झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

मोरङ, १६ असोज । मोरङ उर्लाबारी–९ का २९ वर्षीय देउकुमार लिम्बुको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान साढे ६ बजे उर्लावारी जोरबाटो स्थित भित्री सडकखण्डमा ना ४ ख ३४४३ नम्बरको मालबाहक ट्रकले प्र १(०२०(०४१ प २२२९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लिम्बु गम्भिर घाईते भएका थिए । घाइते लिम्बुको विएण्ड सी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिन ट्रक र चालक मोरङ रतुवामाई–१० का २६ वर्षीय रेवतप्रसाद सुबेदी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Read More

बनियानी, १६ असोज । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा चेकजाँच गर्ने क्रममा आलमको साथबाट ११.६५ ग्राम ब्राउनसुगर बरामद गरेको उहाँले बताउनुभयो । पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने भएको छ ।

Read More

झापा, १६ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्र फेरी किचलो सुरु भएको छ । पार्टी निर्णय तथा सहमतिविपरित प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेता असन्तुष्ट भएका छन् । अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाललगायत असन्तुष्ट नेता सचिवालय बैठक बस्नुपर्ने निष्कर्षमा पुगेका छन् । स्रोतका अनुसार अध्यक्ष दाहालले वरिष्ठ नेताद्वय खनाल र नेपालसहितका नेतासँग हिजो बिहीबार टेलिफोन संवाद गरेका छन् । प्रधानमन्त्री ओली फेरि पुरानै ठाउँमा पुगेको निष्कर्षसहित उनीहरूले अध्यक्ष दाहाललाई सचिवालय बैठकका लागि दबाब दिएका छन् । केही दिनअघिमात्रै साम्य भएको नेकपाभित्रको विवाद राजनीतिक नियुक्तिसँगै पुनः सुरु…

Read More

काठमाडौं, १६ असोज । नेपालमा दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले दैनिक ६ देखि ७ जना महिला बलात्कार तथा जबर्जस्ती करणीको सिकार हुने गरेको देखाएको हो । यो तथ्यांक प्रहरीमा उजुरी आएपछिको हो । तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–७६ मा २ हजार ५ सय ७० वटा बलात्कार तथा जबर्जस्ती करणीका घटना भएका छन् भने गत आर्थिक वर्ष २०७६–७७ मा देशभर २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भएको छ । यी दुवै आर्थिक वर्षको तथ्यांकले नेपालमा सरदरमा दैनिक ६…

Read More

झापा, १६ असोज । सर्वोच्च अदालतले कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परामादेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले पीसीआर परीक्षण गर्दा शुल्क नलिने व्यवस्था मिलाउन आदेश जारी गरेको हो । सार्वजनिक सरोकारको रिटअन्तर्गत अधिवक्ता लोकेन्द्र ओली र केशरजंग बस्नेतले दायर गरेको रिटमा निवेदनमा सुनुवाइ गर्दै आधारभूत मौलिक सेवा नागरिकको मौलिक हक भएकाले पीसीआर परीक्षण शुल्क नलिन भनेको हो । सुरुमा पीसीआर परीक्षण शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको सरकारले पछि घटाएर ४ हजार ४ सय बनाएको थियो । पछिल्लो पटक २ हजार रुपैयाँ शुल्क लिने निर्णय गरेको थियो । सरुवा…

Read More

झापा, १६ असोज । नेपालमा नयाँ संक्रमित सख्या अहिलेसम्मकै उच्च देखिएको छ। बिहीबार एकैदिन १९ सय ११ जना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा ६ सय २८ महिला र १२ सय ८३ जना पुरुष छन्। थपसहित ७९ हजार ७ सय २८ जना संक्रमित भइसकेका छन् । संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्रै ९ सय ४३ जना छन्। त्यसमा काठमाडौंमा जिल्लामा मात्र ८ सय १७ जना छन्। उपत्यकाबाहिरका मुख्य सहरहरुमा पनि फैलिने क्रम बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सुर्खेत, मोरङ, नवलपरासी, चितवनलगायतका जिल्लामा संक्रमण दर बढ्दो छ। कुल संक्रमितमध्ये हालसम्म ५७ हजार ३ सय ८९ पुगेको छ। यो…

Read More

झापा, १६ असोज । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा ९नाम परिवर्तन० लाई आमाको जातका आधारमा भेदभाव गरी घरनिकाला गरेका हुन्। प्रेम सम्बन्ध रहेकै बेला गत असारमा युवती गर्भवती भएको पत्ता लागेको थियो। युवतीका बुवा जयसवाल र आमा दलित समुदायअन्तर्गतको नेपाली ९सार्की० जातको भएकाले खत्री परिवारले ती युवतीलाई स्वीकार गर्न नमानेको र झुक्याएर गर्भपतन गराई साउन १८ गते घरनिकाला गरेको भनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता भएको छ। विवाहपूर्व नै गर्भवती भएको शंका लागेपछि प्रेमी शमशेरले नै गर्भजाँचको साधन…

Read More

झापा, १५ असोज । झापा भद्रपुर–६ रंगडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा संजित आफैलाई करेन्ट लाग्दा उनि वेहोस भएका थिए । वेहोस भएका उनलाइ तत्काल उपचारार्थ लैजादै गर्दा पौने १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

भद्रपुर, १५ असोज । झापाको सदरमुकाम भद्रपुरस्थित मेची प्रादेशिक अस्पताललाई झापाका पाँचटा रोटरी क्लवले संयुक्त रुपमा रियल टाइम पीसीआर मेशिन उपलब्ध गराएका छन् । रोटरीको क्ल अफ रिजन ७ तथा डिस्ट्रिक्ट ३२९२ को सहयोगमा झापाका रोटरी, विर्तामोड, विर्तामोड मिडटाउन, रोटरी भद्रपुर, रोटरी काँकरभिट्टा, रोटरी सुरुंगा र रोटरी दमकले बिहीबार मेची प्रादेशिक अस्पतालमै पुगेर संयुक्त रुपमा पीसीआर मेशिन प्रदान गरेका हुन् । स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै अस्पतालको सभाहलमा आयोजित संक्षिप्त कार्यक्रमका बीच अस्पताल किास समितिका अध्यक्ष सोमनाथ पोर्तेल तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरलाई संयुक्त रुपमा पीसीआर मेशिन हस्तान्तरण गरिएको थियो । रोटरी क्लव अफ विर्तामोडका अध्यक्ष निर्मल भट्टराईको अध्यक्षता र…

Read More

झापा, १५ असोज । नेपाल संस्कृत विश्वविद्यालयमा प्रधानमन्त्री ओलीनिकट यादव लामिछाने, कृषि तथा वन विश्वविद्यालयमा नेकपा अध्यक्ष दाहालनिकट पुण्यप्रसाद रेग्मी र पोखरा विश्वविद्यालयमा कांग्रेस सभापति देउवा निकट प्रेम अर्याललाई उपकुलपतिमा नियुक्त गरिएको छ । राजनीतिक दल र नेताहरूबीच भागबन्डा मिलेपछि तीन विश्वविद्यालयले उपकुलपति पाएका छन् । राजनीतिक भागबन्डाकै आधारमा ती विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो । सत्तारूढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वार्थ नमिलेका कारण एक वर्षसम्म ती विश्वविद्यालय उपकुलपतिविहीन बने । स्वार्थ मिलेपछि आइतबार मात्र तीनवट विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको हो । नेपाल…

Read More