
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बुधबारे, १ मंसिर । युवा पंण्डित लक्ष्मी तिम्सिनाले श्रीमद्भागवत महापुराण भक्तिरस नेपाली भाषामा अनुवाद गरेर एक पुस्तक शनिबार विमोचन गरेका छन् । झापा बुद्धशान्ति–१ का युवा पण्डित तिम्सिनाले श्रीमद्भागवत महापुराण भक्तिरस नेपाली भाषा टीका नामक पुस्तक बुद्धशान्ति–१ को जेष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विमोचना गरेका हुन् । धार्मिक व्यक्तित्व पं बालकृष्ण चापागाईको सभापतित्व तथा पूर्वीय दर्शनका ज्ञाता, धार्मिक व्यक्तित्व टीकाप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सो पुस्तक विमोचना गरिएको हो । कार्यक्रममा धार्मिक व्यक्तित्व नन्दकुमार तिम्सिनाले पुस्तक र लेखकका बारेमा चर्चा गरेका थिएभने प्रमुख अतिथि भट्टराई, अतिथिहरु बुद्धशान्ति–१ नम्बर वडाका वडा सदस्य टीका धिमाल,…
‘हैन एइ केटा ! मैले एउटा कुरा पिटिस्सै बुझिन । अनेकै बुद्धि–अक्कल लगाउँदा पनि कुरोको चुरो पक्रिन सकिन । लु भन् त, हाम्रो देशमा राजनीति गर्नु भनेको के गर्नु हो ? जिब्रोलाई छुरा बनाएर जताततै ध्वनि प्रदूषण गदैर् भाषण डुक्रिंदै हिंड्नु राजनीति हो कि ? तिघ्रे–पाखुरे जुल्पे कुण्डले मुन्द्रे झ्याप्ले खोयेहरूलाई पछि लगााएर हिंड्नु राजनीति हो कि ? उद्योगी व्यापारी साहू महाजनका गद्दी चाहरेर चन्दा उठाउँदै हिंड्ने काम राजनीति हो कि ? माफिया तस्कर ठग… हरूसँग मित्रताको हात मिलाउँदै हिंड्दा पो राजनीति हुन्छ कि ? अलि–अलि पढे लेखेको हुँ भन्छस्; लु यो कुराको टुङ्गो लगा त’ भन्दै माइला बा आएर आँगनमा घोप्ट्याएको…
काठमाडौं, ३० कात्तिक। नेपाल प्रहरीले कपिलवस्तुको शिवनगरबाट ५ थान अत्याधुनिक एमएमजी राइफलसहित त्यसमा प्रयोग हुने म्याजिन र गोली बरामद गरेको छ । विप्लव समूहले प्रहरी टोलि आएको थाहा पाएपछि ह तियार छाडेर भागेको आशंका गरिएको छ । कपिलवस्तुको शिवनगर नगरपालिका–१ बाट शुक्रबार साँझ ५ थान एमएजी राइफल, त्यसमा प्रयोग हुने म्यागजिन १३ थान र ३९० राउण्ड गो ली बरामद गरेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोली खोजीमा जुटेको थियो । त्यही टोलीले कपिलवस्तुको शिवनगरस्थित एक गोठमा छापा मर्दा भारी मात्रामा अत्याधुनिक…
भद्रपुर, ३० कात्तिक । भारतले जारी गरेको नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र कुटियाङ्दरे समेत आफ्नो देशमा गाभेर सीमा मिचेको भन्दै मौलिक जरोकिलो पार्टी प्रदेश नं. १ ले तत्काल नेपाली भूमि फिर्ता गर्न सरकारसँग माग गरेको छ । पार्टीका १ नं प्रदेश संयोजक इन्द्रप्रसाद ओलीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत भारत सरकारसँग कुटनीतिक तवरको माध्यामबाट समस्याको समाधान गरी नेपाली भूमि तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको हो । विज्ञप्तीमा सन् १८१६ मा नेपाल सरकार र इष्ट इण्डिया बीच भएको सम्झौता बमोजिम नेपालको पश्चिमी सिमाना महाकाली नदीलाई बनाएको हुँदा सो क्षेत्र नेपालको अभिन्न अंग मानिएको उल्लेख छ । राजनीति तथा कुटनीतिक माध्यामबाट…
दमक, ३० कात्तिक । सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नेपालको सिमा मिचिएको घटनाको विरोधमा शुक्रवार यहाँ प्रर्दशन गरेको छ । संगठनको मेची कोशी ब्यूरोले भारतीय विस्तारवाद र सरकारको विरोधमा प्रदर्शन निकालेको हो । ब्यूरोको ब्यानरमा दमक बहुमुखी क्याम्पस अगाडीबाट शुरु भएको विरोध प्रदर्शनमा सो क्याम्पसका अतिरिक्त अन्य कलेजका विद्यार्थीहरु समेत स्वतस्फूर्त रुपमा उत्रिएका थिए । प्रदर्शनमा समाजवादी विद्यार्थी युनियन, संघीय विद्यार्थि युनियन र लिम्बुवान विद्यार्थी मञ्चको समेत ऐक्यबद्धता रहेको उल्लेख छ । विद्यार्थीहरुले भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक लगायतको क्षेत्रलाई समावेश गरेर नेपाली भुमीमाथि अतिक्रमण गरेको भन्दै चर्का नाराबाजी गरेका थिए । त्यसक्रममा उनीहरुले…
