलिरहेको छ ।” मन्त्रालयमा सुशासन ल्याएर जनताको पहुँचमा पु¥याउने र किसानलाई बलियो बनाउने योजनामा आफूहरु अघि बढिरहेको उहाँले बताउनुभयो । “ढिलासुस्ती र बद्मासी नभएका होइनन्”, उहाँले भन्नुभयो, “त्यसको अन्त्य गरेर अब जनताको पहुँच स्थापित हुन्छ ।” कृष क्षेत्रसँग जोडिएका हरेक क्षेत्र…