झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १९ असोज । बेलायको भ्याक्सिन टास्क फोर्सका अध्यक्ष केट बिङ्घमले देशमा कोरोना भाइरसविरुद्धको खोप सबैका लागि उपलब्ध हुन नसक्ने बताएका छन् । फाइनान्सियल टाइम्ससँगको कुराकानीमा जोखिममा भएकाहरुलाई मात्रै खोप लगाइने उनले जानकारी दिए । ‘१८ मुनिकाहरुलाई खोप लगाइने छैन । यो वयस्कहरुका लागि उपलब्ध खोप हो, ५० वर्ष माथिकालाई । तीमध्ये पनि स्वास्थ्य क्षेत्र र केयर होममा कार्यरत कर्मचारी र जोखिममा भएकालाई बढी प्राथमिकता दिइनेछ,’ बिङ्घमले पत्रिकासँगको अन्तरवार्तामा भने । एजेन्सी

Read More

झापा, १९ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौँ, त्यही ठाउँबाट दशैं मनाउन’ आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोगिएमा दशैं अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गरे । उनले महामारीका बेलामा गाउँ सहर आवतजावत गर्दा सङ्क्रमण फैलन सक्ने बताए । मन्त्रालयको ‘कोभिड…

Read More

काठमाडौं, १९ असोज । नेपाल चिकित्सक संघले आइतबार डा। गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन गर्न सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। डा। केसी अनशन बसेको २१ दिन पुगे पनि सरकारले बेवास्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ। संघका महासचिव डा। बद्री रिजालले संस्थाका तर्फबाट हालसम्म गरिएका हरेक पहललाई सरकारले बेवास्ता गरेको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएका छन्। ‘७२ घण्टाभित्र पनि सरकारले वार्ता टोली गठन गरी डा केसीको जीवन रक्षाका निम्ति कुनै पहल अगाडि नबढाए जस्तोसुकै कठोर कदम चाल्न बाध्य हुने र यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ’, विज्ञप्तिमा लेखिएको छ। वार्ताका…

Read More

झापा, १९ असोज । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष मन्त्रिपरिषद् पुनर्गठनको छलफलमा रहेका बेला नयाँ अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना उच्च देखिएको छ। पूर्वअर्थमन्त्री युवराज खतिवडाको राजीनामापछि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीको पनि जिम्मेवारी समालेका छन्। खतिवडाको बहिर्गमनपछि नेकपाका नेता वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायतको नाम पनि नयाँ अर्थमन्त्रीका रुपमा जोडिएको छ। तर प्रधानमन्त्री ओलीको चाहना पौडेलका पक्षमा देखिएपछि उनैको सम्भावना उच्च बनेको हो। बालुवाटार स्रोतका अनुसार कोभिड महामारीले अर्थतन्त्र समस्यामा परेका बेला अनुभवी र मन्त्रालय हाँक्न सक्ने क्षमता भएका पाण्डेलाई अर्थमन्त्री बनाउनुपर्छ भन्ने सुझाव आइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टीका अर्का अध्यक्ष दाहालको समर्थन पाण्डेले…

Read More

काठमाडौँ, १९ असोज । सरकारले राष्ट्रिय गौरवलगायत बहुवर्षीय आयोजनाको बजेट व्यवस्थापन पद्धतिमा परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को असोज ८ को बैठकले बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड, २०७७ पारित गरेको हो । नयाँ मापदण्ड अनुसार अब राष्ट्रिय गौरवका आयोजनालाई बजेट विनियोजन सहज बनाइएको छ । अन्य आयोजनालाई सीमा निर्धारण गरी बजेटरी व्यवस्थापनलाई चुस्त बनाउन खोजिएको छ । राष्ट्रिय गौरवका आयोजनालाई सुरुदेखि नै पर्याप्त बजेट उपलब्ध गराउने र समयमै सम्पन्न गराउने गरी मापदण्ड परिमार्जन भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयको बजेट महाशाखा प्रमुख धनीराम शर्माका अनुसार नयाँ राष्ट्रिय गौरवका आयोजना बन्दा आवश्यकता अनुसार बजेट उपलब्ध गराउने सुनिश्चितता अर्थले दिनेछ । कार्यान्वयनमा रहेका…

