
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २५ असोज । शनिबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् पाँच हजार आठ जनामा कोरोना संक्रमण पुष्टि भयो । योसँगै देशभर कोरोना संक्रमितको संख्या एक लाख पाँच हजार ६८४ पुगेको छ । यसमध्ये आधा संक्रमित रेड जोनमा रहेका जिल्लाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सयभन्दा बढी संक्रमित रहेका जिल्लालाई रेड जोनका रूपमा छुट्याएको छ । यसरी हेर्दा ४४ जिल्ला रेड जोनमा छन् । यी जिल्लामा मात्रै २४ असोजसम्म संक्रमितको संख्या ६१ हजार ५६ पुगेको छ । तर, तीमध्ये धेरैलाई भने निको भइसकेको छ । प्रदेशगत हिसाबले धेरै संक्रमित हुनेमा पहिलो बागमती, दोस्रोमा प्रदेश २, तेस्रोमा लुम्बिनी, चौथोमा प्रदेश १, पाँचौँमा सुदूरपश्चिम, छैटौँमा गण्डकी र सातौँमा कर्णाली…
झापा, २५ असोज । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको भूभागको विषयमा ऐतिहासिक प्रमाण जुटाएको छ । नेपालले राजनीतिक र प्रशासनिक नक्सा जारी गरेसँगै गठित विज्ञ समूहको प्रतिवेदनका आधारमा लिम्पियाधुरासम्मको भूमि नेपालको रहेको प्रमाण जुटाएको हो । विज्ञ समूहले बनाएको सो प्रतिवेदनलाई भारतसँग जुनसुकै समयमा वार्तामा बस्दा पेस गर्ने आधारका रूपमा लिइएको छ । नेपालले राजनीतिक तथा प्रशासनिक नक्सामा लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेसँगै प्रमाण जुटाउन विज्ञ टोली गठन गरेको थियो । गत जेठमा गठित सीमा विज्ञ समूहको टोलीले गत साता मात्रै कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग नेपालको भएको ऐतिहासिक खोजसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई बुझाएको हो । नेपालले नयाँ राजनीतिक नक्सा प्रकाशित…
हुम्ला, २५ असोज । कोरोना भाइरसका कारण चीनसँगका सीमानाका बन्द भएपछि हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका बासिन्दा मर्कामा परेका छन् । उनीहरू चामलको माग गर्दै लिमीबाट चार दिन हिँडेर हुम्ला सदरमुकाम सिमकोट पुगेका छन् । खाद्यान्न संकट भएपछि नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङको नेतृत्वमा वडासदस्यहरू कोजुम आवेजाङ तामाङ र मिग्युर लामासहित तीन गाउँका स्थानीय बासिन्दा सिमकोट पुगेका हुन् । चार दिन हिँडेर ११ जनाको टोली सदरमुकाम आएको वडाध्यक्ष तामाङले बताए । स्थानीय बासिन्दासहित बुधबार सिमकोट पुगेका वडाध्यक्ष तामाङले भने, ‘गाउँमा खाद्यान्न छैन । चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौं । भोकै बस्नुपर्ने अवस्था आएपछि चार दिन हिंडेर सदरमुकाम पुगेका हौं ।’ लिमी उपत्यकामा चीनको तिब्बतबाट…
काठमाडौँ, २५ असोज । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ । कोषले यसअघि करारमा रहेका योगदानकर्तालाई मात्रै स्वास्थ्य उपचारका लागि वार्षिक एक लाख दिने व्यवस्था गरेकोमा नयाँ संशोधनमार्फत ६० वर्ष नाघेका र ७० वर्ष नपुगुन्जेलसम्मलाई यस प्रकारको व्यवस्था गर्न प्रस्ताव गरेको जनाएको छ । योगदानकर्ताले यो सुविधा प्राप्त गर्न कुल दाबी रकमको २० प्रतिशत आफैँले व्यहोर्नुपर्ने प्रस्ताव संशोधनमा गरिएको छ । कोषका निर्देशक एवं प्रवक्ता विवेक पन्थीले ७० वर्षपछि सरकारको स्वास्थ्य कार्यक्रममा विभिन्न छुटका योजना रहे पनि ६० देखि ७० वर्षसम्म…
बिर्तामोड, २४ असोज । झापामा आज २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात स्थानीय तहका पाँच महिला र १८ पुरुषमा कोरोना पुष्टि भएको हो । आज २३ जना थपिएसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ५५ पुगेको छ । योसँगै शनिबार झापामा ४१ जना उपचार पछि डिस्चार्ज भएका छन् । झापामा कोरोना निको हुनेको संख्या ८८९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५४ जना रहेको छ । हालसम्म झापामा १२ जनाको मृत्यु भइसकेको छ । यस्तो छ स्वास्थ्य कार्यालय झापाको आजको रिपोर्ट
झापा, २४ असोज । नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३१ हजार नजिक पुगेको छ। शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ। संक्रमित मध्ये ७४ हजार २५२ जना…
झापा, २४ असोज । मेचीनगरका शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई गैरसरकारी संस्थाले आयआर्जनमा सघाउ पुगोस् भनेर दुई वटाका दरले बाख्रा उपहार दिएका छन् । बाख्रा उपहार पाउनेमध्ये एक जना जन्मँदै अपाङ्गता भएका मेचीनगर–४ बाहुनडाँगीका १५ वर्षीय आशिष जोगी हुन् । उनी राम्रोसँग बोल्न सक्दैनन् । आशिषकी आमा गोमा जोगीले ती बाख्रा बुझेर घर लगिन् । आयआर्जनको कुनै स्रोत नभएको बताउने गोमाले अपाङ्गता भएको छोराको नाममा बाख्रा पाउँदा हर्षित भएको बताइन्। “घर लान्छु र राम्ररी स्याहार्छु”, बाख्रा उपहार पाएपछि जोगीले भनिन्, “शारीरिक अपाङ्गता भएको छोरालाई कसैले सहयोग गर्दैनन् जस्तो लाग्थ्यो, बाख्रा नै देलान् भन्ने सोचेकी थिइन ।” राष्ट्रिय शारीरिक अपाङ्ग…
बिर्तामोड, २४ असोज । झापाको भद्रपुर–२ स्थित देउनिया पुल नजिकैबाट लागुऔषधसहित शुक्रबार साँझ एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर–१० का १९ वर्षीय आजम दाहाल रहेका छन् । देउनिया पुलमा खटिएको सशस्त्र प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा दाहालको साथबाट लागूऔषध डाइजेपाम ९५ एम्पुल, लुपिजेसिक ९६ एम्पुल र फेनरागन ९५ एम्पुल गरी जम्मा २८५ एम्पुल लागूऔषध बरामद गरेको हो । पक्राउ परेका दाहाललाई सीमा प्रहरी चौकी पृथ्बीनगरमा बुझाइएको थियो । उनीउपर आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
बाँके, २४ असोज । बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको हो । निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको उनले बताए । यसैगरी कोहलपुर नगरपालिका ९ पिपरी…
भोजपुर, २४ असोज । प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु १६ करोड ९२ लाख लागतमा कालोपत्रे गर्ने काम शुरु भएको हो । यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि निरन्तरको वर्षाले काम रोकिएको थियो । मौसममा सुधार आएपछि कामको थालनी भएको हो । प्रदेश सरकारको महत्वपूर्ण योजना भएकोले यसको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । प्रमुख रेड्डीले भने,‘‘ काम गुणस्तरीय बनाउन लागेका छौँ, जिल्लामा पहिलो पटक यो प्रविधिबाट कालोपत्रे थालिएकोले यसमा…