
काठमाडौं, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य ‘फलोअप’का लागि पुनः ग्रान्डी अस्पताल जाने भएका छन्। कात्तिक १२ र १३ मा गरिएको डायलाइसिसका क्रममा राखिएको स्टेन्ट निकाल्नका लागि प्रधानमन्त्री ओली अस्पताल जान लागेका हुन्।
शुक्रबारको मन्त्रीपरिषदको बैठकमा उनले यसबारे मन्त्रीहरुलाई जानकारी गराएका थिए । प्रधानमन्त्री फलोअपका लागि ग्रान्डी जाने पुष्टि गर्दै उनका प्रेस विज्ञ रामशरण बजगाईंले समय भने निश्चित नभएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले १२ वर्ष अघि भारतमा फेरेको मिर्गौलाको फ्लोअप यस अघि भारत र सिंगापुरमा गर्दै आएका थिए।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