Read More

बिर्तामोड, १८ असोज । झापामा आज १९ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको बिर्तामोडमा ८, दमकमा ९, कमल र अर्जुनधारमा १–१ जनामा कोरोना पुष्टि भएको स्वाथ्य कार्यालय झापाले जनाएको छ । यस्तो छ स्वाथ्य कार्यालय झापाको रिपोर्ट–

Read More

झापा, १८ असोज । पछिल्लो २४ घण्टामा देशभर थप २२५३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार आज देशभर सक्रिय संक्रमित २२ हजार २१९ रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा १० हजार ३२६ र होम आइसोलेसनमा ११ हजार ८९३ जना रहेका छन् । आज १२ हजार ७८४ जनाको पीसीआर भएको छ । यस्तै देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। यसैगरी कोरोनाबाट आज थप ७ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ।

Read More

झिलझिले, १८ असोज । सामाजिक अभियन्ता सन्तोष थोप्रा (सेन्ट्रो) ले शिवसताक्षी नगरको एक सामुदायीक विद्यालयका विद्यार्थीलाई कोरोना कोभिड १९को संक्रमणबाट जोगाउन सेनिटाइटर र माक्स प्रदान गरेका छन् । वेलकम सताक्षीको अनुरोधमा शिवसताक्षी ९ घर भएका लायन्स क्लब अफ शिवसताक्षीका निवर्तमान अध्यक्ष थोप्राले २५० थान माक्स र ४ थान गुणस्तरीय सेनिटाइजर प्रदान गरेका हुन् । पहिलो पटक शिवसताक्षीमा अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन सुरु गरेको सरस्वती प्राथमिक विद्यालयका छात्र छात्रालाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । वडा नम्बर ८ को सो सामुदायीक विद्यालयका छात्र छात्राले माक्स र सेनिटाइजर पाए पछि खुसीले गद्गद् भएका थिए । उनले प्रदान गरेको स्वास्थ्य सामाग्री जेष्ठ नागरिक…

Read More

बिर्तामोड, १८ असोज । झापाको बिर्तामोडमा आजदेखि गोल्डस्टर कम्पनीको जुत्ताको शोरुम सञ्चालनमा आएको छ । बिर्तामोडको काँकरभिट्टा रोडमा आरके इन्टरप्राइजेजले गोल्डस्टर जुत्ताको शोरुम सञ्चालनमा ल्याएको हो । शोरुममा ११ सय रुपैयाँदेखि २५ सय रुपैयाँसम्मका गोल्डस्टरका विभिन्न किसिमका जुत्ता पाइने इन्टरप्राइजेजका सञ्चालक रविन कार्की बताउनुभयो । ‘बिर्तामोडमा गोल्डस्टारको मात्र जुत्ता बेच्ने पसल छैन’, उहाँले भन्नुभयो, ‘शोरुमबाट लेडिज जेन्स गरेर ८० वटा भन्दा बढी डिजाइनका जुत्ता पाउन सकिन्छ ।’ एउटै छानामा छानामुनी यति धेरै आइटमको जुत्ता अन्यत्र नपाइने भएकाले ग्राहकलाई सुविधा मिल्ने उहाँको भनाइ छ । राम्रो जुत्ता भएकै कारण गोल्डस्टार बिना जुत्ता पसल सञ्चालन गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ…

Read More

काठमाडौं, १८ असोज । मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङ एक–एक जनाको निधन भएको सापकोटाले बताए । प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको पिसिआर परीक्षण भएको थियो । त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ । विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ ।…

Read More