अर्जुनधारा, ३० कात्तिक । अर्जुनधारा नगरपालिकाको आयोजनामा गरिएको रिफ्रेसमेन्ट तालिमको सम्पन्न भएको छ । नगरपालिकाद्वारा मेलमिलापकर्ताका लागि मंसिर २८ र २९ गते आयोजना गरिएको तालिमको शुक्रबार एक कार्यक्रमकाबिच समापन गरिएको हो । अर्जुनधारानगरका कानुनी सल्लाहाकार तथा अधिबक्ता चित्रकुमार मगर, द्धन्द रुपान्तरणकेन्द्र नेपालकी राष्ट्रिय स्रोत ब्यक्ति संगीता थापाले सहजीकरण गरेको तालिममा सहभागि मध्येका ११ जनालाई नगरको ११ वटा वडामा मेलमिलाप संयोजक तोकिएको नगरकि उप–प्रमुख कमला खतिवडा आर्चायले जानकारी दिइन । कार्यक्रममा तोकिएका मेलमिलाप संयोजकलाई स्टेशनरी सामाग्री समेत वितरण गरिएको थियो । उप–प्रमुख खतिवडाको अध्यक्षतामा भएको समापन तालिमको प्रमुख अतिथिमा नगरप्रमुख हरिकुमार राना रहेका थिए । कार्यक्रमको औचित्यमाथि नगरका प्रमुख प्रशासकिय अधिकृत…
झापा, ३० कात्तिक । स्व.महेश कार्की स्मृती माईभ्याली पत्रकारिता पुरस्कार नमीन ढकाललाई प्रदान गरिएको छ । पत्रकारिताको क्षेत्रबाट इलामको फुटबल खेललाई प्रर्वद्धन गर्न महत्वपुर्ण भुमिका खेलेको भन्दै माईभ्याली फुटबल क्लबले नगद १५ हजार सहित सम्मान गरेको हो । ढकाललाई क्लबको चौथो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । जिल्ला समन्वय समितीको सभाहलमा भएको कार्यक्रममा इलामका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले नगद १५ हजार सहित सम्मानपत्र प्रदान गरे । ढकाल थाहा खबर, स्थानिय सन्देश साप्ताहिक, लोकल सन्देश डटकम, सुर्योदय टेलिभिजन लगायतका विभिन्न संचारमाध्यममा कार्यरत रहेका छन । क्लबका सदस्य महेश कार्कीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको…
काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य ‘फलोअप’का लागि पुनः ग्रान्डी अस्पताल जाने भएका छन्। कात्तिक १२ र १३ मा गरिएको डायलाइसिसका क्रममा राखिएको स्टेन्ट निकाल्नका लागि प्रधानमन्त्री ओली अस्पताल जान लागेका हुन्। शुक्रबारको मन्त्रीपरिषदको बैठकमा उनले यसबारे मन्त्रीहरुलाई जानकारी गराएका थिए । प्रधानमन्त्री फलोअपका लागि ग्रान्डी जाने पुष्टि गर्दै उनका प्रेस विज्ञ रामशरण बजगाईंले समय भने निश्चित नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतमा फेरेको मिर्गौलाको फ्लोअप यस अघि भारत र सिंगापुरमा गर्दै आएका थिए।
मोरङ, ३० कात्तिक । मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारी बस्ने बर्ष ५१ को बिजय किस्कु र निजको भाई बर्ष ३२ को बिरेन्द्र किस्कुले सोही स्थानमा बस्ने बर्ष ५५ की सीता सोरेनलाई कुटपिट गर्दा उनको मृत्यु भएको छ । शुक्रबार साझँ ५ बजेको समयमा निजहरुले जग्गाको बिषयमा बादविवाद गरी झगडा गर्दा निज सिता सोरेनलाई कुटपिट गरी घाईते बनाएका थिए । घाईते उनलाई उपचारको लागि बिराट नर्सिङ होम अस्पताल बिराटनगरमा लगिएकोमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको थियो । घटनाबारेमा जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी रमाईलोबाट प्रहरीको टोली खटि गई कुटपिट गर्ने दुबैजना दाजु भाईलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको…
काठमाडौं, ३० कात्तिक । पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज ९शनिबार० बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताबीच दिनहुँ यही विषयमा छलफल चलिरहेको छ । शुक्रबार प्रधानमन्त्री ओली, दाहाल र महासचिव पौडेलबीच तीन घण्टा लामो छलफल भएको नेकपा स्रोतले जनाएको छ । बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन पार्टी र सरकार सञ्चालनलगायतका विषयमा गम्भीर छलफल भएको छ…