
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २३ असोज । संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड–२०७७ लागू गरेर परीक्षा सञ्चालन गर्ने लोकसेवा आयोगको तयारी छ । मापदण्डअनुसार परीक्षाहलमा परीक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ, जसबाट नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने जोखिम देखिएको छ । कोरोना महामारीबीच लोकसेवा आयोगले स्थगित र नयाँ परीक्षाको कार्यतालिका धमाधम सार्वजनिक गरेको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गरेर कात्तिकदेखि परीक्षा सञ्चालन गर्ने लोकसेवाको तयारी छ । तर, यसले नक्कली परीक्षार्थी बढ्ने जोखिम बढाएको छ । बमसंक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड–२०७७ लागू गरेर परीक्षा सञ्चालन गर्न लागिएको छ । यो मापदण्डअनुसार परीक्षाहलमा परीक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ, जसबाट नक्कली परीक्षार्थी परीक्षामा…
झापा, २३ असोज । झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् । मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु पर्ने दबाब कुनै हालतमा मान्य नहुने भन्दै शिक्षकको नेतृत्व गरिरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले अडान लिएको छ । उता विद्यालय सञ्चालकहरुको नेतृत्व गरिरहेका प्याब्सन र एन–प्याब्सनले विद्यालय नै कोरोना कहरले बन्द भएको अवधिको तलब दिन असमर्थता व्यक्त गरिरहेका छन् । दुवै पक्षबीच पटकपटक अनौपचारिक छलफल भए । तर निकास निस्किएको छैन । प्याब्सन झापा र इस्टु झापाबीच शिवसताक्षीको दुधेमा भएको औपचारिक वार्ता बिनानिष्कर्ष टुङ्गियो । इस्टुका झापा…
झापा, २३ असोज । दुई महिनादेखि काठमाडौं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ। बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन्। एक महिनादेखि उपत्यकामा औसत ७ देखि १२ सयको संख्यामा संक्रमण दर रहेको छ। यो अवधिमा उपत्यकामा हालसम्म १ सय ८३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। दैनिक बढ्दो संक्रमणको कारण उपत्यकाका कोभिड अस्पताल र उपचारमा खटिने स्वास्थ्यकर्मीको समेत अभाव हुने स्थिति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ‘यही दरमा वृद्धि हुने हो भने केही दिनमै बिरामीले उपचार नपाउने स्थिति आउन सक्छ,’ मन्त्रालयका सह–प्रवक्ता डा। समीरकुमार अधिकारीले भने। तीव्र संक्रमण…
झापा, २३ असोज ।घटना १वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत शुक्रबार कलंकी र बाफलका केही घरमा छापा मा¥यो। त्यस क्रममा उपभोग्य म्याद (प्रयोग गर्नुपर्ने मिति) सकिएका सामानमा ‘री लेबलिङ’ गर्दै गरेको भेटियो। टोलीले उपभोग्य म्याद सकिएका करिब ४ करोड मूल्यको ओरियो बिस्कुट, स्निकर्स, मार्स चकलेट, वर्नभिटा, प्रिङल्स, चिप्स, ट्यांक, हार्पिक, परफुमलगायत दर्जनौं ब्रान्डका वस्तु फेला पा¥यो। जिल्ला प्रशासन काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा खटिएको टोलीले यस्ता वस्तुसहित केही घर सिल गरेको छ। घटना २सरकारी टोलीले गत वर्ष असोज १६ गते सतुंगलस्थित एक गोदाममा छापा मा¥यो। व्यवसायी विनीत अग्रवालका नाममा रहेको सुयश इन्टरनेसनलले आयात गरेको चकलेट, पेस्ट्री…
झापा, २३ असोज । नेपालको चीनसँग सिमाना जोडिएका उच्च पहाडी १५ जिल्लाका १२६ स्थानीय तहमा यस वर्षदेखि उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मानव विकास सूचाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका वर्ग र समुदायलाई सार्वजनिक सेवामा पहुँच अभिवृद्धि गर्ने ठूला विकासका पूर्वाधार तयार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गत वर्षदेखि नै सञ्चालन गर्ने भनिएको सो कार्यक्रम कोरोनाका कारणले सञ्चालन हुन नसकेको र यस वर्षबाट सञ्चालनमा आउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो कार्यक्रममा चीन सरकारको सहयोग रहेको छ । चीनसँग सीमा जोडिएका दार्चुला, बझाङ, हुम्ला, मुगु,…
झापा, २२ असोज । झापामा आज ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको मेचीनगरमा ४ महिला र ७ पुरुष, भद्रपुरमा २ महिला र ७ पुरुष, दमकमा ५ महिला र १ पुरुष, विर्तामोडमा १ महिला र ३ पुरुष, हल्बिारी, अर्जुनधारा र बाह्रदशीमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला र स्थानीय तह नखुलेका १ महिला १ पुरुषमा कोरोना देखिएको छ । त्यस्तै, झापासहित प्रदेश १ मा ४११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, संखुवासभा, तेह्रथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको…
झापा, २२ असोज । देशभर पछिल्लो २४ घण्टामा २,६७५ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ७१,३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ४,३६४ संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा…
झापा, २२ असोज । बिहीबारसम्म देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित २६ हजार ६८४ पुगेको छ । जसमा संस्थागत आइसोलेसनमा ११हजार ७१७ र होम आइसोलेसनमा १४ हजार ९६७ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको प्रेस ब्रिफिङमा बितेको २४ घण्टामा देशभर ४३६४ संक्रमित थपिएको जानकारी दिए । उनका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौंमा २ हजार ८५, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना रहेका छन् । यससँगै उपत्यकामा मात्रै बितेको २४ घण्टामा २ हजार ५४० जनामा संक्रमण पुष्टि भएको गौतमलेृ बताए ।
बिर्तामोड, २२ असोज । झापाको बिर्तामोडबाट लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड–९ नरियाबारीमा डेरा गरी बस्दै आएका भारतीय नागरिक ३४ वर्षीय कृष्ण राय रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधबार बिर्तामोड–०३ सैनिक मोडमा शंका लागेर चेकजाँच गर्ने क्रममा निजको साथबाट चुरोटको बट्टाभित्र राखिएको प्लाष्टिक सहित ६.९९ ग्राम (प्लाष्टिक बाहेक ६ ग्राम ५०० मिलीग्राम) ब्राउन सुगर जस्तो देखिने मिसाइलो पदार्थ बरामद गरेको थियो । रायलाई तत्कालै नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।
भद्रपुर, २२ असोज । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापा र प्याब्सन झापा बीच शिक्षक कर्मचारीको तलव विवाद समस्याहल गर्न भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । २०७७ बैशाखदेखि भदौसम्मको शिक्षक कर्मचारीको तलव सम्बन्धमा भएको दुई पक्षीय वार्तामा प्याब्सनले निर्णय दिन नसकेपछि विना निष्कर्ष टुंगिएको हो । इस्टु झापाको तर्फबाट जिल्ला अध्यक्ष होमराज खतिवडाले २०७७ बैशाखदेखि भदौसम्मको तलव विवाद सम्बन्धमा प्याब्सनको धारणा माग गरेपछि प्याब्सन झापाका अध्यक्ष एल पी उप्रतीले ५ महिनाको तलव वारे निर्णय दिन नसक्ने भन्दै थप गृहकार्यको माग गरेका थिए । अध्यक्ष उप्रतीले २०७७ अशोजयता शत प्रतिशत तलव दिन विद्यालय सञ्चालक तयार रहेको भन्दै अगाडिका ५ महिनाको…