
बिर्तामोड, ७ असोज । झापामा बुधबार एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ।
आज मृत्यु हुनेमा भद्रपुर १० का ८६ वर्षीय वद्ध छन् । उनको उपचारका क्रममा विराटनगरको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । उपचारका लागि विराटनगर लगिएका उनमा त्यही कोरोना संक्रमण पुष्टि भएको थियो।
मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको सो अस्पतालले जनाएको छ। कोरोना पुष्टि भएपछि उनलाई आइसियूमा राखेर गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्जास्थ्य कार्यालय झापाले जनाएको छ।
उनी मिर्गौला र मधुमेहका रोगी हुन् । मिर्गौला र मधुमेह रोगको उपचारका लागि उनी अस्पताल गएको स्थानीय पुकार राजवंशीले बताए। यसअघि झापामा दमक नगरपालिकाका ५८ वर्षीय पुरुष, कमल गाउँपालिकाका ८५ वर्षीय पुरुष, बाह्रद्शी घर भई सुरुङ्गा बस्दै आएकी महिला र मेचीनगर नगरपालिका ५ की ७२ वर्षीया महिलाको मृत्यु भइसकेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



