
धनकुटा, ७ असोज । धनकुटा महालक्ष्मी–९ सिरिसे बस्ने धनबहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरीएर मृत्यु भएको छ ।
आज दिउँसो १२ बजे वर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरीएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
धन बहादुर सामान्य घाईते भएका छन । साथै सोही घरको मुनी रहेका एउटा भैँसी र एउटा गाई समेतको पुरीएरै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



